News Portal

  • फष्टाउँदो माहुरी पालन व्यवसाय : सञ्जय भण्डारी

    ५३२ पटक

    पछिल्लो समय दुख गर्न सके नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने सोच युवाहरुमा पलाउन थालेको छ । हाल युवाहरुले वैदेशिक रोजगारीको अवसरलाई अस्वीकार गर्दे आफ्नै गाउँघरमा विभिन्न व्यवसायहरु गर्न थालेका छन् । पश्चिम दाङ शान्तिनगर गाउँपालिका–५ रगैचा निवासी सञ्जय भण्डारी विगत १२ वर्षदेखि माहुरीपालन गर्दैआएका छन् । पाँच वटा घारबाट माहुरी पालन सुरु गरेका भण्डारीले हाल १२५ घार पुर्याएका छन् । आफू मात्र रोजगार नबनेर सिजनमा ८ जना युवाहरुलाई पनि आफ्नो फर्ममा काम दिने गरेको बताउँने भण्डारीसँग देवी भण्डारीले उनको फष्टाउँदो माहुरीपालन व्यवसायको बारेमा कुराकानी गरेकी छन् ।

    कति लगानीमा माहुरीपालन सुरुवात गर्नु भएको हो ?

    – विगत १२ वर्ष पहिला माहुरीपालन सुरुवात गर्दा ५० हजार लगानीमा सुरु गरे । त्यो समयमा ५ घार माहुरीबाट सुरु गरेको थिए । त्यतिबेला घरकै लागि सुरु गरिएको हो । विस्तारै त्यसैलाई अहिले व्यवसायको रुपमा सञ्चालन गरिरहेको छु ।

    यो व्यवसायमा १२ वर्ष पहिले र अहिले के फरक पाउनु भएको छ ?

    – सुरुवातमा माहुरीलाई कसरी हुर्काउने, मह कसरी निकाल्ने भन्ने हुन्थ्यो । पछि गर्दै जाँदा सबैकुरा सकिने रहेछ । पहिले प्रविधिक ज्ञान थिएन, अरुको सहयोग लिनुपर्ने अवस्था थियो । सहयोग लिन पनि गाह्रो हुने, गाउँमा कसैले माहुरी पालेका थिएनन् । त्यसैले पनि आफुलाई चाहिने सिप सिक्न टाढा पुग्नुपर्ने बाध्यता थियो । गर्दै जाँदा सबै कुराको अनुभव हुँदोरहेछ, अहिले सबै जानेको र सिकेको हुँदा प्रविधिक लगायत अन्य सहयोगको आवश्यकता पदैन । अहिले सबै कुरा सहज बनेको छ ।

    मह उत्पादनबाट वार्षिक १० लाखसम्म आम्दानी हुन्छ । त्यसमा लगानी कटाएर ७ देखि ८ लाखसम्म बचत हुने गरेको छ ।

    माहुरी पालनको लागि सुरुमा के के आवश्यकता पर्छ ?

    – पहिलो कुरा त लगानी नै हो । यो सँगसँगै सिप सिक्न एकदमै जरुरी हुन्छ । माहुरीपालन सम्बन्धी विभिन्न समयमा जिल्ला तहमा तालिमहरु पनि सञ्चालन हुने गर्दछन् । ति तालिममा सहभागी भएर राम्रो फाइदा लिन सकिन्छ । त्यस्ता तालिममा थोरै घार माहुरीलाई कसरी धेरै बनाउने, भाले माहुरी उत्पादन कसरी बढाउने लगायतका कुराको जानकारी गराइने हुँदा व्यवसाय गर्न सजिलो हुन्छ । त्यसैले तालिमको एकदम आवश्यकता पर्दछ ।

    यसबाट वार्षिक आम्दानी कति हुन्छ र जनशक्ति कसरी परिचालन गर्नुभएको छ ?

    – पाँच घारबाट सुरु गरेको अहिले १२५ घारमा पुगेको छ । मह उत्पादनबाट वार्षिक १० लाखसम्म आम्दानी हुन्छ । त्यसमा लगानी कटाएर ७ देखि ८ लाखसम्म बचत हुने गरेको छ । एक्लै अलि सम्भव हुँदैन । सधै कामदार राख्ने गरेको छैन । सिजनमा करिब ८ जना कामदारको आवश्यकता पर्छ । ८ जना सहयोगीको रुपमा कामदार राख्ने गरेको छु । सिजनको समयमा दाङमा मात्र राखेर सम्भव नहुने भएकाले माहुरी चराउनलाई कैलाली तथा बबैरहवामा पनि लग्ने गरेका छौ । त्यो समयमा कामदार राख्ने गरेको छु । अन्य समयमा १ दिन हेरेपछि एक हप्तासम्म हेर्नु नपर्ने भएकाले पनि एक्लैले चलिरहेको हो । मह उत्पादनको लागि चार सीजन हुन्छ– तोरी, सिसौँ, चिउरी र रुदिलो । सजिलो तोरीको सीजनमा हुने हुँदा चरणको लागि पनि हामीले त्यही समयमा लाने गर्छौ । आज भोलीको समयमा खासै उत्पादन पनि नहुने महुरीलाई चरण पनि हुँदैन । सिजनको समयमा राम्रो आम्दानी हुन्छ ।

    तपाईजस्तै माहुरी पाल्न चाहने युवाका लागि के भन्नु हुन्छ ?

    – माहुरीपालन घरायसी कामसँगै गर्न सकिने हुँदा त्यति धेरै अफ्ठ्यारो हुँदैन । म मेरै गाँउठाँउमा केहि गर्छु भन्नेको लागि त पहिला थोरै सिप सिक्नुस् । दुई चार घार पालेर हुन्छ भन्ने हुँदैन । त्यसरी गरेको कुनै पनि व्यवसाय सफल हुँदैन । व्यवसाय सफल बनाउन लगानी र सिपको एकदमै आवश्यक छ । कुनै पनि कामको सुरुवात गर्दा जानकार भएर गर्नुस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्नुपर्ने सहयोग भरपुर गर्नेछु । सत्यपाटी अनलाइनबाट।

    प्रतिकृया दिनुहोस्

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal