News Portal

  • पर्यटकको रूपमा भित्रिएका बिदेशी नागरिकका अपराधिक गतिविधि

    हिमाली संचार संवाददाता
    ७४ पटक

    देवबहादुर कुँवर
    काठमाडौँ,९ जेठ : आइभोरीकोष्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको १ वर्षमा काभ्रेकी कुसुम कायस्थसँग बिहे गरे । फुटबल खेलाडीको रूपमा प्रवेश पाएका अलाक्ग्नीको जोडी ‘अनलाईन चिठ्ठा’ ठगीमा पक्राउ परे। २०७२ सालको महाविनाशकारी भूकम्प पीडित बालबालिकाको संरक्षण गर्ने उद्देश्य अनुरुप एक गैरसरकारी संस्थाको आग्रहमा नेपाल आएका फ्रान्सेली नागरिक ७९ वर्षीय गर्गेस आईगोर सिमानेस्कीलाई बाल यौनदुराचारको अभियोगमा ठमेलबाट पक्राउ गरियो ।

    त्यस्तै, ठमेल ज्याठामा होटल व्यवसाय सञ्चालन गर्ने योजना अनुरूप ३ वर्षअघि नेपाल छिरेका वाङ झु नाम गरेका चिनियाँ नागरिक पनि अबैध डलर ४० लाख बोकेर हङकङ जाँदै गरेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। अध्यागमन विभागका अनुसार, यो आर्थिक वर्षका उल्लेखित अपराध घटनामा संलग्न यी ३ जना विदेशी नागरिक पर्यटकको रूपमा नेपाल भित्रिएका हुन् । उनीहरूले नेपालको बसाइलाई पर्यटकको रूपमा नभई अपराधका लागि प्रयोग गरेको देखिन्छ ।

    नेपाल भ्रमणमा आउने विदेशीमध्ये केहीको उद्देश्य ‘गलत’ हुने गरेको पाइएको छ । गत वर्षको वैशाखदेखि हालसम्म विभिन्न अपराधमा संलग्न १ सय विदेशी नागरिकलाई पक्राउ गरी कानुनी कारवाही गरिएको विभागले जनाएको छ। छोटो समयका लागि आउने तर लामो समयसम्म बसिराख्नेमाथि निगरानीको अभाव छ’, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी उपरीक्षक उमा चतुर्वेदी भन्नुहुन्छ, “अपराध भइसकेपछि मात्र पक्राउ पर्छन्, अपराध हुनुपूर्व कोही पनि पक्राउ परेको छैनन् ।

    विभिन्न अपराधमा संलग्न १ हजार १ सय ५६ जना विदेशी नेपालका विभिन्न जेलमा सजाय भुक्तान गरिरहेको केन्द्रीय कारागार विभागको तथ्याङ्कमा उल्लेख छ । विशेष गरी ठगी, तस्करी र लागूऔषध कारोवारीका लागि नेपाल क्रिडास्थल बन्ने गरेको पाइएको छ। त्यस्तै, मानव वेचविखन, साइवर ठगी, विदेशी मुद्राको अबैध कारोवार, धर्म परिवर्तन र जाली राहदानी प्रयोग गरी लुकिछिपि बस्नेको समस्या चूनौतीपूर्ण बन्दै गएको छ । पदयात्रा, दृश्यावलोकन, मनोरञ्जन, अध्ययन तथा अनुसन्धानका नाममा भिसा लगाउँछन् काम अर्कै गर्छन् ।

    ‘इन्टरपोल’ प्रहरीको खोजी सूचीमा रहेकाहरूलाई पक्राउ गर्न नेपाल प्रहरी सफल छ तर आउने र जानेहरूको विस्तृत ब्यक्तिगत विवरण राख्ने सूचना प्रणाली नहुँदा नियन्त्रणमा समस्या आएको पर्यटक प्रहरी प्रमुख अमृत बस्नेतले बताउनुभयो। १ वर्षको अवधिमा अध्यागमन कसुर तथा कारवाही अन्तर्गत १ सय ६९ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ । विभागका अनुसार, नक्कली राहदानी ३७, ओभरस्टेमा ६७, शंकास्पद कागजपत्र १२, नक्कली भिसामा ७, ठगीमा ५, लागूऔषध ६, बैकिङ कसुरमा ८, बाल यौनदुराचारमा ६ र इन्ट्री डिफ्युजमा ६ जनालाई निष्कासन गरिएको छ ।

    त्यस्तै, खोटाचलनमा ३, सुन ओसारपसारमा २, मानव वेचविखन १, दुर्लभ वन्यजन्तु ओसारपसारमा १, सरकारी छाप किर्तेमा १, अबैध मुद्राको कारोवारमा १ र धार्मिक प्रचारप्रसारको अभियोगमा केही व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी सजाय भुक्तान गरिसकेपछि निष्कासित गरिएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा विश्वका १ सय देशका करिब ११ लाख ९३ हजार विदेशी नेपाल भित्रिएका छन् । तीमध्ये हिमपहिरोमा पुरिएर र भीरबाट लडेर ४१ जना पर्यटकले ज्यान गुमाइसकेका छन् ।

    १ सय ११ जना पर्यटकले आत्महत्या गरेका छन् । मानसिक सन्तुलन गुमाएका पर्यटकको समस्या पनि त्यतिकै छ। अध्यागमन विभागका प्रमुख ईश्वरीराज भण्डारी विदेशी नागरिकको क्रियाकलापमाथि सूक्ष्म निगरानी राख्नुका साथै आगमन र प्रस्थानमा कडाइ गरिएको बताउनुहुन्छ । सरकारले नेपाल पर्यटन वर्ष २०२० का लागि सार्क सदस्य राष्ट्रका नागरिकलाई वर्षमा १ पटक ३० दिनका लागि र चिनियाँ नागरिकहरुका लागि वर्षमा १५० दिनको निःशुल्क भिसाको व्यवस्था गरेको छ। – रासस

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    कुवेतमा चर्चित गायक निशान भट्टाराईले यसरी धमाका मच्चाए

    कुवेत : अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ भव्य रुपमा सम्पन्न...

    तपाईंको राशिफल : आज २०७६ असार १ गते आइतबार, सन २०१९ जुन १६ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    कोहलपुरका मृगौला पीडित हेमन्त सिंह ठकुरीको आर्थिक अभावका कारण उपचारमा समस्या (भिडियो)

    ज्ञानु संगम खड्का बाँके, १ असार : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त...

    नेकपा सांसद मानान्धरले मागे सञ्चारमन्त्रीको राजीनामा

    काठमाडौं : सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा...

    तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिल्य मेटिने

    मानिस समाजिक प्राणी हो त्यसकारण मानिसलाइ समाजमा घुलमिल हुन चाहान्छ चाहाना हुनु पनि पर्छ ।...