News Portal

  • एप्पलले किन हटायो फेसबुकको सेक्योरिटी एप ?

    हिमाली संचार संवाददाता
    ७२ पटक

    एजेन्सी – आफ्नो एपस्टोरबाट फेसबुकको ओनाभो सेक्योरिटी एपलाई हटाइदिएको फेसबुकले एप्पलले पुष्टि गरेको छ ।

    एप्पलका अनुसार उक्त सेक्योरिटी एपले एप्पलद्वारा तय गरिएको गोपनियता सम्बन्धी निर्देशिकाको पालना नगरेको एप्पलको भनाइ छ ।

    इजरायली एप ओनाभोलाई फेसबुकले सन् २०१३ मा खरीद गरेको थियो । फेसबुकले ओनाभोलाई भर्चुअल प्राइभेट नेटवर्कमार्फत इन्टरनेट ब्राउज गर्न सकिने सेक्योरिटी एपको रुपमा स्थापित गराएको थियो । यद्यपि, ओनाभो एप आफ्नो स्वामित्वमा रहेको तथ्यलाई फेसबुकले अहिलेसम्म प्रष्ट रुपमा घोषणा भने गरेको छैन ।

    स्मरणरहोस् ओनाभो एपले प्रयोगकर्ताका जानकारीहरु अनधिकृत रुपमा संकलन गर्ने गरेको भन्दै अमेरिकाको संसदमा समेत यसमाथि प्रश्न उठेको थियो । कंग्रेसले उठाएको प्रश्नको जवाफमा फेसबुकले प्रयोगकर्ताको जानकारीहरु एपमार्फत अनधिकृत रुपमा संकलन गरेको कुरा अस्विकार गर्दै ओनाभो एपलाई आफुले अन्य चर्चित एपहरुका बारेमा जानकारी लिनका लागि प्रयोग गरेको जनाएको थियो । अन्य एपको बारेमा अनधिकृत रुपमा जानकारी लिने फेसबुकको यहीँ स्विकारोक्तिका कारण एप्पलले ओनाभोलाई एपस्टोरबाट हटाइदिएको बताइएको छ ।

    एप्पलले भनेको छः हामीले हालै अद्यावधिक गरेको हाम्रो निर्देशिकाले प्रष्ट पारेको छ कि कुनैपनि एपले प्रयोगकर्ताका डिभाइसमा रहेका अन्य एपहरुका बारेमा जानकारी संकलन गर्न पाउँदैनन् भने प्रयोगकर्ताको डाटा कुन र के का लागि प्रयोग गरिन्छ भन्ने कुराको जानकारी गराउनुपर्दछ ।’

    एप्पललको पछिल्लो कदमका बारेमा प्रतिक्रिया दिँदै फेसबुकले एप्पलको प्लाटफर्मको एक डेभलपरका हिसाबले आफुले एप्पलद्वारा तय गरिएका नियमहरुको पालना गर्ने जनाएको छ ।

    समाचार अनुसार एप्पलले उक्त एपद्वारा एपस्टोरको नियम उल्लंघन भएको भन्दै यसअघि नै जानकारी गराउँदै उक्त एपलाई बन्द गर्न आग्रह गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    तपाईंको राशिफल :  २०७५ साल  आश्विन ७ गते आइतवार, तदअनुसार सेप्टेम्बर २३,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम,...

    सप्न उस्का अनि मेरा

    ✍️… तपिकुमार सिँह ठकुरी मेरा सप्नहरू… रूख,बिरुवा घाँसे काल्नारु अनि प्रचण्ड तापले तपिएका मैदाने चिराहरु...

    वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छ : कांग्रेस प्रवक्ता शर्मा

    नेपालगञ्ज – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतमलाई जहाँबाट...

    कुवेती नागरिकको छोराद्वारा नेपाली घरेलु कामदारको छुरी प्रहार गरी हत्या, परिवारलाई संपर्कमा आउन दुताबासको आग्रह

    हरि कृष्ण न्यौपाने कुवेत, २३ सेप्टेम्बर – कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी...

    नेपाली कांग्रेसमा पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?

    काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक...