News Portal

  • जनताका माग पूरा नभए भेरीको पानी बबईमा बग्न नदिने महामन्त्री खड्काको चेतावनी

    हिमाली संचार संवाददाता
    ३०१ पटक

    सुर्खेत, २ बैशाख : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुरुङमार्ग शिलान्यासका क्रममा तत्कालिन सरकारले गरेका प्रतिवद्धता पूरा नभए भेरीको पानी बबईमा खस्न नदिने चेतावनी दिएका छन् । महामन्त्री खड्काले भेरी नदी र स्रोत क्षेत्रमा खानेपानी, सिंचाई, विद्युतीकरण, सडकलगायतका जनताका आधारभूत आवश्यकता र पूर्वाधार निर्माण गर्ने विगतको सरकारको प्रतिवद्धता पूरा हुनुपर्ने बताए ।

    ‘बबईमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुअघि चिप्लेमा सुरुङ आउने बेलासम्म जनतामा उल्लेखित मागहरु पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो’ सोमबार गुर्भाकोट नगरपालिकाको मेहलकुनामा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा महामन्त्री खड्काले भने, ‘ति प्रतिवद्धता वर्तमान सरकारले पूरा नगरेसम्म भेरीको पानी बबईमा खस्न दिँदैनौं ।’ उनले अर्बौ लगानीमा सुरुङमार्ग निर्माण गरेर बर्दिया र बाँकेका सुख्खा जमिन हराभरा बनाइँरहँदा भेरी नदी र स्रोत क्षेत्रका जनताा आधारभूत आवश्यकताहरु पूरा गर्नुपर्ने बताए ।

    ‘डोल्पा, जाजरकोट हुँदै घाटगाउँ–तातापानीसम्मका जनताका मागहरु सम्बोधन गर्ने सन्दर्भमा वर्तमान कम्युनिष्ट सरकारको मंगलबार (आज) चिप्लेमा परीक्षा हुँदैछ’ उनले दोहो¥याए, ‘जनताका मागहरु पूरा नभएसम्म कुनैपनि हालतमा भेरीको पानी सुरुङमार्गबाट बबईमा जाँदैन् । उनले भेरीको पानीले बाँके र बर्दियाका ५२ हजार हेक्टर जमिन हराभरा हुँदा प्रभावित क्षेत्र र स्रोत क्षेत्रका जनताका जमिन बाँझै रहने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

    ‘भेरीको पानी अर्बौ लगानीमा सुरुङमार्गमार्फत बबई खोलामा झारेर बर्दिया र बाँकेका सुख्खा जमिनलाई हराभरा बनाउने तयारी हुँदै गर्दा भेरी नदी वारी र पारी र स्रोत क्षेत्रका प्रभावित जनताका न्यूनत आवश्यकता पनि पूरा नहुने अवस्था देखियो’ कांग्रेस महामन्त्री खड्काले भने, ‘सिंचाई, बाटाघाटा, खानेपानी, सडक, विद्युत उत्पादनको ५० प्रतिशत राजस्व प्रभावित क्षेत्रका जनताले पाउने कुराको ग्यारेन्टी नहुँदासम्म कुनैपनि हालतमा भेरीको पानी सुरुङमार्गबाट बबईमा खसाल्न दिँदैनौं ।

    महामन्त्री खड्काले प्रभावित क्षेत्रमा सिंचाई, विद्युतीकरण र सडक (घोरेटादेखि घाटगाउँसम्म) निर्माणका लागि विगतको सरकारका पालामा सुरु गरिएको भेरी करिडोर बहुउद्देश्यीय आयोजनालाई प्रयाप्त बजेटको व्यवस्था गरिनुपर्ने, प्रभावित क्षेत्र र भेरी नदीको पानीको स्रोतक्षेत्रका जनताको घरघरमा विद्युत पु¥याउनुका साथै हरेक घरधूरीलाई निःशुल्क शेयर उपलब्ध गराइनुपर्ने, विद्युतबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत रकम छुट्याउने ग्यारेन्टी हुनुपर्ने, डुवान प्रभावित क्षेत्रका जनतालाई प्रचलित मूल्यमा केही रकम थपेर मुआव्जाको व्यवस्था गरिनुपर्ने, छिन्चु–कोहलपुर सडक (रत्न राजमार्ग) लाई चारलेनमा विस्तार गरिनुपर्नेलगायतका जनताका मागहरु विगतको सरकारले पूरा गर्ने बचन दिएको भन्दै त्यसको कार्यान्वयन हुनुपर्ने बताए ।

    महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसलाई बलियो बनाउन नेता कार्यकर्ताले आफै सच्चिनु पर्ने बताएका छन् । उनले भने, पार्टीलाई बलियो बनाउनको लागि काँग्रेसका नेता र कार्यकर्ताले आफ्नो आचरण र व्यवहार सुधारेर जनतालाई विश्वास जगाउनु पर्छ । उच्च मनोवलका साथ पार्टी संगठन विस्तारमा जुटन आग्रह गदै उनले कांग्रेसलाई बलियो बनाउने नयाँ अभियानको सुरुवात भएको पनि बताए । नयाँ विधानले पार्टीलाई नयाँ जीवन दिएको भन्दै उनले अव सवैलाई अपनत्वले हुने गरी पार्टी संचालन हुने विश्वास व्यक्त गरे ।

    केन्द्रीय सदस्य हृदयराम थानीले महामन्त्री खड्कालाई भावि पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा चित्रित गदै कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् । बर्तमान सरकार भष्टाचारमा लिप्त भएको भन्दै दुई तिहाइको दम्भले जनताले दुख पाएको आरोप लगाउदै उनले काँग्रेसलाई बलियो बनाउन कार्यकर्ताले जनतामुखी गतिविधी संचालन गर्नुपर्नेमा जोड दिए ।
    पूर्व संचारमन्त्री शीवराज जोशीले काँग्रेसलाई बलियो र ठुलो पार्टी एक ढिक्का भएर अघि बढन कार्यकर्तालाई सुझाव दिए ।

    कार्यक्रममा पूर्व राज्यमन्त्री तप्तबहादुर विष्ट, काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, उपसभापति टेकबहादुर सिंह, पूर्वसभापति डम्वर जिसी, प्रदेश सभा सासद अमृता शाहीलगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रम क्षेत्रीय सभापति खड्क पोख्रेलको सभापतित्वमा भएको हो ।

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली चयन

    कुवेत, १९ मे : कुवेतको नेपाली सामाजिक सस्था “लुम्बिनी समाज नेपाल कुवेत”को कार्यबाहक अध्यक्षको जिम्मेवारी...

    सामाजिक संजालमा भाइरल बनेको कांग्रेस सभापति देउवाको तस्बिर !

    काठमाडौँ, ५ जेठ : यतिबेला नेपाली कांग्रेसको जागरण अभियान देशभर चलिरहेको छ । देशका ७७ वटै...

    सल्यानको पश्चिमी क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा

    दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते...

    तपाईंको राशिफल : आज २०७६ साल जेठ ५ गते आइतबार, सन् २०१९ मे १९ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित)

    गायक डोलराज न्यौपानेको पिरती गीत बजारमा (भिडियो सहित) पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा...