News Portal

  • तपाईंको राशिफल : आज वि.सं. २०७५ साल असोज १५ गते सोमबार

    हिमाली संचार संवाददाता
    ५६८ पटक

    इश्वी सन् २०१८ अक्टोबर १ तारिख, नेपाल संवत् ११३८, सप्तमीतिथि !

    – ज्योतिष लक्ष्मीप्रसाद बराल,

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
    आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि दाजुभाइमा असमझदारी बढ्न सक्छ। पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
    खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। परिस्थिति अनुकूल देखिए पनि काम बिग्रने डरले सताउन सक्छ। भैपरी आउने समस्या समाधान भए पनि जीवनशैली व्यस्त रहनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर, उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। बेसुरको वचनले विवाद निम्त्याउन सक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
    आकस्मिक रूपमा खर्च बढ्नाले मन पिरोलिनेछ। कामको लागत बढ्नेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। तर ईर्ष्या गर्नेहरूले काममा समस्या खडा गर्न सक्छन्। कमजोर नतिजा सच्याउन प्रयत्न दोहोर्याउनुपर्ला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
    मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनाले उत्साह जाग्नेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि आय-आर्जन र धनसंग्रहमा बाधा पुग्नेछ। सञ्चित रकम समेत खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। आफन्तबाट भने टाढिनुपर्ने हुन सक्छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
    पुरुषार्थी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
    भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले फाइदा दिलाउनेछन्। मध्याह्नदेखि अरूका काममा श्रम खर्चनुपर्ला। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
    काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अरूको काममा जुट्नुपरे पनि बिस्तारै लाभ उठाउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
    अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा बुद्धि खर्चनुपरे पनि रमाइलो यात्रा हुन सक्छ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
    रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथले मन उत्साहित हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    कामको चाप बढे पनि बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा प्रगतिका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने हुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
    हतारमा निर्णय लिने बानीले समस्या उब्जाउन सक्छ। काम बिग्रने डरले सताउनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले साथीभाइ टाढिन सक्छन्। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। मिहिनेतले मात्र काम बन्नेछ र नयाँ योजनातर्फ अग्रसर भइनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
    छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। (नेपाली पात्रो)

    प्रतिकृया दिनुहोस्

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal