News Portal

  • कुवेतबासी नेपालीहरुले यसरी मनाए संविधान दिवस (फोटो फिचर)

    हिमाली संचार डटकम
    १०१० पटक

    कुवेत, २१ सेप्टेम्बर। कुवेतमा रहेका नेपालीहरुले पनि नेपालको विद्यमान संविधान जारी भएको दिनको सम्झनामा शुक्रबार राष्ट्रिय दिवसका रुपमा मनाएका छन् । कुवेतको फर्ववानियास्थित क्राउनप्लाजा होटलमा एक विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

    प्रमुख अतिथि र कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले संयुक्तरुपमा दुबै देशको राष्ट्रिय झण्डा कुदिएको कलात्मक केक काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कुवेत सरकारका सहायक परराष्ट्रमन्त्री “एचई अली सुलैमान एल-सायिद” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कुवेत सरकारका उच्चपदस्त पदाधिकारीहरु, कुवेतस्थित विभिन्न मुलुकका राजदूतहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनका प्रमुख/प्रतिनिधिहरु, अन्तर्राष्टिय महिला समूहका सदस्यहरु, कुवेती उद्योगी ब्यवसायी, नेपाली श्रमिकहरु कार्यरत कम्पनीका संस्थापकहरु र नेपाली समुदायको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई स्वागत गर्दै आफ्नो सम्बोधनमा कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाल सधै स्वतन्त्र राष्ट्रको रुपमा रहेको र देशमा विद्यमान राजनीतिक स्थायित्व, सवल आर्थिक अवस्था र प्रचुर प्राकृतिक एवं मानवीय साधन, स्रोतको उपयोग गरी नेपाली नागरिकहरुको सुख र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा प्रतिवद्ध भइ सरकारले काम गरिरहेको बताए ।

    देशमा वैदेशिक लगानीको लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै उनले नेपालको जलविद्युत, खानी एवं खनिज, कृषि, सूचना तथा प्रविधि, पर्यटन, उद्योग तथा सेवाका क्षेत्रमा लगानी गरी आर्थिक लाभ लिन कुवेती तथा विदेशी उद्यमी, लगानीकर्ताहरुलाई आग्रह समते गरे ।

    कार्यक्रम स्थलमा नेपालको प्राकृतिक सौन्दर्य, कला, सस्कृति झल्कने तस्बीर तथा पर्यटन सम्बन्धी जानकारी मूलक प्रचार सामग्री राखी प्रचार-प्रसार गरिएको थियो ।

    साथै नेपालको पर्यटन सम्बन्धी डकुमेन्ट्री पनि देखाइएको थियो । सो अवसरमा नेपाली कलाकारहरुद्वारा नेपाली लोक नृत्य एवं सांगीतिक धुन प्रस्तुत गरिएको थियो ।

    तस्वीरहरु हेर्नुहोस:-

    प्रतिकृया दिनुहोस्

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal