News Portal

  • मैदाको रोटी र पास्ताले हुन सक्छ मानसिक समस्या

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    मैदाको रोटी र पास्ताजस्ता खानेकुरामा पाइने ग्लुटेन -खानेकुरामा पाइने प्रोटिनको समूह) ले मानिसहरुमा मानसिक समस्या पनि निम्त्याउने पत्ता लागेको छ ।

    वैज्ञानिकहरुका अनुसार केही मानिसहरुमा मैदाको रोटी र पास्ता खाएपछि त्यसमा रहेको ग्लुटेन नामको तत्वले मानसिक स्वास्थ्यमा विभिन्न समस्या ल्याउँछ ।

    सेलिएक समस्या (सजिलै खानेकुरा नपच्ने) का कारण मानिसहरु साँच्चै नै प्रोटिनयुक्त खानेकुरा धेरै रुचाउँदैनन् । करिब १ प्रतिशत मानिसमा यो समस्या हुन्छ । तर, यो भन्दा धेरै करिब १२ प्रतिशत मानिसहरुलाई भने ग्लुटेनले समस्या पार्छ जसले पेट फुल्ने र वान्ता हुने गर्छ ।

    नन सेलिएक ग्लुटेन संवेदनशीलता साँच्चै हुन्छ वा मष्तिस्कमा मात्रै हुन्छ भनेर निर्धारण गर्न शोधकर्ताहरुले ब्लाइन्ड फुड टेस्ट गरे र ती मानिसहरुको लक्षणहरुको परीक्षण गरे । यो प्रक्रियाबाट उनीहरुले केही मानिसहरुलाई उच्च ग्लुटेनको सेवन पछि वास्तविक रुपमा मानसिक स्वास्थ्य समस्याहरु देखिएको पाए । उक्त अध्ययन मेलबर्न अष्ट्रेलियाका ला ट्रोब विश्वविद्यालयका शोधकर्ताहरुले गरेका थिए ।

    धेरै सातासम्म १४ जना सहभागीहरुलाई ग्लुटेन भएको र नभएको दुवैथरी दही र मफिन दिइएको थियो । तर, सहभागीहरुलाई कुनमा ग्लुटेन छ र कुनमा छैन भन्ने थाहा दिइएको थिएन । दुवै खालको खानेकुरा खाएपछि सहभागीहरुले भने उनीहरुलाई समान स्तरको पेट फुल्ने र बाउँडिने समस्या भएको बताए र त्यसले त्यो ग्लुटेन सेन्सिटिभिटी भन्दा अन्य चीजको कारणले भएको थाहा भयो ।

    न्यू साइन्टिस्टका अनुसार विज्ञहरुले पेट फुल्ने र बाँउडिने कारण फ्लुक्टान भनिने कार्वोहाइड्रेटको कारणले वा ग्लुटेनकोे डरको कारणले भएको हुनसक्ने बताएका छन्। तर, उनीहरुले अध्ययनबाट जब मानिसहरुले ग्लुटेन खान्छन् त्यसपछि उनीहरु थकित जस्तो देखिने र उनीहरुमा सकारात्मक भावनाहरुको अनुभव कम हुने पत्ता लगाए । यसले ग्लुटेनले साँच्चै मानिसको मष्तिस्कमा असर गर्ने देखाउँछ ।

    शोधको नेतृत्व गरेकी डा. जेसिका बिसेइकिरेस्कीले भनिन्, ‘हामीले ग्लुटेन खानसाथै सबैलाई निश्चत रुपमा निराश बनाउँछ भनेका छैनौं । यसले थोरै संख्याका मानिसहरुलाई मात्रै असर गर्छ ।’ ‘तर, मानिसहरुलाई ग्लुटेन नभएको खानेकुरा खाएपछि राम्रो महसुस भयो भनेर चाहिँ भन्न सकिन्छ’ उनले भनिन् ।

    बिसेइकिरेस्कीका अनुसार मानिसहरुले ग्लुटेन खान छोडेपछि ताजा फलफूल र सागसब्जीहरु खान र स्वस्थ जीवनशैली अपनाउन चाहन्छन् । उनको अध्ययनले पत्ता लगाएको तथ्यहरु एक अर्को पुरानो अध्ययनसँग मिल्दोजुल्दो छ जसले प्रोटिन सेन्सेटिभ भन्दा धेरै ग्लुटेन सेन्सेटिभ मानिसहरुमा निराशाको लक्षणहरु धेरै देखापर्ने पत्ता लगाएको थियो ।

    सन् २०१५ मा इटालीमा गरिएको अध्ययनले ग्लुटेन संवेदनशील मानिसहरुमा ग्लुटेनको सेवनपछि निराशामा बढाउने र ब्रेन फगिनेस हुने तथ्य पत्ता लगाएको थियो ।

    अष्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयका शोधकर्ता माइकल पोट्टर भन्छन्, ‘यी अध्ययनहरुले साँच्चै नै यस्ता मानिसहरुलाई ग्लुटेनको कारणले मानसिक स्वास्थ्य समस्याहरु देखिने र उनीहरुलाई विभिन्न अध्यारो चुनौतीहरु आइपर्ने देखाउँछ ।’

    डाक्टर बिसेइकिरेस्कीको टिमले पत्ता लगाएका तथ्यहरु गत साता ग्यास्ट्रोएन्टेरोलोजिकल सोसाइटी अफ अष्ट्रेलियामा प्रस्तुत गरिएको थियो । डेलीमेलबाट

    प्रतिकृया दिनुहोस्

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal