News Portal

  • साउदी जेलमा रहेका रोल्पाका दिलबहादुरलाई घर फर्काउने प्रक्रिया सुरु

    हिमाली संचार संवाददाता
    ७११ पटक

    दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि प्रक्रिया सुरू भएको छ ।दिलबहादुर बचाउन ब्लडमनी संकलन भएपछि रिहाइका लागि प्रक्रिया सुरू गरिएको हो ।

    ब्लडमनी संकलन अभियान-२०७५ ले उनको रिहाइका लागि अदालतले तोकेको ६७ लाख रूपैयाँ ब्लडमनी बुधबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको छ ।

    अभियानका संयोजक दिपेश पुन, सचिव जीवन रोकामगर, दिलबहादुरकी पत्नी मनिका बुढाले मन्त्रीमार्फत हस्तान्तरण गरेका ब्लडमनी साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत मृतक साउदी नागरिकका परिवारलाई हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया सुरु गरेको छ ।

    अभियानले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    ‘एक जना नेपालीको दुःखमा सारा नेपालीले सहयोग गर्नुभएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘म दिलबहादुरको जीवन रक्षाका लागि अभियान सञ्चालन गर्ने र आर्थिक सहयोग गर्ने सबै नेपालीलाई धन्यवाद दिन्छु ।’ उनले ब्लडमनी रकम साउदी अरब पुर्‍याएर दिलबहादुरलाई जति सक्यो चाँडो नेपाल ल्याउने बताए ।

    सहयोग संकलन अभियान अन्त्य भएको घोषणा

    यसैबीच दिलबहादुर बचाउन ब्लडमनी संलन अभियान मूल समितिले दिलबहादुरका लागि चालिएको सहयोग अभियान अन्त्य गरिएको घोषणा गरेको छ ।

    बुधबार प्रेस वक्तव्य जारी गरेर सहयोगी सबैलाई धन्यवाद दिंदै अभियान अन्त्य गरिएको घोषणा गरेको हो । अभियानको क्रममा एक करोड चार लाख २६ हजार २२३ रुपैयाँ संकलन भएको अभियानले जानकारी गराएको छ ।

    विदेश तथा स्वदेशका विभिन्न संघसंस्थाहरुबाट ५५ लाख ६० हजार २४१, विभिन्न व्यक्तिगत अभियान्ताहरुबाट ३३ लाख ७६ हजार ५९५, व्यक्तिगत सहयोगबाट नौ लाख २२ र गत वर्षको संकलित रकम पाँच लाख ८९ हजार ३६५ रकम संकलित भएको अभियानले सार्वजनिक गरेको छ ।

    ‘सहयोग अभियानको क्रममा विभिन्न देशमा सहयोग अभियान चलाउनुहुने महानुभावहरु, स्वदेशमा अभियान चलाउनुहुने महानुभावहरु र आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ, ‘विशेष गरी वैदेशिक रोजगारीको क्रममा आफ्नो गास कटाएर सहयोग गर्नुहुने आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरुलाई धन्यवाद दिन चाहन्छौँ । यहाँहरुकै साथ र सहयोगले रोजगारीको क्रममा यहाँहरुसँग विदेशमा रहनुभएका दिलबहादुर घर्तीको जीवन रक्षा निश्चित भएको छ ।’

    अभियानले संकलित मध्य बचेको रकम विशेष कोष बनाएर राख्ने घोषणा गरेको छ । अभियानले ब्लडमनी अभावमा विदेशका विभिन्न जेलमा रहेको नेपालीहरुको जीवन रक्षाका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal