News Portal

  • विप्लवका कार्यकर्ता उच्च अदालतको आदेशपछि रिहा

    हिमाली संचार संवाददाता
    ९५ पटक

    दाङ : उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका रिहा भएको दुर्गालाल केसीले कान्तिपुरमा समाचार लेखेका छन।

    प्रहरीले उनीहरुलाई फागुन २१ गते तुलसीपुरमा आयोजित सहिद, बेपत्ता, घाइते, अपांग परिवारलाई अभिनन्दन कार्यक्रमबाट पक्राउ गरेको थियो ।

    पक्राउ परेका प्रदिपबहादुर वलीकी श्रीमती रमिता वलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई विपक्षी बनाई दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामबहादुर थापाको इजलाशले उनीहरुलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै मुक्त गर्न आदेश दिएको हो ।

    पक्राउ गर्नु र थुनामा राख्नुको कुनै औचित्य र वैधता नदेखिएको भन्दै आदेशमा नेपालको संविधान र मुलुकी देवानी कार्यविधि संहिता ऐनले प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विचार अभिव्यक्त गर्ने र बिना हातहतियार शान्तिपूर्ण भेला गर्न पाउने अधिकार सुरक्षित गरेकाले विनाकारण थुनामा राख्न नमिल्ने उल्लेख गरिएको छ । पक्राउ परेका व्यक्तिहरु विना हातहतियार शान्तिपूर्ण कार्यक्रममा सहभागी भएको र उनीहरुको साथबाट कुनै पनि कानुन विपरितका सामग्री फेला नपरेकाले थुनामा राख्नु औचित्यपूर्ण नहुने आदेशमा भनिएको छ ।

    आदेशमा प्रहरीलाई आगामी दिनमा कानुनी पक्रिया पुर्‍याएर मात्र पक्राउ र अनुसन्धान गर्न मार्गदर्शन हुनेगरी व्याख्या गरिएको छ । मुद्दा हेर्ने अधिकारीबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई पक्राउ गर्नुको सट्टा जरुरी पक्राउ पूर्जी जारी गरिएको र परिस्थिती हेर्दा त्यस्तो अवस्था नदेखिएको हुँदा विपक्षीबाट गरिएका काम कानुन सम्मत नदेखिएको आदेशमा भनिएको छ । यसबाट विशेष परिस्थिती परी तत्काल पक्राउ गर्ने विशेष अधिकारको दुरुपयोग भई व्यक्तिको स्वेच्छाचारी पक्राउ र थुनाविरुद्धको अधिकार कुण्ठित हुने आदेशमा उल्लेख छ ।

    कानुन विपरित कसैले गतिविधि गरेमा पर्याप्त तथ्य र प्रमाणका आधारमा पक्राउ गर्नसकिने उल्लेख गर्दै आदेशमा त्यस्तो पक्राउ र अनुसन्धान गर्दा कार्यविधि कानूनको अक्षरशः पालना गर्नुपर्नेतर्फ विपक्षीलाई सचेत गराइएको छ ।

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    रास्ट्रपति ट्रम्पको चेतावनी : कम्युनिस्ट र समाजवाद चाहनेले अमेरिका छाडे हुन्छ !

    १६ जुलाई, २०१९ : समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति...

    एनआरएनए कुवेतको पञ्जिकृत फारम शुल्क जुलाई १९ तारीख भित्र बुझाइसक्नु पर्ने

    कुवेत, १६ जुलाई : छैटौं राष्ट्रिय महाधिवेशनको लागि एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने...

    अवैध हतियार सङ्कलन !

    रुकुमपूर्व, ३१ असार : जिल्लामा १५३ थान अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गरिएको छ। आठ महीनाको...

    कुलेखानी पूर्ण क्षमतामा चलाइयो

    काठमाडौं, ३१ असार : इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको...

    आज २०७६ साल असार ३१ गते मंगलबार, सन २०१९ जुलाई १६ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...