News Portal

    • दार्चुलादेखि मरुभूमिसम्म संघर्षशिल यात्रा

      गगनसिंह बिष्ट
      १६१ पटक

      बिकट दार्चुला जिल्लाकाे ब्यास गाउँपालिका जहाँ चिन र भारतकाे दुईटै देशकाे सिमाना अवस्थित छ। जहाँ तिङ्कर भञ्झयाङ मानसराेबरबाट चिनकाे बोडर सुरु हुन्छ भने महाकाली पार गरि भारतकाे सिमाना अाउछ। २०५० साल यता त्यहाँका जनताले दश बर्से जनयुद्वकाे मार सङ्गै भारतकाे लागि अातङकारि भएर बस्नु परेकाे थियाे। संचार सेवा उपलब्ध नभएकाले पनि त्यहाँ के हुदैछ, कस्ताे हुदै छ ? भन्ने जानकार हुदैनथ्याे विद्युतकाे के कुरा गर्नु, टुटि बाल्न मट्टितलकाे लागि भारतकाे बाेडरमा एस एस पिले अातङकारि भनेर कुटेकाे ताजै छ। त्यहाँका जनताकाे कष्टकर जिवन सङ्गै त्याे दश बर्से जनयुद्वमा बिहान काममा गएकाे मान्छे बेलुकि घर पर्किने हाेकि हैन थाहा थिएन।

      कायाै दिनमा प्रहरी अाएर माओवादी लुकाछस भन्दै धम्काकाे, काम गर्दागर्दै हप्ताै-महिनाैसम्म अभियानमा गएकाे स्मरण ताजै छ। कति मरे कति मारिए कति बेपत्ता भए कति घरबार बिहिन भए कसले लेखा जाेखा गर्थाे र अहिलेका निर्बाचित जनप्रतिनिधिहरु कुन देश कुन सहरमा थिए त्याे त उनिहरुलाई नै थाहा हाेला तर जनताकाे पिडा अहिलेसम्म कसैले बुझेका छैनन।

      रगत र अाशुका धारा बगाउदै छिमेकि बाेडरमा अतङकारि हुदै त्याे कहालीलाग्दो जनयुद्व त पार गरे अब जनताले मनमा बाच्ने केहि अास पलायाे देशमा शान्ति भयाे मेहनत गरेर खान पाईने भयाे ढुक्क भएर भारत तिर काम गरेर नि परिवार पाल्ने त्याे सपना बाेक्दै गाउगाउमा चुनाववकाे भाेट माग्दै राजनीतिक दलका नेताहरु पुग्न थाले। जाे जनयुद्वका बेला कहाँ थिए कसैलाई थाहा छैन भाेट माग्दा बिजुली, सडक र सञ्चारकाे कुरा गर्दै जनतालाई लाेप र त्याे लालाचले नै चुनाव जितेर गए, अझै जनताका दिन उस्तै।

      देशमा शान्ति भए लग्त्तै २०६३/६४ तिर बिदेश जनेहरुकाे घुईचाे लाग्याे जब कि बिदेश पुगे नपुगेकाे खबर पाउन यात चिट्ठी यात ३ दिनकाे बाटाे हुदै सदरमुकाम नै अाउन पर्थाे । गाउमा न फाेन, न टावर, न त बिजुली, पैसा पठाउने बेला सदरमुकाम नै बस्न नजिककाे मान्छे संग पैसा पठाकाे खबर गर्नु पर्ने बाध्यता थियोे। त्यस्तै २०६६/६७ सालतिर यदाकदा सिडिएमए टेलीफोनसम्म पुग्याे गाउ भरिका मान्छेहरुकाे त्याे फाेन र गर्न दिनहुकाे घुईचाे अाफ्नाे छोराकाे खबर पाउन बिदेशिएकाहरुले कति पिडा त्याे त हामि प्रदेशिएकालाई मात्र थाहा छ।

      सहर बजारमा दिनहरु परिबर्तन भइरहेकाे देख्दा हाम्राे गाउँमा बर्षाैकाे त्याे परिबर्तन साैर्य उर्जाबाट सञ्चालन भएकाे कैचुला टिपिटारमा स्काई टावर सुचारु भए लगत्तै २०६९/७० साल तिर केहि थान गाउमा स्काई टेलिकमले सिम बितरण गर्याे। त्याे गाबिसबाट गाउका जनप्रतिनिधिहरु, मुखियाहरुलाई मात्रै। टावरकाे समस्या उस्तै घाम लागे सम्पर्क हुने नत्र उहि पुरा नै ताल अझै बर्षायाम र हिउदकाे समयमा त महिनादिन दुईमहिनासम्म सम्पर्ख बिहिन त्यो ब्यासकाे पिडा कस्ले बुझिदिन्थाेर ! केहि बर्ष पछि गाबिसकाे रकम जिल्लाबाट केहि रकम र जनश्रमदान गर्दा ब्यास गाउँपालिकाकै “पतङगाड जलबिधुत अायाेजना” सुरु भयाे।

      जनताका दिनहरु फेरिने बिजुली बत्ती बाल्ने सपनाले अाफ्ना सानासाना बच्चा छाडेर घन्टाै हिडेर काम गरेकाे ताजै छ। जहाँ लगभग ७०% काम सफल भैसकेकाे बेला बर्षातकाे समयमा जाे ब्यास गाउँपालिका जनताकाे बिजुली देख्ने सपना ७२/७३ सालकाे महाकाली बाढिले उढाएर लग्याे। फेरी दिनहरु उस्तै फाेन गर्न घन्टाै कुर्नु पर्ने टुटि बाल्लन मट्टितेलकाे लागि भारत नै दाैडनुपर्ने। याे बिडम्पना कसैले देखिन एक दुई बर्ष यता भातरकाे बिएसनस टावरले ब्यास गाउँपालिकाका जनताहरुलाई धेरै सरल र सहज भएकाे थियाे।

      बिशेषगरी हामी खाडीबाट परिवारकाे खुसिकाे लागि अाफ्नाे भबिश्य खाेज्दै डुल्नेहरुकाे लागि स्थानिय सरकार अाएपछि सञ्चार र विद्युतकाे केहि सपनाहरु बुन्दै थिए। एक बर्ष बित्याे ति सपनाहरु सपनामा नै हुने हुन कि थाहै छैन। एक महिना अघि अत्यधिक हिमपातका कारण टावरमा समस्या भएकाले त्याे साैर्य उर्जाले अहिलेसम्म काम गर्न नसकेकाे देख्दा अचम्म लाग्दैछ विद्युत र सडक सञ्चालन त त्यस्तै हाे सञ्चारकाे कमिले गर्दा उहि पुराना दिनहरु गन्दै अझै उस्तै छन ब्यास गाउँपालिकाका जनताका दिनहरु। निर्वाचनका बेला बाचा गरेका विद्युत, सडक संजाल र संचार क्षेत्रमा ध्यान दिएर कर्तव्यनिस्ठ जनप्रतिनिधिको पहिचान बनाउन सके सबैलाई फाईदा पुग्ने थियोे कि ?

      (वैदेशिक रोजगारीमा युएई र कुवेतमा १ दशक देखि संघर्षरत बिष्ट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतका सचिब समेत हुन।)

      _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

      हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
      थप समाचारका लागि हाम्रो वेबसाइट
      https://www.himalisanchar.com

      हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

      हामीसंग फेसबुकमा जोडिनुहोस।

      प्रतिकृया दिनुहोस्

      हामीसंग युटुबमा जोडिनको लागी SUBSCRIBE गर्नुहोस।

      एनआरएनए कुवेतद्वारा नेपाल र कुवेत बिचको फुटबल खेल हेर्न जाने नेपालीका लागि यातायात सेवा प्रदान

      कुवेत १९, मार्च : यहि मार्च २१ बिहिबार बेलुकि कुवेतको अहमादी स्थित अल सबाब स्पोर्टस...

      पत्रकारलाई विद्यार्थी नेत्रीको धम्की !

      मोरङ, पथरी : मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने ३ जना पत्रकारलाई आफुलाई विद्यार्थी नेत्री...

      सुगर पीडित प्रकास राईलाई संकलित रकम हस्तान्तरण

      खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल/कार्तिके टोल निवासी प्रकाश राई विगत लामो समय...

      राखेप र किरात राई खेलकुद संघलाई प्रतियोगिताको नाममा कहिलेसम्म झुकाउने ?

      गोपाल काफ्ले पथरी चैत ५, मोरङ : कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै...

      सहि बाटोमा आउन विप्लवलाई काँग्रेसको आह्वान

      काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको...