News Portal

  • अमेरिकी दूतावासबाहिर बम विस्फोट, के छ अवस्था ? (हेर्नुहाेस भिडियाेसहित)

    हिमाली संचार संवाददाता
    ४०१ पटक

    काठमाडाैं ।

    चीनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावास बाहिर बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाबारे विस्तृत विवरण नआए पनि अमेरिकी दूतावास रहेको क्षेत्र बाहिर विस्फोट भएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरूले ब्रेक गरेका छन्।

    अन्तर्राष्ट्रिय समाचार संस्था एपीले प्रत्यक्षदर्शीलाई उद्‍धृत गर्दै उक्त क्षेत्रमा विस्फोटको आवाज सुनिएको र ठूलो मात्रामा धुवाँको मुस्लो उडेको उल्लेख गरेको छ। प्रहरी तथा अमेरिकी दूतावासका अधिकारीले सूचना संकलन भइरहेकोले तत्काल केही भन्न नसकिने जनाएको एपीको समाचारमा उल्लेख छ।

    चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएङ्को जनाएको छ। आफ्नो शरीरमा मट्टितेल छर्किन खोजेकी ती महिलालाई प्रहरीले आत्मदाह गर्न खोजेको शंकामा अमेरिकी दूतावासबाहिरबाट नियन्त्रणमा लिएको ट्विट गरेको छ।

     

    घटनामा केही व्यक्ति घाइते भएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएको पाकिस्तानको जिओ टिभीले जनाएको छ। चीनको युनटक्स अनलाइनले विस्फोट भएको भनिएको क्षेत्रको फोटो पोस्ट गरेको छ जहाँ धुवाँको मुस्लो उडेको देखिन्छ।

     

    ट्विटरमा पोस्ट भएको एक भिडियोमा पनि धुवाँको मुस्लो देखिएको छ।

     

    हङकङ प्रि प्रेसले घटनाको भिडियो पनि राखेको छ जहाँ मानिसहरू मुस्लो उडेको क्षेत्र नजिकै कराइरहेको र यताउता दौडिरहेकोजस्तो देखिन्छ।

    हेर्नुहाेस भिडियाे

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal