News Portal

  • मुकेश मल्ललार्इ ललितकला पुरस्कार प्रदान गरिदै

    हिमाली संचार संवाददाता
    ५२७ पटक

    काठमाडौं – ललितकला पुरस्कार कलाकार मुकेश मल्ललाई प्रदान गरिने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालद्वारा स्थापित र पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित पुरस्कार कलाकार मल्ललाई प्रदान गर्ने निर्णय भएको हो ।

    २०१० सालमा धनकुटामा जन्मेका मल्लले काठमाडौंलाई कर्मथलो बनाउँदै देश तथा विदेशमा कलाकारिता र कला समीक्षाको सुगन्ध पुर्‍याएका छन् ।

    मल्ललाई भदौ २२ गते शुक्रबार १० हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिने परिवारका अध्यक्ष दीपक समीपले जानकारी दिए । आफूले पाएको पुरस्कारमा रकम थपेर वरिष्ठ कलाकार दुर्गा बरालले अक्षयकोष स्थापना गरेका हुन् ।

    कवि तीर्थ श्रेष्ठको संयोजकत्वमा पुरस्कारका संस्थापक दुर्गा बराल, कलाकार वुद्धि गुरुङ सदस्य र परिवारका अध्यक्ष समीप, सचिव अर्जुन अधिकारी पदेन सदस्य रहेको रहेको छनोट समितिले यसपटकको ललितकला पुरस्कार मल्ललाई दिने निर्णय गरेको हो ।

    ‘मल्लले नेपाली कलाकारिताको जगतमा अत्यन्त ठूलो योगदान पुर्‍याएका छन् । देशदेखि विदेशसम्म उनको कला र कलासँगै कलाको समीक्षात्मक धारणा पनि पुगेको,’ छनोट समिति संयोजक कवि तीर्थले भने, ‘मल्ल कलाकारितासँगै साहित्यसँग पनि अत्यन्त नजिक छन् ।’

    मल्लले धरान, धनकुटा, पोखरा, काठमाडांै गरेर १४ पटक एकल कला प्रदर्शनी गरिसकेका छन् । संस्कृति, प्राचीन, मध्यकालिन कला, वस्तुकला, धर्म, लिपी जलरंग चित्रकलामा एमए गरेका मल्ल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा पनि आवद्ध भएर काम गरेका छन् । स्कुले बेलादेखि नै कला क्षेत्रमा होमिएका मल्ल चित्रकला, कला प्रर्दशनी, हस्त लिखित पत्रिका नाटक, नाँच लगायतमा संलग्न रहेर काम गरिरहेका छन् ।

    धनकुटादेखि २०४० सालमा एकल कला प्रदर्शनी गर्न काठमाडांै पुगेका मल्ल त्यसपछि उतै बसोबास गरेका थिए । कला क्षेत्रको विभिन्न संघसंस्थामा रहेका काम गरेका मल्ल स्तम्भककार पनि हुन् ।

    उनले कलासँग सम्बन्धित झन्डै दर्जन पुस्तक प्रकाशित गरेका छन् । मल्ललाई तीन दशक कला सिर्जनामा लागेबापत नेपाल सरकारले २०६१ सालमा सम्मान गरेको थियो । यो सँगै उनले दर्जनौं क्षेत्रीय तथा राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

    यसअघि यो पुरस्कारबाट कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्ऽ भूर्तेल, सरोजा खड्गी र लोकप्रसाद गुरुङ र कलाकार राजन काˆले पुरस्कृत भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal