News Portal

  • विद्यालयको कक्षाकोठामै बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

    ५१३ पटक

    श्रीराम केसी
    बनेपा – काभ्रेको बेथानचोक गाउँपालिका को कालिका माविमा अध्यनरत २ बालिकालाई सोही विद्यालयका शिक्षकले बलात्कार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ।

    कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई बालिकालाई ललाईफकाई र धम्काएर निरन्तर १ वर्षदेखि कक्षा कोठामै बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सोही विद्यालयका शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो।

    बालिकालाई लोभ, डर, धम्कीमा कक्षा कोठामै बलात्कार गर्ने, यौन अंग खेलाउने, सुमसुमाउने गरेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

    जाहेरीमा कक्षाकोठामा अन्य साथीलाई गृहकार्य गर्न लगाउने र उक्त बालिकालाई अन्तिम बेन्चमा राखेर यौन अंगमा औलाले चलाउने घुसारर्ने गरेको बालिकाले बताएकी छन्।

    गत असोज १० गते  दिउँसो खाजा खाने समयमा कक्षामा कोही नभएको मौका छोपी सरले काखमा राखी पिसाब फेर्ने ठाउँमा सरको पिसाब फेर्ने  छिराएको र दुखेर घरमा गएर आमालाई भनेपछी घटना बारे थाहा पाएको पीडित बालिकाकी आमाले बताइन्।

    ‘छोरीको सँगैसँगै अर्की बालिकालाई पनि त्यस्तै गरी  बलात्कार गर्ने गरेको रहेछ, छोरीले भनेपछि थाहा पाएर पीडित बालिकाको आमालाई भन्दै प्रहरीमा जाहेरी दियौँ’, उनले थपिन्, ‘असोज १६ गते घरमा राति खाना खाने क्रममा मलाई र मेरो साथीलाई शंकर सरले पिसाब फेर्ने ठाउँमा गरेको भनेपछि हेर्दा रातो र सुनिएको देखेपछि मैले प्रहरीमा जाहेरी दिएँ।’

    आरोपित शिक्षकले बालिकालाई कसैलाई भनेमा सबैको अगाडि पिट्ने धम्की दिएर कक्षा ४ देखि नै यौन अंग चलाउने गरेको बालिकालाई उद्धृत गर्दै आमाले बताएकी छन्।

    आरोपित शिक्षक पनौती नगरपालिका १० खोपासीमा बस्दै आएका छन्। आरोपित शिक्षक सामाजिक तथा नैतिक विषय बढाउने गर्थे। पीडितको जाहेरीका आधारमा शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

    आरोपितमाथि अनुसन्धान सुरू भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका एसपी रविराज खड्काले जानकारी दिए।  उनका अनुसार अदालतबाट अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal