News Portal

  • अझै त तरुनी नै छे..

    दीप्स शाह[email protected]
    १३४ पटक
    [email protected]

    हामीलाई समाज नभई हुदैन तर समाज नै हाम्रो लागि सबैभन्दा ठुलो तगारो पनि बन्छ धेरै सम्योगहरुमा, यै सोच्दै गर्दा म सम्झनाको त्यो भन्ज्याङमा पुग्छु जहा जतिबेला मैले भर्खर SLC सकेर १०+२ पढ्दै थिएँ, उसबेला ५ रुपियाको भाडा लाग्ने र लगभग मेरो हिंडाइमा अढाई घण्टाको दुरीमा कलेज थियो। जतिबेलासम्म त्यस एरियामा भाडाको लोकल रुटको गाडी लाग्ने चलन थिएन उसो र बाटोमा उभिएर ट्रक बस कार डोजर जेजे आउछ त्यसैलाई हात उठाएर रोकेर गन्तब्य पुग्नुपर्ने अवस्था र चलन थियो। जब त्यतिबेला म भन्दा पहिले देखि गाउँका छोराहरु त्यसैगरी कलेज जान्थे तर त्यसमा कसैलाई आपति थिएन मतलब समाज भन्ने भलाद्मी चुपचाप थियो तर जब म त्यै रित गरि कलेज जान थालें अनि समाजे भलाद्मीको आखा कान ठाडा भए।

    बिहानको कलेज हुँदा झिसमिसेमै उठेर तयार भएर बाटोमा उभिसक्नुपर्थ्यो र यसैगरी कलेज आवतजावत गर्नुपर्थ्यो। बिस्तारै समाजे भलाद्मीहरुको बहसको बिषय बन्न थालें म, कतिबेला उठ्छे, कस्तो रंगको ट्रक या बसमा चढेर जान्छे, सधै एकै बसमा जान्छे कि अलगअलगमा, कतिबेला फर्कंछे आदि आदि कुराहरुको मेरो बारेमा जानकारी र हिसाब किताब मैले भन्दा मेरो परिवारले भन्दा धेरै समाजले राख्थ्यो । जबकी हतारोमा कतिबेला कस्तो रंगको साधनमा चढेर कलेज पुगें भन्नेमै आफैलाई हेक्का हुदैनथ्यो धेरैजसो, “अब दिनै बिहानबिहान गाडी चढेर क्याम्पस जान थालि फलानाकी छोरी कुन दिन कुन ड्राइभरले उडाउने हो” भनेर मलाई भन्दा मेरो परिवारलाई ज्यादती स्वरुप मानसिक यातना दिन तल्लिन थियो मेरो समाज। सुरुसुरुमा झोक चलेर कलेज नै नजाउँकि जस्तो पनि लाग्थ्यो तर त्यती हरुवा मान्छेको नाम “दीप्स” हुनै सक्दैनथ्यो ।

    यिनै तगारो नाघ्दै कलेज सुचारु गर्दा आर्थिकले पनि पेल्न थाल्यो र बाध्य भएर गाउँकै प्राथमिक स्कुलमा (जहा मैले स्कुले शिक्षा सुरु गरेर ५ कक्षासम्म पढेको थिएँ) पढाउन थालें। बिहानको कलेज दिउसोको स्कुल गर्दा समय सारो खँदिलो बनेको थियो उसबेला, तर मैले पढाउने स्कुल त्यो स्कुल थियो जुन स्कुलमा म बाहेक रहेका अन्य स्टाफहरु भनेको सबै लगभग मेरो बाबाको उमेरका हुनुहुन्थ्यो र ति सबै नै मेरो प्रारम्भिक शिक्षाको गुरुहरू समेत हुनुहुन्थ्यो। स्कुल घर देखि माथि गाउमा थियो। स्वाभावैले एउटै स्कुल, एउटै काम हुदा गुरुहरुसंगै आवतजावत गरिन्थ्यो नै ।

    समाजरुपी भलाद्मीले मेरो बारेमा त्यतिन्जेल जानकारीको हागा बिगा बढाएर के पनि सुरु गर्यो भने अब स्कुल पढाउन जादा कुन सर संग बढी बोल्दै हिंडछे, हाँस्दै जान्छे, कतिखेर जाने आउने गर्छे, बाट अगाडी बढेर “फलानाकी छोरी दिनदिनै स्कुलका मास्टरहरुसंग गफीदै मस्किदै गाउँबेसी गर्छे, कुन दिन कुन मास्टरको भुँडी बोक्छे (माफ गर्नुहोला पाठकबृन्द! यो असहज शब्द हो र पनि मैले बाध्य भएर जस्ताको तस्तै राखेको छु ) सम्म भनेर अड्कल बाजी गर्न थाले । जबकी ति गुरुहरू भनेको मेरा बाबा समान हुनुहुन्थ्यो जो मेरो लागि अपार श्रदापात्र हुनुहुन्थ्थ्यो। नगरेको गल्तीमा यस्ता वाहियात कुरा सुन्नुपर्दा मन त दुख्छ नै तर जिन्दगीमा अगाडी जानुछ भने दुखेरै चहर्याएरै मर्मान्त भएरै हिंड्नुपर्ने ज्ञान मैले मेरा पुज्यनीय बाबाबाटै पाएको थिएँ। त्यसपछिका समयहरुमा पनि जति म हुर्किदै गएँ, बढ्दै गएँ त्यति नै मेरा हरेक क्रियाकलापमा सुक्ष्म निगरानी राख्दै रह्यो मेरो समाजे भलाद्मीले।

    समय बित्दै गयो । त्यसप्छी केहि बर्ष जिन्दगीको जोहो गर्न आफन्तदेखि टाढा, देशदेखि टाढा रहें कुन परिवारलाइ आफ्नो मान्छे संग टाढा रहन रहर होला! कुन श्रीमानलाइ आफ्नी प्राणप्रिय पत्नीलाई देशबाहिर पठाउन रहर होला! कुन मानवमुटु आफ्नाहरुसंग बिछोडीएर पलपल तडपिन चाहला!! तमाम बाध्यता र अभावको भयानक त्रासले लेखेटिएर मुटुमाथि ढुंगा राख्दै जब मेरो परिवार राजि भयो मलाई चारो खोज्नका खातिर विदेश पठाउन तर समाजलाई मन्जुर थिएन। समाजे भलाद्मीले त्यसबखत पनि निकै भाँजो हाल्न खोज्यो ।

    “बिदेशमा गतिलो रहन पाइन्न, कतिओटाको बिस्तारा तताउन पर्छ, छोरी बुहारी बिगार्न मात्रै विदेश पठाउने हो” आदि आदि । जस्तो कि मेरो समाज नै संसारको सबैभन्दा अग्रमुखी समाज हो र उसलाई मात्र यावत कुरा थाहा छ जो अरु कसैले जान्दैजान्दैन। यस्ता तगारोमा मेरा परिवार पनि नतर्सिएका होइनन। दोधारमा नपरेका होइनन तर बाध्यता भन्दा अर्को भयानक आंधी हुनै सक्दैन रहेछ। अत: समाजको सुझाब एकातिर पन्छाएर मेरो परिवार अडिग रह्यो मलाई प्लेन चढाउन । त्यसपछी समाजको अर्को सुझाब आयो “अझै त तरुनी नै छे, विदेश पुगेर सुखसुबिधा देखेपछी सबथोक भुल्छे, उतै कुनै खैरे टिपेर बस्छे, बालबच्चाको बिजोग पार्छे, यतिका ऋण गरेर पठाउदैछौ, ऋणमा डुबाएर बेपत्तिन्छे “हाम्ले भनेको मान्छौ भने स्वास्नीलाई विदेश नपठाउ” यी तमाम बकम्फुसका बाबजुद पनि मेरो परिवारले मलाई प्लेन चढायो बिदेश गएर दुइ पैसा कमाउनका खातिर। यसरि अडिग रहनुमा बाध्यता र अभाब त थियो नै त्यो भन्दा बेसी मेरो परिवारलाई म माथि भरोसा थियो ।

    समय क्रममा मैले मेरो पुरानो रुची र उत्कट चाहना ‘साहित्य सिर्जना’ (जो मैले बिबिध कारण र बाध्यता बस् निकै लामो समय थाँती राखेको थिएँ) लाइ अगाडी बढाउने अहम मौका पाएँ र जसोतसो केहि सिर्जनामा लागिपरें। यसो हुनुमा मेरा अनन्य अग्रज दाई दिदिहरु, समकालीन मित्रहरु, प्यारा भाइबहिनीहरु, बिबिध मिडियाहरु सबैसबैको अतुलनीय हात साथ र प्रेरणा रह्यो। यसकोलागी म सधै सबैसग आभारी रहिरहनेछु तर कुरा यतिमै सकिंदैन, साहित्य सिर्जनाको क्रममा पनि बिचार मिल्ने, भाबना मिल्ने , लेखको प्रकृति मिल्ने र सहृदयी मित्रहरुसंगको मेलजोललाइ लिएर बिचारमा बेमेल रहने केहि भद्रभलाद्मीहरु (जसलाई म फेरी पनि समाज कै संज्ञा दिन्छु ) फेरी पनि सक्रिय रहे कि फलानी त फलानोसंग लब गर्छे रे, खुब मेलजोल छ रे , कमेन्ट पनि पो उसैकामा बेसी गर्छे रे, एक मुख छन् रे आदि आदि विमर्शमा ब्यस्त छन्।

    उसो र भित्ताका पनि हावाका पनि कान हुन्छ भन्छन, मेरा पनि त निकै आत्मियज छन्, कुरो त आइपुगीहाल्छ कतै न कतै बाट। मलाई त्यतीबेला भने भद्रभलाद्मी समाजेहरु प्रति रिस उठेन बरु खित्का छोडीछोडी हास्न मन लाग्यो। र आफै प्रति पो रिस उठ्यो। किनकि उसबेलाका ति समाजे भलाद्मीहरु प्रति मैले देखाएको रुखोपना सम्झेर आज आफैसंग घोर रिस उठ्यो। आज आफुलाई शिक्षित भनाउनेहरु, बुद्दिजिवी भनाउनेहरु, देशपरदेश घुम्डुल गरेर दुइचार कुरा जानेकाहरु र अझै भनु दुइचार साहित्यिक सिर्जना पस्केर साहित्यकारको दर्जामा आफुलाई उभ्याउनेहरु त यति बिघ्न कसैका बद्ख्वाइं गर्न लागिपर्न सक्छन, जो शब्दमा बिचार ओकलेर युग बदल्ने दाबिगर्नेहरु त यसरि गिरेर आफ्नो हैसियत देखाउन सक्छन।

    अनमोल समयलाई सिर्जनशील काममा लगाउनुको साटो दोस्रोको चियोचर्चामा खर्चिन्छन भने, बिचरा उसबेलाका मेरा ग्रामिण समाजलाइ म के दोष दिउँ!! कि तिनले कुरा काटे भनेर! मुस्किलले दशकमा राजधानी, बत्ति झिलमिल दुनिया देख्ने ति बबुरा मेरा छिमेकी भन्दा कुन अर्थमा यी आजका शिक्षित भनाउदा भलाद्मीहरू फरक रहे?? म आफै संग ग्लानिबोध गर्दै माफ माग्छु आज ति मेरा सादा ग्रामिण समाजसंग जोसंग म कुनैबेला आगो हुन्थे मेरा कुरा काटे भनेर।

    मलाई असाध्यै मन पर्ने नारीवादी निर्भिक लेखिका तसरिमा नसरिनले आफ्नो किताब ‘आइमाइको हकमा’ लेखेको वाक्यांस याद आउंछ ‘एउटी नारीलाई गिराउन वा बदला लिन परेमा सजिलो हतियार हमेशा उपलब्ध छ समाजको हातमा र त्यो हतियार हो ‘उसको चरित्र’, फलानिको चरित्र ठिक छैन या कसैसंग लागेकी छे ‘ यति भन्दै डकार्नु नै उक्त शक्तिशाली हतियार चलाउनु हो ।

    आज यो लेख किनपनि लेख्न मन लाग्यो भने यो आजको अहिलेको वातावरण हो खासगरि इन्टरनेट संजालमा द्रुत फैलिरहेको साहित्य सिर्जनाको माहोलमा यस्तै वातावरण व्याप्त छ। अवस्यनै लेखमा मैले आफुलाई नै उभ्याएको छु तर मलाई बिस्वास छ यो ‘म’ पात्र एक प्रतिनिधि पात्र हो जुन घटना र वातावरणले अन्य कैयन ‘म’ हरुको भोगाई समेटेको होस् । सम्झिंदा अचम्म लाग्छ कि हाम्रो सिङो समाजको इज्जत एउटी नारीको चरित्रमा अल्झिएको हुन्छ कर्कलाको पातमा अडिएको पानीको थोपा जस्तै ? “जय समाजे भद्रभाल्द्मी!!”

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    कुवेतमा चर्चित गायक निशान भट्टाराईले यसरी धमाका मच्चाए

    कुवेत : अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ भव्य रुपमा सम्पन्न...

    तपाईंको राशिफल : आज २०७६ असार १ गते आइतबार, सन २०१९ जुन १६ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    कोहलपुरका मृगौला पीडित हेमन्त सिंह ठकुरीको आर्थिक अभावका कारण उपचारमा समस्या (भिडियो)

    ज्ञानु संगम खड्का बाँके, १ असार : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त...

    नेकपा सांसद मानान्धरले मागे सञ्चारमन्त्रीको राजीनामा

    काठमाडौं : सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा...

    तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिल्य मेटिने

    मानिस समाजिक प्राणी हो त्यसकारण मानिसलाइ समाजमा घुलमिल हुन चाहान्छ चाहाना हुनु पनि पर्छ ।...