News Portal

  • कोहलपुरका डिएसपीलाई कारवाही गर्न आयोगको प्रहरी प्रधान कार्यालयलाई सिफारिस

    हिमाली संचार संवाददाता
    ११४ पटक

    कमल न्यौपाने
    बैशाख ९, नेपालगन्ज : राष्ट्रिय मानव अधिकार अयोगले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका डिएसपी रमेशबहादुर सिंहमाथी आवश्यक छानबिन गरी तत्काल कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । आयोग नेपालगन्ज शाखा कार्यालयको संरक्षणमा बसेका एक व्यक्तिलाई गिरफ्तार गर्न सिंहको कमाण्डमा गएको प्रहरीले आर्इतबार राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति गम्भीर हुँदै आयोगले सोमबार यस्तो परिपत्र गरेको हो ।

    आयोगको संरक्षणमा रहेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पत्राचार समेत गरेको छ । विष्फोटक पदार्थ मुद्दाको आरोपमा गिरफ्तार भएका हुम्ला जिल्ला ओदानचुली नगरपालिका घरभई बाँकेको कोहलपुर नपा– ११ एकतानगर बस्दै आएका ३५ वर्षीय दानबहादुर फडेरालाई जिल्ला अदालतले आर्इतबार साधारण तारेखमा रिहा गरेको थियो ।

    रिहा लगत्तै पुनः गिरफ्तारीमा पर्ने डरले आयोको कार्यालयमा शरण लिन पुगेका फडेरालाई राती इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको कमाण्डमा पुगेको प्रहरी टोलीले अनाधिकृत रूपमा आयोगमा प्रवेशको प्रयास गर्दै आयोगका सुरक्षा गार्ड हरिबहादुर केसीलाई धम्की दिएको घटनाप्रति बाँकेका मानव अधिकारकर्मीको ध्यानाकर्षण भएको आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाँईले बताए ।

    ध्यानाकर्षण पत्रमामा मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि पेरिस सिद्धान्त बमोजिम स्थापना भएको संवैधानिक र स्वायत्त निकाय राष्ट्रिय मानव अधिकार आयोगको शाखा कार्यालय नेपालगन्जमा कार्यालयको वरिपरी सुरक्षाकर्मीले अनावश्यक घेराबन्दी गरिरहेको घटनाले गम्भीर बनाएको उल्लेख गरिएको छ ।

    नेपाल बार एशोसियशनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, आयोगका प्रमुख चन्द्रकान्त चापागाई, नेपालगन्ज उच्च अदालत बारका अध्यक्ष विकास आचार्य, जिल्ला बारका अध्यक्ष मो अयुब सिद्दीकी, इन्सेक प्रदेश ५ कार्यालयका संयोजक भोला महत, एडभोकेसी फोरमका संयोजक बसन्त गौतम लगायतले घटनाको विरोध गरेका हुन् ।

    आइतबार अदालतबाट रिहा भए लगत्तै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाट पक्राउ गर्ने प्रहरी योजनालाई विफल बनाउँदै फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आयोगको नेपालगन्जस्थित प्रदेश शाखा कार्यालय पुगेका थिए ।

    आयोगको संरक्षणमा रहेका फडेरालाई बाँके प्रहरीले आईतबार रातीसम्मै आयोगको कार्यालय घेराउ गरेको थियो । अदालत परिसरमै पक्राउ गर्न लागेको खबर पाए लगत्तै आयोगको टोलीले अनुगमन गरेको आयोगका नेपालगन्ज शाखा प्रमुख चापागाईले बताए । उनले भने ‘फडेरालाई पक्राउ गर्ने भन्दै प्रहरीले बाहिर आयोग घेरिरहेको छ ।

    आयोग नै यसरी प्रहरीको घेराउ पर्नु सकारात्मक नभएको भन्दै चापागाईले भने ‘यस बिषयमा बाँकेका प्रहरी प्रमुखालई जानकारी गराएको छु । यता बाँके प्रहरी प्रमुख एसपी अरूण पौडेललाई यस बिषयमा बुझ्न टेलिफोन गर्दा एसपी पौडेलसँग सम्पर्क हुन सकेको छैन् ।

    यता ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमशेबहादुर सिंहले अपराधीलाई आयोगले लुकाएर राख्न नपाउने बताएका छन् । उसलाई प्रहरीले जसरी पनि समाउँछ डिएसपी सिंहले भने ‘तर, आयोग कार्यालय भएको क्षेत्र आफनो कार्यक्षेत्रमा नपर्ने भएकोले म त्यहाँ गएको छैन् । म त्यहाँ गएकै छैन त मैले कसरी धम्की दिए उनले भने‘ यो गलत हल्ला हो ।

    स्मरण होस् डिएसपी सिंहले यसअघि एक नावालकलाई गोली हानेको आरोप खेपिरहेका छन् । भने उनी प्रहरीको बर्दिमा डनका संरक्षण भएको नागरिक समाजका अगुुवा बताउँछन् ।

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    रास्ट्रपति ट्रम्पको चेतावनी : कम्युनिस्ट र समाजवाद चाहनेले अमेरिका छाडे हुन्छ !

    १६ जुलाई, २०१९ : समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति...

    एनआरएनए कुवेतको पञ्जिकृत फारम शुल्क जुलाई १९ तारीख भित्र बुझाइसक्नु पर्ने

    कुवेत, १६ जुलाई : छैटौं राष्ट्रिय महाधिवेशनको लागि एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने...

    अवैध हतियार सङ्कलन !

    रुकुमपूर्व, ३१ असार : जिल्लामा १५३ थान अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गरिएको छ। आठ महीनाको...

    कुलेखानी पूर्ण क्षमतामा चलाइयो

    काठमाडौं, ३१ असार : इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको...

    आज २०७६ साल असार ३१ गते मंगलबार, सन २०१९ जुलाई १६ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...