News Portal

  • संविधानमा लेखिए पनि आमाको नामबाट नागरिकता पाउनै मुस्किल 

    हिमाली संचार संवाददाता
    ६०४ पटक

    ललितपुर : ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा बसे ।

    तर, महिला गर्भवती भएको ८ महिनापछि पुरुष छाडेर भागे । त्यतिबेला महिलाको परिवारले जातीय भेदभावका कारण पुरुषको खोजी गरेनन्, बरु छोरीलाई माइतीमै राखे ।

    हाल ती महिलाका छोरा २१ वर्ष पुगिसके । छोराले स्थानीय युवतीसँग प्रेम विवाह गरेर उनको पनि छोरा भएको २ वर्ष बितिसक्यो । तर, बुबाले नै नागरिकता पाएका छैनन् । ‘छोराले २०७० मा तत्कालीन ठेचो गाविसबाट बुबा बेपत्ता भएको उल्लेख गरेर मेरो नाम राखेर जन्मदर्ता गराए,’ बेपत्ता तामाङकी श्रीमतीले भनिन्, ‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर धाएको २ वर्ष बितिसक्यो ।’

    आमाको भने वंशजका आधारमा नागरिकता छ । तर, उनका नातिलाई भने विद्यालयमा भर्ना गर्न जन्मदर्ता नभएर समस्या परेको छ ।

    ठेचोकै एक महिलाको पनि गलैंचा कारखानामा भेट भएका तामाङ केटासँग प्रेम विवाह भयो । श्रीमान्/श्रीमती भागेर भक्तपुरमा केही वर्ष बसे । तामाङ दम्पतीबाट एक छोरा र एक छोरी जन्मिए । अहिले छोरा २५ वर्ष र २२ वर्षीय छोरी छन् ।

    छोरीको विवाह भइसकेको छ । छोरीले श्रीमानको नामबाट नागरिकता पाइन् । तर, उनका दाइले भने अहिलेसम्म पाएका छैनन् । उनी भन्छिन्, ‘संविधानमा आमाको नामबाट नागरिकता दिने व्यवस्था छ । तर, प्रमुख जिल्ला अधिकारी पत्र बुझ्नसमेत गाह्रो मान्छन् ।’ कार्यालयमा धाउँदाधाउँदै हैरान भइसकेको उनको भनाइ छ ।

    ‘छोराबुहारीले विवाह भएको ५ वर्ष बितिसक्दा पनि नागरिकता नभएका कारण बच्चा जन्माएका छैनन्,’ उनकी आमाले सुनाइन् । छोराको जन्मदर्तासमेत गर्न लिन सकेका छैनन् । भक्तपुरमा छोराको जन्म भएको थियो । ललितपुरको साविक ठेचो गाविसबाट बसाइसराइको प्रमाणपत्र लिइसकेको छ । तैपनि नागरिकता पाइएको छैन ।

    हाल उनीहरू भक्तपुरमा बस्छन् । श्रीमानको मृत्युको ८ वर्ष बितिसक्यो, मृत्य प्रमाणपत्र पनि पाइएको छैन । ‘सनाखतका लागि पत्रिकामा सुचना पनि निकालेका थिए । तर, सम्पर्कमा कोही आएनन्,’ उनले भने ।

    ठेचोकी अर्की एक महिलाको समस्या पनि उस्तै छ । तामाङसँग प्रेमविवाह गरेर भागेपछि माइती पक्षले फर्काएर ल्याए । गर्भवती महिलाले सन्तान माइतीमै जन्माए । अहिले २५ वर्षीय छोरी छ । शिक्षण पेसा गर्छिन् । नागरिकता नभएर स्नाकोतर तह पढ्नबाट वञ्चित छन् । आमाको मृत्यु भइसकेको छ ।

    आमाको नागरिकता फेला परेको छैन । दुवैको बालविवाह भएको थियो,’ उनले सुनाइन् । संविधानको भाग २ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नागरिकता प्रदान गरिने व्यवस्था छ ।

    आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले भदौ २२ मा नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका थिए । सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लिन बाबुलाई अनिवार्य गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी भन्छन्, ‘ऐन संशोधन नभएर सर्वसाधारणले सास्ती भोग्नुपरेका छन् । संविधानमा भएर के गर्नु कार्यान्व्यन गर्न कानुन चाहिन्छ ।’ कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal