नारी दिवसको अवसरमा महिला सञ्जालद्वारा बजार परिक्रमा

२४, फाल्गुण : सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा भव्यरुपमा नारी दिवस मनाइएको छ । बनगाड कुपिण्डे नगर कार्यापालिकाको आयोजनामा नगर कार्यलय देखि महिला सञ्जालको र्‍यालीले बजार परिक्रमा गरेको थिए । बजार परिक्रम पछि सल्लीवजारमा कोण सभाको आयोजना गरिएको थियो। र्‍यालीमा लैङगिक विभेद अन्त्य,घरेलु हिंसा,राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच,समान अधिकार, पितृसत्तामक सोच र महिला अधिकार सुनिश्चितता जस्ता नारा लगाएको थियो । कार्यक्रम वोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले समाजमा महिलामा हुने हिंसा अन्त्य नहुदाँ सम्म समाज विकासको परिकल्पना गर्न नसक्ने वताउनु भयो । नारीले नारीलाई गर्ने थिचोमिचो,पुरुषले महिला माथि हेर्ने दुष्टिकोण र केहि महिलाले पुरुष माथि हेप्ने शैलीको परिपाटिले गर्दा समाजमा हिंसाले प्रसय पाएको उहाँको जोड थियो । यस्ता खाले सवै विकृति अन्त्य नहुदाँ सम्म सधै समस्या आई पर्ने जनाएको थियो । कोण सभामा महिला सञ्जालकि अध्यक्ष रिता वली, जिल्ला समन्वय समिती सल्यानकी सदस्य आशा वली लगाएतले धारणा राख्नु भएको थियो। नगर प्रमुख उप मेयरको अध्यक्षतामा भएको कार्यक्रममा बनगाड … Continue reading नारी दिवसको अवसरमा महिला सञ्जालद्वारा बजार परिक्रमा