News Portal

  • ८० वर्षीया कमसरी राईकाेकाे गुमेको ज्योति फर्कँदा

    हिमाली संचार संवाददाता
    ६४१ पटक

    ओखलढुगां – सिस्नेरीकी ८० वर्षीया कमसरी राई आँखा देखुन्जेल सक्रिय थिइन् । घाँसदाउरा गर्ने, खाना पकाउने, बिरामी श्रीमान स्याहार्थिन् । उनको आँखा धमिला हुँदै गएपछि काम गर्न नसक्ने भइन् । आँखाको ज्योति हराएपछि लठ्ठीको साहराले हिँड्न थालिन् ।

    गुमेको ज्योति फेरि फर्किन्छ होला भनेर उनले कहिल्यै सोचेकी थिइनन् । उपचारका नाममा झारफुक मात्रै गरेको उनी सुनाउँछिन् । उनले भनिन्, ‘छोरानाती भएका भए खर्च गरेर अस्पताल लगिदिन भन्थेँ, छोरीका आफ्नै दु:ख थिए, भन्न मन लागेन ।’

    शुक्रबार उनले नसोचेको कुरा भयो । अर्थात् उनले फेरि संसार देखिन् । आँखाका ज्योति फर्कियो । तिलगंगा आँखा अस्पतालले सिन्धुलीको फिक्कल गाउँपालिकामा उनको नि:शुल्क आँखा शल्यक्रिया गरिदिएपछि उनी पूर्ण देख्ने भएकी हुन् । शुक्रबार उनी लगायत १ सय २३ वृद्धवृद्धाको निशुल्क आँखा शल्यक्रिया भएको थियो ।

    मोतीबिन्दुका कारण उनका दुवै आँखाका ज्योति हराएको थियो । शल्यक्रिया पश्चात् उनले भनिन्, ‘अब घिस्रेर हिड्ँनु पर्दैन होला, कसैलाई दु:ख दिनु पर्दैन होला, यसैमा धेरै खुशी छु ।’

    धनुसाका मनोजकुमार पनि शुक्रबार प्रष्ट आँखा देख्ने भए। मोतीबिन्दुका कारण पाँच वर्ष उनी धमिलो संसारमा बाँचे। छामछुमको भरमा जिन्दगी बिताए। सिन्धुलीमा सुरक्षा गार्डको काम गर्दै आएका उनी खर्च अभावका कारण अस्पताल पुग्न सकेका थिएनन्। उनले भने, ‘मजदुरीको पैसाले परिवार पाल्न पनि पुग्दैन, टाढाको अस्पताल जान, खर्च गर्न कसरी सोच्नुँ।’

    राजधानीभन्दा थोरै दूरीको जिल्ला भएपनि सिन्धुलीको फिक्कल गाउँपालिका र वरपरका गाउँमा अझै बिजुली पुगेको छैन। नजिक अस्पताल छैन। सानातिना स्वास्थ्य समस्यालाई त मानिसहरू वास्ता पनि गर्दैनन्। आँखै नदेख्ने भइसक्दा समेत अस्पताल पुग्दैनन्,वृद्धवृद्धा घरेलु उपचारको भरमा छन्।

    खाङसाङ गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार भन्छिन्, ‘ नजिक अस्पताल छैन,बुढाबुढी टाढाको अस्पताल पुग्न सक्दैनन्, लगिदिने पनि कोही हुँदैनन्।’ कोही भने बुढाबुढी भइसकेपछि कति नै बाँचिन्छ र भन्ने मानसिकताका कारण उपचार गर्न नमान्ने उनले बताइन्।

    बढ्दो उमेरसँगै कपाल फुले जस्तै आँखभित्रको लेन्स पाक्दै जाने समस्या मोतिविन्दु हो। खासगरी ५० उमेर कटेका वृद्धवृद्धामा यस्तो समस्या हुन्छ। लेन्स पाक्दै जाँदा आँखा धमिलो देख्ने, विस्तारै आँखाको ज्योति हराएर गई अन्धोपन हुन्छ। उपचार गरेमा अन्धोपन भईसकेको ज्योति समेत फर्किएर आउँछ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-५ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ५ गते बुधबार इश्वी सन २०२४ अप्रिल १७...

    भारतीय सेना र माओवादी भिडन्त, १८ जनाको मृत्यु

    दिल्ली। सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ।...

    मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

    काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेश...

    बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

    बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा...

    आज बैशाख-४ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ४ गते मंगलबार इश्वी सन् २०२४ अप्रिल १६...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal