News Portal

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने बैज्ञानिक प्रविधि

१५९ पटक

सूर्यप्रसाद पाण्डे
काठमाडौं – चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन्। यो नेपालमा पत्ता लागेको महत्वपूर्ण प्रविधि हो।

यसका लागि उनीहरूले राजधानीका आठ होटलमा एक महिनासम्म लगाएर चुरोटका ठुटा जम्मा गरे। त्यसबाट १५ किलो चुरोटका ठुटा जम्मा भए। ती ठुटालाई होटलले सहजै नदिएपछि त्यसबापत केही पैसासमेत दिएको जीसीको भनाइ छ।

उनीहरूले ग्राहकले पिएर फ्याँकेको चुरोटको ठुटाभित्र बाँकी सुर्तीलाई खाने एक किसिमको ब्याक्टेरिया बनाए, जुन ब्याक्टेरियालाई उनीहरूले ‘इकोलाई’ नाम दिएका छन्। यसले सुर्तीभित्र रहेको निकोटिन खाइदिन्छ। त्यसपछि सुर्तीलाई मलका रूपमा प्रयोग गर्न पनि सकिन्छ।

सुर्ती खाइसकेपछि ‘इकोलाई’ ब्याक्टेरियालाई चुरोटको फिल्टर कुहाउन पनि प्रयोग गरियो। यसरी प्रयोग गर्दा इकोलाई ब्याक्टेरियाले पृथ्वीको माटोमा असर गर्ने फिल्टरभित्रको पदार्थलाई आफ्नो खानाका रूपमा प्रयोग गर्छ। तर फिल्टर आफैंमा सडेर भने जाँदैन। ‘फिल्टर नकुहिए पनि यसभित्र रहेको पदार्थलाई ब्याक्टेरियाले खाएपछि यसले पृथ्वीमा कुनै असर गर्दैन’, उनले भने।

निकोटिनलाई ब्याक्टेरियाले खाएर बनेको मललाई कृषि उत्पादनमा समेत प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ। विभिन्न अध्ययनका अनुसार सामान्यतया माटोमा फ्याँकिएको चुरोटको ठुटा पूर्ण रूपमा कुहिन १० देखि १२ वर्षसम्म लाग्छ। यो प्रविधिबाट अधिकतम एक साताभित्रमा कुहाउन सकिने उनीहरूको दाबी छ। यही अवधारणा प्रस्तुत गरेबापत उनीहरूले गत वर्ष काठमाडौं विश्वविद्यालयमा आयोजित जेनेटिक इन्जिनियरिङ सम्बन्धी सम्मेलनमा दोस्रो स्थानसमेत हासिल गरेका थिए।

सान कलेजका सुपरभाइजर डा. सविन बसीले विद्यार्थीले पत्ता लगाएको प्रविधि नेपालका लागि नितान्त नौलो भएको बताए। ‘हेर्दा यो सामान्य लाग्न सक्छ। तर चुरोटको ठुटाले हाम्रो समाजमा कति असर पारिरहेको छ भन्ने हामी अनुमान पनि गर्न सक्दैनौं’, बसीले भने, ‘यो सानो स्केलको अनुसन्धान हो। यसलाई पर्याप्त लगानी गरेर थप अनुसन्धान गर्ने हो भने सबैलाई फलदायी हुन्छ।’

यस्ता विद्यार्थीलाई प्रोत्साहन गर्न सकियो भने नेपालले पनि अनुसन्धानमा फड्को मार्न सक्ने कलेजका जैविक प्रविधि कार्यक्रम संयोजक प्रा.डा. राजाराम प्रधानांगले बताए।

यसरी आयो आइडिया

विद्यार्थीहरूले विदेशी च्यानलमार्फत अस्ट्रेलियाको एक कम्पनीले चुरोटको ठुटा जम्मा गरेर बेन्च बनाएको थाहा पाए। यसरी तयार भएको बेन्चलाई सार्वजनिक पार्कहरूमा बस्न प्रयोग गरिएको उनीहरूले अध्ययनबाट थाहा पाए। जीसीलगायतका विद्यार्थीले पनि उक्त कम्पनीलाई आफूहरूले नेपालमा यस्ता ठुटा जम्मा गरेर पठाइदिने र यसलाई पनि सोही काममा प्रयोग गर्न अनुरोध गर्दै इमेल लेखे।

तर उक्त कम्पनीले नेपालजस्तो अविकसित मुलुकमा आफूहरूको परियोजना सुरु गर्न नसक्ने जवाफ दियो। त्यसपछि विद्यार्थीहरूले पनि सुरुमा चुरोटको फिल्टरभित्र रहेको कपासलाई ‘किरिङ’ बनाउने काममा लगाए। यसका लागि उनीहरूले चुरोटको फिल्टरलाई कुकरजस्तै भाँडोमा राखेर उमाले। यसरी उमालिसकेपछि पहेलो रङमा देखिने फिल्टरलाई सेतो बनाउन एक प्रकारको केमिकल प्रयोग गरियो, जसले फिल्टरको कपासलाई सेतो बनाइदियो।

‘ठूटो साइकल’ नाम दिइएको यो परियोजना सफल भएपछि विद्यार्थीहरू ठुटाभित्रको फिल्टरलाई कुहाउने प्रविधिको अध्ययनतर्फ आकर्षित भएका थिए। ‘नेपालबाट एक दिन जेनेटिक इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने जाने सपना थियो। तर आर्थिक अभावका कारण पूरा भएको छैन’, जीसीले भनेको अन्नपूर्णमा समाचार छ।

हिमाली संचार | हिमाली संसार अनलाइन मिडिया प्रा.लि.

फेसबुक, ट्विटर युटुब  www.himalisanchar.com

प्रतिकृया दिनुहोस्

ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा

ज्ञानेन्द्र न्यौपाने  रसुवा– नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ...

अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

एजेन्सी : गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका...

तेक्वान्दो प्रशिक्षक मकाउमा, प्रशिक्षकलाई सेमिनार तथा अपग्रेडिङ

मकाउ : नेपाल राष्ट्रीय तेक्वान्दो संघको सक्रियतामा संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ...

कांग्रेसले आयोजना गरेको खेलकुद कार्यक्रममा कम्युनिस्टको दादागिरी !

रुकुम : रुकुममा नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघले गरेको खेलकुद  कार्यक्रम रोक्न सरकारले...

१० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया छिट्टै !

घनश्याम खड्का काठमाडौँ : सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ  ।...