News Portal

  • मंसिरसम्म शुरु नहुने योजनाको बजेट रकमान्तर गर्ने कर्णाली सरकारको निर्णय

    हिमाली संचार संवाददाता
    ४९१ पटक

    सुर्खेत – कर्णाली प्रदेश सरकारले चालू आवको मंसिर मसान्तभित्र विनियोजित बजेटअन्तर्गतका योजना कार्यान्वयन शुरु नभएमा सो योजनाको बजेट रकमान्तर गर्ने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्री तथा सचिव सम्मिलित संयुक्त बैठकले रकमान्तरको निर्णय गरेको हो ।

    कर्णाली प्रदेश सरकारको आव २०७५/७६ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत तयारी बैठकमा मन्त्रालयका कार्यक्रम २०७५ मंसिर मसान्तभित्र अनिवार्य कार्यान्वयन शुरु गरेको हुनुपर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
    विनियोजित बजेटसँग सम्बन्धित योजना तोकिएको समय सीमाभित्र कार्यान्वयन प्रक्रिया शुरु नभए कानूनबमोजिम अन्य शीर्षकमा रकमान्तर गर्न सम्बन्धित मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने तयारीका लागि निर्देशनात्मक निर्णय गरिएको मन्त्री ज्वालाले बताए । उनका अनुसार बजेट कार्यान्वयन सम्बन्धी मन्त्रालयगत तयारीका लागि नौ वटा निर्णय पारित गरिएको छ ।

    बैठकले सरकारको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन जिम्मेवारीसहितको कार्ययोजना तयार गरी कार्यान्वयनका समस्याहरुको विवरण माग गरिएको ढाँचामा सात दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाउने, सम्बन्धित मन्त्रालयले नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि संरचना, कार्य्विधि निर्देशिका र ऐन बनाई कार्यतालिकामा खुलाउने निर्णय गरेको छ ।
    साथै, सबै मन्त्रालयले साउन १५ गतेभित्र आ–आफ्नो मन्त्रालयको बजेट तथा कार्यक्रमको विस्तृत विवरण तयार गरी आर्थिक मामिला मन्त्रालयमा स्वीकृत गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउने पनि निर्णय गरेको छ ।

    त्यस्तै, सबै मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको मापदण्डको सीमाभित्र रही आ–आफ्नो मन्त्रालयअन्तर्गत रहने संरचनाको विवरण र रहने मुकामका बारेमा आवश्यक छलफलसहित १५ दिनभित्र मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन पेश गर्ने, मन्त्रालयगत कार्यक्रम तत्काल शुरुवात गर्न प्राविधिक जनशक्तिलाई सम्बन्धित आयोजना स्थलमा लागत अनुमान र नक्साङ्कनको सर्भेका लागि खटाउन आवश्यक तयारी गर्ने निर्णय गरिएको मन्त्री ज्वालाले जानकारी दिए ।

    त्यसैगरी, बैठकले बजेट कार्यान्वयको निश्चित समयसीमा तोकी प्रचलित ऐन, कानूनबमोजिम दु्रतमार्गको विधि अपनाउनेतर्फ मन्त्रालयगत आवश्यक व्यवस्था मिलाउन, स्वीकृत भएको कार्ययोजना भएको कार्यप्रगति विवरण नियमित रुपमा सबै मन्त्रालयहरुले आआफ्नो वेवसाइटमा राख्न व्यवस्था मिलाउने निर्णय भएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal