News Portal

  • उपभोक्ता समितीको लडाईले स्थानीय मारमा, आधुनिक कृर्षिमा ध्यान बढदै 

    हिमाली संचार संवाददाता
    १३९५ पटक

    प्रविन शाही
    दुल्लु दैलेख – जिल्लाको चामुण्डा विन्द्रासैनी नगपालीकाको चामुण्डा मा.वि हाडाकोट विद्यालयका केही विद्यार्थी टयाक्टर चढदै आगनमा टेक्न हिडेका छन।

    विद्यालयमा सुक्रबारीय कार्यक्रम थियो। करीब दिउँसोको १ बजेको थियो । गाडी  आफनो मालसामान बोक्न भनि बजारक्षेत्र बाट बाहीरीएको थियो । गाडीको समय छोप्दै विद्यार्थी पनी बाहीरीएका हुन ।  उता विद्यालयमा कार्यक्रमको तयारी गर्दैछन व्यवस्थापन समिती अध्यक्ष नन्न बहादर शाही र प्राधानाध्यापक जय प्रसाद तिमील्सिना सबै विद्यार्थीहरु निकै कौतुहल्ता पुर्वक चलमलाई छन ।

    विद्यालय पनि निकै आर्कषित देखीन्छ वरीपरी भबन बिचैमा प्राङ्गण त्यस्को छेउमा कृषिबाली विद्यालयका प्र.अ.भन्छन हामि ठाउको मुहार बदल्न खोज्दैछौ । हाम्रो विद्यालयले निकै फटको मार्दैछ । कृषि जे.टी.ए लाई कृषिबाली विज्ञानमा परीणत गरीयो हामि यस विद्यालयलाई नमुना विद्यालयको नाममा चिनाउने प्रयासमा छौँ ।

    त्यस्तै त्यही वडाका अध्यक्ष भन्छन आफ्नो प्रगती संगै रोजगारी शिर्जना होस भनेर यो निती अपनाईएको हो । मुहार बदलिनु पर्छ । स्थानिय सरकार भएको केही वर्ष पार भईसक्यो समय संगै बदलीनु पर्छ । त्यस्तै विद्यालयको केही  माथिका एक किसान टेक बहादुर मलेई मगर भन्दछन हामित मारमा छौँ जन प्रतिनिधीको ध्यान नगएको हैन गएकै हो तर उपभोक्ता समितीको लडाईले गर्दा हाम्रो सडक परीर्वतन छैन। स्थानिय सरकार नआउदै निमार्णा धिन सडक निकै साघुरो छ । एउटा मोटरबाईक पनी हिडन सन्ने समस्या देखीएको छ ।

    सडक अभावका कारणले हरेक समाधान प्रक्रिया पनि हामिले गुमाउनु परेको छ । स्थानिय सरकार आउनुभन्दा अगाडीनै मुख्य संञ्जालको रुपमा निमार्ण भएको यो गोरेटो सडक नगरपालीकाको कार्यलयदेखि करीब ६/७ कि.मी वडा .नं १,२,३ को मुख्य सडकको रुपमा गनिदै आएको छ । तर यहाका जन्ताहरुले मुहार बदल्न सकिरहेका छैनन । राम्रो संग हिडने बाटोसमेतको व्यबस्था छैन । यो बाटोको निमार्णधिनको लागी केही पहीलेनै निती आउदा पनि लडाईले गर्दा अहीले सम्म  बाटो निमार्ण कार्य  भएको छैन ।

    त्यस्तै वडा नँ ३का वडा  अध्यक्ष निरक बहादुर  शाहीले भने अबको केही दिनमै हामीले यो सडक विस्तारमा हामि लागीरहेका छौँ । हामिले यो कार्य सम्बन्धि कार्य निकै पहल गरेका हौँ  केही कारण बस रोकिएको हो । नदिको दुई किनारा जस्तै छ । यहाको ठाउमा सबैको मनमा सदभावना परीणत छैन। हामि पणितको प्रयासमा छौँ । हरेक ठाउको विकाश परीर्वतको अग्रसर छ। केही राजनितीक दबाब र उपभोक्तको लडाईले गर्दानै समस्या भएको छ। वडा कार्यलय नजिकै अथवा बजार क्षेत्र भित्रको अधिनमा पनि निकै समस्या छ। राम्रो संग गाडीहरु ओसार पोसारमा कठिन देखी रहेको छ।

    अबको केही दिनका तत्काल यो बाटो निमार्ण हुनेछ । आफै पनि दिनानुदिन नगर कार्यलयसम्म हिडीरहनु पर्दछ यो बाटोमा हिड्दा आफैलाई डर लागीरहन्छ । अब छिट्टै समाधान हुन्छ ।

    त्यस्तै चामुण्डा मा.वि का प्र.अ तिमील्शिनाले सडकको बारेमा रेडीयो दूल्लु एफ.एम स्टेशन म्यानेजर निरक बहादुर शाही पनि मोटरबाईक विद्यालया लिन नसकेर केही माथि देउरालीको तिनै दुःखेसो पोखेका किसानको घर आगनमा पुगेका थिए। यो मुख्य सडक जस्तै लाग्छ किन बिस्तार हुन सकेन ? अहीले हामि बिस्तारै पाईला बढाईरहेका छौँ । जब मान्छे यउटै दिशाको समायोजनममा हुन सक्दैन तबसम्म केहीन केही समस्या भईहाल्छ । तपाई अर्काेपटक आउदा सरर यहीसम्म पुग्न सक्नुहुनेछ ।

    त्यस्तै देउराली क्याम्पसमा जाने छोटो बाटो पनि निकै कठीन छ । तर क्याम्पसको छेउछाउमा विकासका काममा कामदार खटीरहेका छन  । क्याम्पस बन्द थियो सुक्रबारको २ बजे समयमा त्यही स्कुलको कार्यलय सहायक भन्दछन – म यउटा नजिकैको किसान हूँ म केही बर्ष यता यहा कार्यरत छु । यहाको बिस्तार हुदैछ पहीले भन्दा निकै परीर्वतन छ । सडक विस्थारमा मात्रै कमजोरी छ । विकाशको पहीलो पाटो भनेको नै सडक हो । म पनि यहीको बासिन्दा हुँ विगत केही समय पहीलेको  बाटो परीवर्तन छैन ।

    त्यस्तै १नम्बर वडाका एक स्थानिय लक्ष्मि पौडयाल भन्दछन सडकबारे— गाउँको विचतिर भनेर जुन सडक बजेट छुटाइयो त्यो सडक दवावका कारण गाउको सिरवाटलगिने निर्णय गरीएको थियो । अहिले न त्यो सडकबाट न मान्छे हिन्छन न गाडि नै जन्ताका चाहनाहरु परीर्वतन भएका छैनन यहांका जनसमुदायहरु निकै  मेहनती छन कृर्षिलाई विषेश ध्यान दिने गर्दछन। तर उत्पादक्त्व कुरालाई व्यबस्थित करण समेत गर्न गाह्रो भईरहेको छ । केही नबुजेका सोझा साझा जनताबाट गन्ने मानीनेले ठुलो फाईदा लिएकोमा आफुलाई निकै दुःखीत तुल्याएको पौड्याल बताउछन ।

    त्यस्तै वडा अध्यक्ष रँग बहादुर तामाङ भन्दछन – भैरवि गाउपालीकालाई र ठाटिकाँध गाउपालीकाको सिमाना जोड्ने सडक पनि अहीले मर्मत कार्य भईरहेको छ काम निरन्तर चलाईरहेका छौँ । पहीलेको तुलनामा हेर्नेहो भने निकै परीमार्जित देखिन्छन । तर केही कुरामा सबैको भावना बुज्न नसेर  कोटनेसनको कमि छ । तरपनि कार्य अबधिलाई मध्यनजर गर्दै चामुण्डा विन्द्रासैनीको विकट मानीने तुन्चुलेको नकिटपन पाल्त नामले चिनीने त्यो ठाउँमा पनी हामी सडक पुगाउने प्रयास गरेका छौ। अहीले कृर्षिलाई पनि आधुनीकरणको साथमा अघी बढाईरहेका छौ। केही केही ठाउमा सडक पुगेको छैन । त्यहाँ पनि हामी प्रयासमानै रहेको छौँ । चामुण्डा  विन्द्रासैनीकै सबैभन्दा पहीला भैरवि गाउपालीकासंग सहकार्य गरेर विजुली पनि छिटो ल्याउने प्रयास गरीरहेका छौँ ।

    केही कुरामा जन्ताको गुनासो छ । विस्वास छ हामि उंहाहरुकै परीर्वतनको शिथलमा विकाशका कार्यहरु बढाउने मा प्रतिबद्ध लाग्ने छौँ । विकाश संगै परीर्वन खोजेका जनताहरु अहीले आधुनिकरण कृर्षिमा निकै ध्यान केन्द्रिद गर्दैछन ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal