News Portal

  • प्रदेश २ मा थपिएका राज्यमन्त्रीको सपथ भोलि

    संचारकेन्द्र संवाददाता
    ७ पटक

    जनकपुरधाम । प्रदेश २ मा मन्त्रिपरिषद विस्तार बुधबार हुने भएको छ । प्रदेश सरकारमा सहभागी हुने तीन राज्यमन्त्रीले बुधबार सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रिय जनता पार्टी नेपालले राज्यमन्त्रीका लागि नाम पठाएको ३ जनालाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

    प्रदेश सरकार बनेको भएको ५ महिनापछि मन्त्रिपरिषद विस्तार हुन लागेको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् ।  तिनै जनाको नाम हिजै टुंगो  लागेको हो ।
    मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ । राजपामा विवादको कारण सरकारमा सहभागी हुने राज्यमन्त्रीहरुको नाम ढिलो गरि टुंगो लागेको हो ।

    राज्यमन्त्रीमा सहभागी हुने डिम्पल झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । शर्मा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र हुन्

    २०७२ भदौ २५ गते बिहान महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको कुटपिटबाट  घाइते भएका विकलाई दिउँसो उपचारको क्रममा जनकपुर ल्याउने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर धान खेतमा कुटपिट गर्दा मृत्यु भएको थियो ।

    विक हत्याको मुद्दामा सांसद शर्मालाई मुख्य अभियुक्त बनाइएको छ भने प्रहरीले शर्मासहित घटना संलग्न अन्य फरार रहेको बताउदै आएको छ । घटनामा जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् ।

    यता राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राज्यमन्त्रीमा पार्टीबाट सिफारिस भएको शर्मालाई आन्दोलनको क्रममा राज्यले फसाउने गरि मुद्दा  लगाएको र पार्टीको लागि योगदान दिएको योग्य रहेको शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरिएको बताए ।

    प्रतिकृया दिनुहोस्

    — गजल —

    – प्रवीण नेपाल आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो डाँडा काँडा...

    मुख्यमन्त्रीले मधेश विरोधी प्रधानमन्त्रीलाई बोलाएर सम्मान गर्नुको कुनै तुक  थिएन : महासचिव सुमन

    सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा...

    बन्द कोठाभित्र कसले हान्यो पूर्वराजदूतलाई छुरी ?

    गौरव पोखरेल/काठमाडौं – झण्डै एक वर्षपछि राजधानीमा फेरि एकपटक सर्वसाधारणलाई त्रसित बनाउने गरी ‘हाइप्रोफाइल मर्डर’...

    निर्मला पन्त बलात्कार प्रकरण : यसरी पक्राउ परे उभियुक्त विष्ट 

    कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न मुख्य अभियुक्तलाई...

    बुबाअामाकाे मृत्युुपछि अवाेध बालकहरु बिचल्लीमा

    रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशीकाे तीन...