News Portal

  • कविता – उदासी अधरहरू 

    हिमाली संचार संवाददाता
    ९१ पटक

                राजबाबु श्रेष्ठ ‘सागर’ 

    मेरा हाँसोहरू
    निदाएका छन् अचेल
    आँसुहरू बिसाएका छन्
    थाकेर धाक्रेले धाक्रो बिसाए झैं

    उर्लदैंन अचेल
    आँसु पनि उन्मत्त भएर
    बर्खेको भेल झैं
    कसैको भावनाको
    अन्त्येष्टि हुँदा पनि

    बन डढेको सबैले देख्छ
    तर मन डढेको
    कसैले न देख्दो रहेछ

    त्यसैले होला
    अचेल मेरा परेलीहरू रुष्ठ छन्
    अधरहरू पनि उदास छन्
    नयनहरू सुकेका छन् रानी पोखरी झैं
    खुसीहरूको उद्यानमा फकृन छाडे
    अचेल मुस्कानका मुनाका कोपिलाहरू

    केवल सुकिरहेछ
    अँगेनाको बिस्कुन झैं
    मेरा खुसीका बगरहरू निराशाका खडेरीमा
    केवल एकोहोरो पर्खाइ छ
    भार्याले खसमको प्रतिक्षा गरे झैं
    मधुमासको झरी बनी कहिले रुझाउला
    मेरा ती सुकेका खुसीका बगरहरू ।।

    गौशाला न. पा. वडा न. १, महोत्तरी

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    पर्यटकको रूपमा भित्रिएका बिदेशी नागरिकका अपराधिक गतिविधि

    देवबहादुर कुँवर काठमाडौँ,९ जेठ : आइभोरीकोष्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको १ वर्षमा...

    पराजित वडाध्यक्षको खुकुरी प्रहारबाट पूर्वशिक्षक घाइते 

    तेज बोहरा अछाम : जिल्लाको तुर्माखाद गाउँपालिका–८ धमालिमा नेपाल कम्युनिस्ट पार्टीका नेताको खुकुरी प्रहारबाट १ जना...

    तपाईंको राशिफल : आज २०७६ साल जेठ ९ गते बिहीबार, सन २०१९ मे २३ तारीख

    – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले,...

    मिडिया काउन्सिल विधेयक : संविधान अनुकूल आउने नेम्वाङको आश्वासन

    काठमाडौं, ८ जेठ : सत्तारुढ नेकपा संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले मिडिया काउन्सिल...

    दैलेखमा जिव दुर्घटना हुँदा ५ जना घाइते

    कृष्णप्रसाद अधिकारी जेठ ८ दैलेख : नारायणा नगरपािलका निजकै नमुना बस्ती नजिक बोलेरो जिव दुघर्टना...