News Portal

  • नेपालभारत सीमाका करिब ५ सय सीमास्तम्भ गायब

    ५११ पटक

    सुरेन्द्र काफ्ले
    काठमाडौं : नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो ।

    नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ । अद्यावधिक हुन भने बाँकी छ । ‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन्, जमिनका थोरै मात्र हराएका छन् । बाढी आउँदा धेरै स्तम्भ बगाएको हुनसक्छ ।’

    उनका अनुसार कुनै ठाउँमा नियतवश बेपत्ता पारिएको पाइएको छ । कतिपय भत्किएर र बिग्रिएर पनि हराएका छन् । मेची, नारायणी र महाकालीलगायत ५७ नदीले नेपाल–भारतबीच सीमाको काम गरेका छन् । नेपाल–भारत सिमानाको १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा ६ सय ४० किलोमिटर क्षेत्रमा नदीनाला पर्छन् । सापकोटाका अनुसार सन् २०१४ यता सीमासम्बन्धी प्राविधिक काम गर्न गठित नेपाल–भारत संयुक्त ‘बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)’ गठनपछि दशगजामा रहेका ८ हजार ५ सय ५३ सीमास्तम्भको निरीक्षण गर्दा ८ हजार ५४ वटा राम्रो अवस्थामा पाइएको छ । १ हजार ३४ नयाँ स्तम्भ निर्माण गरिएका छन् । तीन वर्षका लागि गठन भएको बीडब्लूजीको समय ५ वर्ष थपिएको छ ।

    महाशाखाका अनुसार २०७१÷७२ देखि २०७४÷७५ को अवधिमा गरिएको सर्भेमा १ सय १६ सीमास्तम्भ मात्र दुरुस्त अवस्थामा भेटिएका छन् । १ हजार ५ सय ४३ वटाको मर्मतसम्भार गरिएको छ । एउटा मुख्य स्तम्भबाट अर्को स्तम्भको दुरी २ किलोमिटर छ भने सहायक स्तम्भ आवश्यकताका आधारमा राखिने गरिएको छ ।

    सीमाविद् बुद्धिनारायण श्रेष्ठ भने करिब ४ सय सीमास्तम्भ हराएको बताउँछन् । उनका अनुसार १ सय ७० भन्दा बढी स्तम्भ खोलाले बगाएका र २ सयभन्दा बढी हराएका छन् । नेपाल–भारत सीमा क्षेत्रका ८ हजार ५ सय ५३ सीमास्तम्भमध्ये ४ हजार ४ सय २० पछिल्लो समय बनाइएका छन् ।

    २०४५ को नेपाल–भारत सम्झौता र २०२१ सालको नापीबाट करिब १२ सय हेक्टर नेपाली भूभाग भारततर्फ पुगेको अनुमान छ । त्यति नै मात्रामा भारतीय भूभाग नेपालतर्फ आएको उताको दाबी छ । २०४५ सालमा सन् १८१६ मा भएको सुगौली सन्धि पछिको सबैभन्दा पुरानो उपलब्ध नक्साका आधारमा सीमा कायम गर्ने सम्झौता भएको थियो । विसं २०२१÷२२ मा सुरु भएको जग्गा नापी कार्यक्रमअन्तर्गत सीमा क्षेत्रमा नापी हुँदाका बखत रहेको हकभोगका आधारमा जग्गाधनीलाई पुर्जा दिइएको छ ।

    २०४५ को नेपाल–भारत सहमतिभन्दा पहिल्यै हकभोगका आधारमा २०२१ सालदेखि २०३० सालसम्म भएको नापीमा धेरैले लालपुर्जा पाइसकेका छन् । सुगौली सन्धिदेखि २०२१ सम्मको अवधिमा नदीनालाले धार परिवर्तन गरेका कारण नेपालीले लालपुर्जा पाएको जग्गा भारत र भारतीयको जग्गा नेपालमा परेको हो । प्रमुख सीमा अधिकृत सापकोटाले सीमास्तम्भ पनि सोही कारण यताउता हुनसक्ने बताउँछन् । उनले उक्त स्थानमा रहेका सीमास्तम्भलाई रेफरेन्स पिलरमा राखेर अर्को पिलर निर्माण गर्ने बताए ।

    सीमाविद्  श्रेष्ठ नदीको साबिक बहाव र हालको बहावका कारण कतिपय स्थानमा सीमा समस्या भएको बताउँछन् । ‘त्यस्तो जमिन कति यताउता भएको छ, तथ्यांक संकलन गरी दुवै देशलाई मान्य हुने नीति निर्धारण गरे समस्या समाधान गर्न कठिन हुँदैन’, उनी भन्छन् । उनका अनुसार सिर्सिया, गन्धेली, सुतैया, भादालगायत नदीनालाले धार परिवर्तन गरेर ठूलो समस्या उत्पन्न भएको छ ।

    उनले पुराना नक्सा, दस्तावेज र सीमास्तम्भको तथ्यांकका आधारमा सीमांकन हुने सम्झौता भएको जानकारी समेत दिए । त्यसअघि सन् १९८१ मा बनेको नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेटीसी) ले वैज्ञानिक प्रविधिबाट १ सय ८२ स्थानमा स्ट्रिप नक्सा तयार पारी सीमारेखा यकिन गर्न सुरुवात गरेको हो । समितिले नेपाल–भारतका सीमा नाकामा स्ट्रिप नक्साका आधारमा दुवै देशले तयार पारेका डिजिटल प्रविधिका नक्सा दुवैले बराबर संख्यामा आदानप्रदान र रुजु गरी दुवै पक्षका प्राविधिक तहले अन्तिम रूप दिई हस्ताक्षर गरिएको थियो ।

    त्यसै समयमा पूर्वदेखि पश्चिमसम्म सिलसिलेवार नम्बर कायम गरी सीमास्तम्भ निर्माण गरिएको थियो । जेटीसीले सन् २००७ सम्ममा ६ हजार सीमास्तम्भको निर्माण, मर्मतसम्भार गरेको थियो भने २ हजार ५ सय सीमास्तम्भ बाँकी थिए । तीमध्ये १ हजार ४ सीमास्तम्भ नदीनालाका पानीमा रहेका ६ सय स्तम्भ फेला परेका थिएनन् । पछिल्लो समय गरिएका सर्भेमा करिब १ सय जति फेला परेका छन् ।

    नेपाल–भारत संयुक्त प्राविधिक समिति (जीटीसी) को म्यान्डेटका आधारमा सन् १९९२ मा सीमांकन सुरु भएको हो । २०६४ असोज १८ गतेदेखि नै नापी विभागले नेपाल–भारत सीमासम्बन्धी दुईदेशीय स्थायी संयन्त्र बनाउन कूटनीतिक पहल सुरु गरेपछि तीन वटा संयन्त्र बने । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार सीमा निर्धारणका लागि नेपाल–भारत सीमा संयुक्त बाउन्ड्री वर्किङ कमिटी (बीडब्लूजी) सर्भे अफिसियल्स कमिटी (एसओसी) र फिल्ड सर्भे टिम (एफएसटी) गरी तीन संयन्त्र बनेका थिए ।

    संयन्त्र बनेपछि कार्यक्षेत्र तय गरी चारवटा टोली बनाएर सीमामा स्तम्भ निरीक्षण, सर्भे र मर्मतसम्भार तथा स्तम्भ निर्माण गर्न सुरु भएको सूचना अधिकारी ढकालले जानकारी दिए । पहिलो टोलीले ताप्लेजुङदेखि सुनसरीसम्म, दोस्रो टोलीले सप्तरीदेखि चितवनसम्म, तेस्रो टोलीले नवलपरासीदेखि बर्दियासम्म र चौथो टोलीले कैलालीदेखि दार्चुलासम्मको काम गरिरहेका छन् ।

    किन हुन्छन् सीमास्तम्भ गायब

    सीमाविद्       श्रेष्ठ सीमास्तम्भ हराउने मुख्य दुई कारण रहेको बताउँछन् । उनका अनुसार सीमास्तम्भ जानी नजानी सीमा क्षेत्रका बासिन्दाले भत्काउने र ढाल्ने गरेका छन् भने नदीनालाले धार परिवर्तन गरेर, बाढीले बगाएर पनि स्तम्भ लोप भएका छन् । आफ्नो जग्गाको क्षेत्रफल बढाउन सीमावर्ती क्षेत्रका जनताले स्तम्भ उखेल्ने समेत गरेका छन् । २÷४ कट्ठा वा बिघा जग्गा अतिक्रमण गर्न सीमास्तम्भ जगैबाट भत्काएर फाल्ने गरेका छन् । यसलाई क्रस होडिङ अकुपेसन (सीमा वार जोत जग्गा दखल) भनिन्छ ।

    नेपालमा ६ हजार बढी नदीनाला, खोल्सा, खहरे छन् । जसमा ६० नदी बनेर भारततर्फ बग्छन्, जसमध्ये २० वटाले नेपाल–भारत सीमानाको काम गर्छन् । उदाहरणका लागि कैलालीको मोहना नदीले धेरै स्तम्भ बगाएको छ । उनले कतिपय स्थानमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले समेत नियतवश नै स्तम्भ सारेको पाइएको दाबी गरे । अन्नपूर्णपोस्ट

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal