News Portal

गुण्डा नाइके नछाडेको झोँकमा सांसद नवीना लामाले मागिन आइजीपीको राजीनामा !

७७२ पटक

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ ।आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन् ।

तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेट गरी आइजिपी खनाललाई हटाउन दबाब दिएका हुन् ।

आइजिपी हटाउन दबाब दिने अध्यक्ष लामा र तामाङको कार्यशैलीको संगठनभित्रै विरोध भएको छ । दुवै नेता संगठनको विधि र प्रक्रिया मिचेर आइजिपीको राजीनामा माग्दै हिँडेको आरोप संगठनका अन्य पदाधिकारीले लगाएका छन् ।

तत्कालीन एमाले निकट अखिलका महासचिव ऐन महरले भने, ‘संगठनको कुनै पनि निकाय र तहमा छलफल नभई अध्यक्ष एकल स्वार्थका आधारमा आइजिपी हटाउनुपर्छ भन्दै गृहमन्त्रीकहाँ पुग्नु भएछ, त्यो संगठनको निर्णय होइन ।’

काठमाडौं उपत्यकामा हुने गरेका शृंखलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई महानगरीय परिसर काठमाडौंले पक्राउ गरेपछि उनलाई छुटाउन सांसद नवीना लामा परिसर पुगेकी थिइन् ।

परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामाकै जिल्लामा लगेर सत्यमानलाई छाडिदिएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुटेपछि सत्यमानलाई महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अवैध डलर कारोबार आरोपमा पक्राउ गरे। सत्यमान पक्राउ परेपछि नवीनाले आइजिपी खनाललाई फोन गरेर छोडिदिन आग्रह गरेकी थिइन् । तर महाशाखाले नै सत्यमानलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि समय लिएपछि उनी आइजिपी खनालसँग रिसाएकी थिइन ।

अखिल अध्यक्ष लामाले विगतदेखि नै सत्यमानको संंरक्षण गर्दै आएकी छन् भने अहिले अर्का विद्यार्थी नेता तामाङ समेत त्यसमा सहभागी भएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

हिमाली संचार | हिमाली संसार अनलाइन मिडिया प्रा.लि.

फेसबुक, ट्विटर युटुब  www.himalisanchar.com

प्रतिकृया दिनुहोस्

कुवेतका नेपालीहरुले यसरी मनाए बडादशैँ

माधब शाही कुवेत – हिन्दुधर्मालम्बीहरुको महान चाड विजया दशमी संसार भरी मनाई रहँदा कुवेतमा पनी...

बदनाम पप्पु कन्ट्रक्सन निरन्तर पुरस्कृत, अझै ११ अर्ब बराबरको ठेक्का !

काठमाडौं : निर्माणसम्बद्ध त्यस्ता ठेकेदार भेट्न मुस्किल छ, जो राजनीतिलाई माध्यम बनाएर व्यवसाय गरिरहेका छन्...

कुवेतमा झापाकी तेजमायाको हृदयघातका कारण मृत्यु

कुवेत : कुवेतमा फेरि नेपाली महिला घरेलु कामदारको मृत्यु भएको छ । ६ बर्ष पहिला...

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल कात्तिक ४ गते आइतबार

इश्वी सन् २०१८ अक्टोबर २१ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु,...

ठकुरी सहयोग संजाल युएईले यसरी मनायो बडादशै

युएई : ठकुरी सहयोग संजाल युएईले हिजो शुक्रबार अर्थात अक्टोबर १९ का दिन बिजया दशमी...