News Portal

  • राजनितिक कारणले दैलेखको पर्यटन क्षेत्र ओझेलमा : अध्यक्ष रेग्मि

    हिमाली संचार संवाददाता
    ३७४ पटक

    प्रविन शाही

    दैलेख,दुल्लु – दैलेख ऐतिहासिक, धार्मिक पुरातात्त्विक र साँस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिए पनि कतिपय इतिहासहरूको अझै खोजी हुन सकेको देखिँदैन । स्वर्ग भन्दानि प्यारो ठान्दछन यहाका मानिहरु र बाहीरबाट आउने मानिहरुपनि निकै मुल्याङकन गर्ने गर्दछन यहाँको हावापानि ,रीतीरीवाज, परम्परा, चाडपर्वमा आफ्नो छुटटै मौलीक्ता बाधियकोले गर्वको महशुल भएजस्तो ।

    सँस्कृतीको क्षेत्रमा नेपालमै तेस्रो नम्बरमा दैलेख पर्दछ भनिन्छ  – यहाका विभीन्न क्षेत्रहरु जस्तै; नेपाली भाषाको शिलालेख दुल्लु नगरपालीका भित्र रहेको छ । द्धारी झरना , पञ्चदेवल, कोतगढी, श्रीस्थान, तीन्चुली झरना, धुलेश्वर मन्दीर,वेलाश्पुर मन्दीर, मदानताल, कोटिला मन्दिर, शिरिस्थान ज्वाला र पंचकोसी क्षेत्र, चार हजार २०० मिटर अग्लो महावु धाम, पाटन क्षेत्र,विन्द्रासैनि मन्दीर,चामुण्डाको जलगुफा, लगायतका दैलेख जिल्लभरी छरीयररहेका प्रयाप्त प्राकृतीक सम्पदा र दैलेखको पहीचान झल्काउने यस्ता सम्पदाहरु अझै सरक्षण हुन सकीरहेका छैनन ।

    जहा सँस्कृतीको उत्दगम स्थल कला सँस्कृती ,भाषाको थानको रुपमा दैलेखका साहीत्य विदहरुले भनीरहेका छन । तरपनी पर्यटनको अबस्था सुन्य देखीन्छ । यस्को मुल कारणनै कोटनेशनको कमी भएको छ । कर्णाली, छामघाट ,रामाघाटमार्, यापटीङ चल्न सक्ने सम्भावना छ । प्रत्यक्ष तया राजनीति करणले पर्यटन क्षेत्र निकै ओझलेमा परीरहेको नेपाल पर्यटन वोर्ड दैलेखमा अध्यक्ष गणेश रेग्मीले बताउनुभयो ।

    रेडीयो दुल्लुको कार्यक्रम समयपरीवेशमा प्रस्तोता निरक शाही सँगको  कुराकानिमा उहाले भन्नुभयो – दैलेखको पर्यटन राजनितीको दाहेरामान हुदा धरातलीए अबस्थामा छ । नेपाली भाषामा लेखिएको अभिलेख सबैभन्दा पुरानो शाके ९०३ अर्थात् विसं १०३८ हो जसलाई त्यस समयका ‘कर्णाली प्रदेशीय नागराजका उत्तराधिकारी दामुपाल’को कालखण्डको भाषालिपि भनिएको छ । नेपाली भाषाको उत्पत्ति जुम्लाको सिञ्जाबाट भएको मानिए पनि लिपिबद्ध गरिएको इतिहास भने दैलेखसँग जोडिएको मानिन्छ ।यस्तो लोपन्मुख कुराहरुको मनन गदै अहीले जिल्लाको दुल्लुनगपालीकाको ध्यान गईरहेकोछ ।

    दुल्लु नगरपालीकाले अहिले कार्य योजना ल्याएकोले अहीले दुल्लु नगरपालीकालाई ऐतीहासीक सास्कृतीक, धार्मिक, नगरपालीकाको रुपमा अहीले दुल्लु नगरपालीकालाई नामाकरण गरीएको छ । दुल्लु नगरपालीकासँगको सहकार्यमा अघाडी पर्यटन गतीवीधीहरु अघी बढाईरहेका छौँ । लोग बाजाहर जोगाउनलाई पनि अहीले दुल्लुको पौवामा सँग्रालयको स्थापना गरीयो ।

    सबै प्रकारका लोग परम्परामा आधारीत पुराना सँस्कृती जर्गनार्थ सामानहरुको सरक्षणको प्रयासमा लागेको छ । शिरिस्थान मन्दिर, नाभिस्थान मन्दिरलगायतका ऐतिहासिक महत्त्वका वस्तुहरूको मात्र संरक्षण गरी प्रचार प्रसार गर्न सके दैलेखमा हजारौँ पर्यटकहरू आउन सक्ने सम्भावना रहेको छ ।

    रेडीयो दुल्लु एम.एम.को प्रस्तुती कार्यक्रम समय परीवेशका प्रस्तोता निरक शाही सँगको कुराकानिमा यस्तो भन्नुहुन्छ  – पञ्चकोशि तीर्थस्थलको महत्वप्ुण ठाउ हो श्रीस्थान जहाँ विभीन्न जिल्लाहरुका तिर्थालुहरु विभीन्न चाडपर्वमा तीर्थयात्रा गर्न आउछन ः तर त्यहा बस्न सक्ने ठाउ छैन त्यहाँको लागी उपभोक्ता , समीतीत छ ।केही पहीले हामीले त्यहाँको विकाश र सँरक्षका लागी प्रतीबद्धता गरेका हौँ ःतर पुरै राजनितीकरणले व्यबस्थापन गर्न सकीरहेको छैन । राजनितीकरणले गर्दा धरातलमै सिमीत छ ।

    दुल्लुमा दुई शिलालेख भएका स्तम्भका बीचबाट मोटरबाटो बनाइएको छ । यो दृश्य देख्दा लाग्छ, यी शिलालेखले पनि कुन दिन कसको घरको भित्तो वा बारीको पर्खाल बनेर उभिनुपर्ने हो ! कुनै युगका साक्षी, ऐतिहासिक महत्वका सम्पदा यी शिलालेखका नजीकै फोहर थुपारिएको हुन्छ । शिलालेखको महत्व बुझेका मानिस यिनलाई हेर्न आउँदा गर्व गर्नुभन्दा दुःखी भएर फर्किने गरेका छन् । ढुङ्गाको आधा भाग फुटिसकेको छ । अहिले अहिले ढुङ्गालाई फलामे बारले घेरिएको छ तरपनि आकर्षक देखीएको छैन ।

    केही साहीत्यविदहरुले जिल्लाको भ्रमणकाक्रममा इतिहास खोतल्ने बेला दैलेखमा भाषालिपिको इतिहास रहेको जानकारी गराएपछि मात्र मानिसहरुमा यसको ज्ञान पलाएको हो ।

    दैलेखका हरेक स्थानबाट हरेक थरहरु उत्पति भएको मानिन्छ । कोइराल गाउँबाट कोइराला, रिजुबाट रिजाल, दहबाट दाहाल, लम्सुबाट लम्साल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, भुर्तीबाट भुर्तेललगायत थरको उत्पति भएको विभिन्न वंशावलीमा उल्लेख छ । अहीले आफआफनो परीवेशमा ज्ञतीद्ध भईरहेका छन ।

    दैलेख समृद्धिका मुख्य आधारः पेट्रोलको खानी,पर्यटनको भण्डार हो । तेल ,ग्यास, ताम्रा खानी पत्ता लायो भनेर विभीन्न कलाकर्मि र सामाजिक सँञ्जालमा देखाईए गाईय तर पनि राजनितीक दबाब परेको  खाोट देखीयो । उहाँले भन्नुभयो हरेक पर्यटन विकाश सम्बन्धि होस या जुनसुकै सास्कृतीक  कार्यक्रम भित्र ठुलो स्टडीयम बनाएर टीकटीङ सिस्टमको व्यबस्थापन गर्दा केहीन केही आम्दानीको स्रोत सिर्जना हुनेः थियो चाहे मन्दिरमा पुजा गर्न किन नजावस  । दैलेखमा एक हजार बढी मूर्तअमूर्त सम्पदा छन् ।

    सँस्कृती जगर्नाथ मौलीक नाच, झोडा, मागल,भैनी,ढालतबार,फटकोनाच, पञ्चैबाजा,मारुनि,देउडा,नाच जस्ता समेटार्थ सस्कृतीपेण कार्यक्रममा दर्शकको भुमीका पनि बदलीदो परीवेशले र अहीलेको हटीक कार्यक्रमहरुले स्थान दीएको छ । हरेक कुरामा कोटनेशन हुन पर्दछ । सकरात्मक सोच विचारको प्रवहा सबैमा बन्नु पर्दछ । सँङयीतामामा परीणत भएअनुसारनै प्रत्यक वडा वडाका प्रमुखले त्यहाका सबै पुरातात्त्विक कुराको लेखान्त विरवरण राख्नु पर्दछ । त्यसैले दैलेख पर्यटन क्षत्रको विकाश र परीर्वतन देख्न सकीन्छ ।

    तस्वीर : प्रविन शाही

    हामीसंग फेसबुकमा जोडिनुहोस।

     

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    प्रतिकृया दिनुहोस्

    खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका टुहुरा परिवारलाइ ५० हजार सहयोग

    दिलकुमार पाख्रीन/कुवेत : हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र...

    आठौं राष्ट्रिय खेलकूद फागुनमा गर्न माग : भौतिक पूर्वाधार निर्माणको काम तीव्र

    नीरज गौतम  नेपालगञ्ज । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले पूर्वघोषित मिति यही मङ्सिर २१ गते...

    दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

    हनोई, भियतनाम– दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३...

    बनमन्त्री विरुद्ध आफ्नै मतदाता उत्रिएपछि..

    जाजरकोट : ६ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसमक्ष अपेक्षा...

    नेपालका लागि चिनिया राजदूत यु होङगलाई सरकारले फिर्ता बोलायो

    काठमाडौ : नेपालस्थित चिनिया राजदूत यु होङगको कार्यकाल पुरा नहुदै चिन सरकारले फिर्ता बोलाएको छ...