News Portal

  • साढे ३३ किलो सुन तस्करी मुद्धा, उच्च अदालतद्धारा जिल्ला अदालतको फैसला सदर

    हिमाली संचार संवाददाता
    ४२८ पटक

    सरोज यादव, विराटनगर – साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मद्दाका तीन जना अभियुक्तलाई जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । पुर्पक्षको लागि थुनामा रहेका पुन्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङे र राजन कुमारलाई उच्च अदालत विराटनगरले विहीबार जिल्लाको आदेशलाई सदर गरेको हो । सुन तस्करी प्रकरण मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि मुलुकी ऐनको अदालती बन्दोवस्तीको १७ नम्बर गरेका थिए ।

    जसमा बुधबार उच्च अदालतमा दुई वटा इजलासमा छुटाछुटै बहस भएको थियो । उच्च अदालतका मुख्य न्यायाधिस डा. कुलरत्न भुर्तेल र न्यायाधिस उमेशकुमार सिंहको संयुक्त १ नम्बर इजलासले लामा र तोलाङेलाई जिल्लाको आदेश सदर गरेको हो । त्यस्तै न्यायाधिसद्धय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त २ नम्बर इजालसले राजन कुमारको हकमा पनि जिल्लाको आदेश सदर गर्ने आदेश गरेको छ । १ नम्बर इजालमा भएको बहसमा वादीकोतर्फबाट सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला न्याधिवक्ता पुण्यप्रसाद पाठक, जिल्ला सहन्याधिवक्ता पदमप्रसाद वस्तरीले बहस गरेका थिए ।

    प्रतिवादीको तर्फबाट अधिवक्ता रमिता महर्जन, हरिनारयण चौधरी र उद्धबप्रसाद घिमिरले गरेका थिए । त्यस्तै २ नम्बर इजालसमा भएको बहसमा बादीकोतर्फबाट जिल्ला सहन्याधिवक्ता पदम वस्तीले गरेका थिए भने प्रतिवादीकोतर्फबाट विकास थापा र यामबहादुर मगरले गरेका थिए । अभियुक्त भएको भन्दै जिल्ला अदालतको आदेशमा पुर्पक्षका क्रममा जिल्ला अदालतको आदेशमा कारागार चलान भएका प्रहरी अधिकारीहरु दिवेश लोहनी, विकासराज खनाल, सञ्जयबहादुर राउत, गोविन्द्र प्रसाद निरौला र हेमन्त गौतमको एकै थान रहेको मुद्दालाई फुटाएर पेश गर्न आदेश उच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको संयुक्त इजलासले बिहीबार पाँचै जना आरोपीको एकै थान रहेको मुद्दालाई बेग्ला बेग्लै बनाएर पेश गर्न आदेश दिएकोे हो। यी पाँचै जनाले असार ७ मा उच्च अदालतमा निवेदन दिएकाले एकै थान बनाएर मुद्दा पेश भएको थियो । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी उच्च अदालतमा ३० आरोपीको पेशी चढेको थियो। ती मध्ये बिहीबार ८ जनाको मात्र सुनवाई भएको हो । नेस

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal