News Portal

  • लघु उद्यम तालिमवाट १ सय ५२ जना युवा लाभान्वित

    ५९६ पटक

    डि.वि.खालिङ/सोलुखुम्बु – नेपाल युवा विकास मञ्चले गत आर्थिक बर्षमा सोलुखुम्बुमा सञ्चालन गरेको विभिन्न तालिमवाट १५२ जना लाभान्वित भएका छन् । मञ्चले घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु शाखाको सहयोगमा सोलुखुम्बुमा सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम मार्फत् १ सय २९ महिला र २३ पुरुषलाई विभिन्न तालिम प्रदान गरेको हो ।

    मञ्चले सोलुखुम्बुको ६ स्थानीय तहमा विभिन्न तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक देवीकुमार तामाङले जानकारी दिए । एक आर्थिक बर्षको अवधिमा छोटो अवधीको तालिमवाट ६०, मध्यम अवधिको तालिमवाट ४६ र लामो अवधिको तालिमवाट ४६ जना लाभान्वित भएका हुन् ।

    मञ्चले तरकारी खेती, सिन्के चाउमिन, बाख्रा पालन, सुन्तला खेती तालिम छोटो अवधिको तालिमको रुपमा प्रदान गरेको हो भने पशुपालन, हाते होजियारी, चाउमिन थुक्पा उत्पादन तालिम मध्यम अवधिको तालिमको रुपमा प्रदान गरेको हो । यस्तै गलैंचा बुनाई, सिलाई कटाई, मोटर साइकल वर्कशप, बाँसको हस्तकला तथा मुढा उत्पादन तालिम लामो अवधिको तालिमको रुपमा प्रदान गरेको संयोजक तामाङले जानकारी दिए ।

    ७ दिन ४५ र ९० दिनको तालिम क्रमशः छोटो, मध्यम र लामो अवधिको तालिमको रुपमा प्रदान गरेको थियो । मञ्चले सोलुदुधकुण्ड नगरपालिकामा तरकारी खेती, गलैंचा बुनाई र सिलाई कटाई तालिम सञ्चालन गरेको छ भने माप्य दुधकोशी गाउँपालिकामा तरकारी खेती, बाख्रा पालन र बाँसको हस्तकला तथा मुढा उत्पादन तालिम सञ्चालन गरेको थियो । यस्तै लिखु पिके गाउँपालिकामा सिन्के चाउमिन र सिलाई कटाई तालिम सञ्चालन गरेको तथ्यांक सहायक शिशिर सापकोटाले जानकारी दिए ।

    महाकुलुङ गाउँपालिकामा तरकारी खेती र चाउमिन थुक्पा उत्पादन तालिम, नेचा सल्यान गाउँपालिकामा सुन्ता खेती,, हाते होजियारी र मोटर साइकल वर्कशप तालिम र थुलुङ दुधकोशी गाउँपालिकामा पशुपालन तालिम सञ्चालन गरेको छ ।

    तालिममा सहभागी भएकाहरुलाई व्यवसायिक रुपमा अघि बढ्न परामर्श दिई प्रेरित गरिएको र व्यवसायका लागि उनीहरु उत्सुक समेत रहको कार्यक्रम संयोजक तामाङले बताए । अधिकांश तालिम स्थानीय श्रोत साधनसँग सम्बन्धित भएकोले व्यवसाय सञ्चालनका लागि सहज भएपनि लगानीका लागि सरकारले सहयोग गर्नु पर्नेमा जोड दिए ।

    नेपाल युवा विकास मञ्चले तालिम पश्चात् लिखुपिके गाउँपालिकामा ११ वटा सिलाई मेसिन, २ वटा थुक्पा चाउमिन बनाउने मेसिन, महाकुलुङ गाउँपालिकामा १४ वटा थुक्पा चाउमिन बनाउने मेसिन, थुलुङ दुधकोशी गाउँपालिकामा बाख्रा पालन समूहलाई १ बोका, सुगुर पालन समूहलाई एक सुगुर हस्तान्तरण गरेको जनाएको छ ।

    यस्तै माप्य दुधकोशी गाउँपालिकामा बाख्रा पालन समूहलाई १ बोका, हस्तकला तथा मुढा बनाउने समूहलाई १ ड्रिल मेसिन, सोलुदुधकुण्ड नगरपालिकामा २ वटा गलैंचा तान उद्यमीलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए ।

    यसै गरी उद्यम स्तरोन्नतीतर्फ २२ वटा टनेल, १९ कृषि पाइप, एउटा बोका, दुईवटा सिलाई मेसिनसमेत हस्तान्तरण गरिएको उनले बताए । नेपाल युवा विकास मञ्चको सहजिकरणमा सोलुखुम्बुको एक नगरपालिका र ५ गाउँपालिकामा उद्यम विकास समिति गठन गरिएको पनि संयोजक तामाङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal