News Portal

  • काठमाडौंमा बन्दैछ ३२ तल्लभ्यू टावर’

    हिमाली संचार संवाददाता
    ४८६ पटक

    काठमाडौं -लामो समयदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवन निर्माणमा आइडिया फोर नेपाल र मिग नेपाल प्रालिले लगानी गर्ने सम्झौता गरेको हो ।

    यी कम्पनीमा हङकङ तथा अन्य मुलुकमा बस्ने नेपाली मुलका व्यक्तिहरुको ४९ प्रतिशत शेयर छ । आवश्यक कानुनी प्रक्रियापछि लगानीसमेत जुटाइसकेको आइडिया फोर नेपालकी निर्देशक चिङ चिङ सीले जानकारी दिइन् ।

    हङकङ नागरिक सिले बस पार्कमा निर्माण हुने भ्यू टावरको सम्पूर्ण गतिविधि हङकङस्थित आइडिया फोर नेपालको कार्याबाट सिसि क्यामराबाट नियाल्न सकिने बताइन् । त्यसका लागि सिसि क्यामरा जडान गरिसकेको उनले बताइन् ।


    यस अघि जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीले ५१ प्रतिशत शेयर रहेने गरी महानगरसँग ३० वर्षका लागि टावर सञ्चालनका लागि सम्झौता गरेको थियो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार सम्झौता भएपछि यसको निर्माण कार्य अघि बढेको थियो ।

    जलेश्वरले सोमबार थप कम्पनीलाई शेयर दिएको छ । अब नेपाली एकसहित दुई एनआरएन कम्पनी मिलेर यो भवन निर्माण गरिने छ ।

    यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ । भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुत गतिमा काम हुने कम्पनीले जनाएको छ ।

    महानगर प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पाँच वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए । ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो ।’ कम्पनीले सम्पूर्ण अध्ययन गरेर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गरे ।

    यो भवन परम्परागत कलाशैलीमा भवन निर्माण गरिन्छ । उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप टावर निर्माण हुनेछ । भ्यू टावरको भूमिगत ३ तलामा पार्किङ, त्यसमाथि बस, माइक्रो ट्याक्सी लगायतका सवारीसाधन, मोटरसाइकल लगायतका स्टेसन रहने छ ।

    निर्माण सम्पन्न भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए ।

    ‘निर्माण सम्पन्न भएपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यू टावरले पनि छुट्टै पहिचान दिनेछ, दरबारमार्ग, असन इन्द्रचोक न्युरोड लगायतको ट्राफिक जाम पनि कम हुन्छ, ।

    न्युरोडसम्म घुम्न र किनमेल गर्न जाने मानिसहरुका सवारीसाधन भ्यू टावरमै पार्किङ गर्न सकिने उनले बताए । राजधानीमा पर्यटकीय आकर्षण समेत बढ्ने विश्वास महानगरको छ ।

    टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिने बताइएको छ । टावरमा चारवटा मनोरञ्जन हल, सपिङ कम्प्लेक्स, ट्रेनिङ हल, बैंक, अस्पताल, रेस्टुरेन्ट, पुस्तकालय समेत बनाइनेछ ।

    टावरका सबै तला चौबिसै घन्टा खुला रहनेछ । जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीले तीस वर्षसम्म उक्त टावर सञ्चालन गर्नेछ । सम्झौताअनुसार कम्पनीले तीस वर्षपछि महानगरलाई टावर हस्तान्तरण गर्नेछ ।

    टावर निर्माण गर्न करिब साढे ७ अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ । कम्पनीले महानगरलाई जमिनको पहिलो वर्ष ७० लाख रुपैयाँ भाडा तिर्नेछ । त्यसपछि प्रत्येक वर्ष दस प्रतिशतका दरले बढ्ने सम्झौता छ ।

    टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षैपिच्छे ३ प्रतिशतले बढ्नेछ । कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए । उनले ३ वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal