News Portal

  • खेलकुदमन्त्रीलाई स्वागत गर्न घण्टौसम्म पोखरा रंगशालामै विद्यार्थीलाई खाली खुट्टामा उभ्याईयो

    हिमाली संचार संवाददाता
    १६४ पटक

    युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई पोखरा रंगशालामा एनप्याब्सन कास्कीको खेलकुद महोत्सव उद्घाटन क्रममा मंगलबार स्वागत गर्दै विद्यार्थी । तस्बिर : वासुदेव पौडेल/रासस 

    पोखरा : लेखनाथ — ४५ विद्यालयका ८ हजार विद्यार्थी, खेलाडी र ३० हजार अभिभावकले अवलोकन गर्ने भनी प्रचारित खेलकुद महोत्सव उद्घाटन गर्न मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पोखरा आए ।

    उनी आउँदै गर्दा सांस्कृतिक पहिरनमा सजिएका बालिका जर्‍याकजुरुक उठे । खाली खुट्टै लाममा बसे । मन्त्री मुसुमुसु हाँस्दै आए र नमस्कार गर्दै मञ्चमा उक्लिए ।

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कास्कीले मन्त्रीको स्वागतमा बालबालिकालाई खाली खुट्टै उभ्याएको हो । मन्त्री विश्वकर्मा निर्धारित समयभन्दा डेढ घण्टा ढिलो आउँदा मार्चपास गर्ने विद्यार्थी चौरमा उभिइरहे ।

    १२ औं एनप्याब्सन खेलकुद महोत्सवको उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘गणतन्त्रमा राजतन्त्रकालीन झल्को’ जस्ता प्रतिक्रिया आएका छन् ।

    ‘मन्त्री आउने भन्दैमा बालबालिकालाई दुरुपयोग गर्न पाइँदैन,’ बालअधिकारकर्मी सरिता ताम्राकारले भनिन्,‘झन् विद्यालयले नै यसरी प्रयोग गर्नु सरासर गलत हो ।’ बालअधिकारमा कार्यरत बाबा फाउन्डेसनकी उपाध्यक्ष ताम्राकारले त्यसरी खाली खुट्टा उभ्याउँदा बालबालिकामा मनोवैज्ञानिक असरपर्ने बताइन् ।

    एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले भने बालिकाहरू नृत्य गर्न तयार भएर बसेका बेला त्यही बाटो मन्त्री आएपछि उठेर नमस्ते मात्रै गरेको दाबी गरे । ‘उनीहरूलाई स्वागत गर्न राखेको होइन । त्यस्तो योजना पनि थिएन,’ उनले भने, ‘नृत्य गर्न मैदानमा जाने र मन्त्री आउने समय एकैपल्ट परेको हो । कान्तिपुर

    __________

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हामीसंग युटुबमा जोडिनको लागी SUBSCRIBE गर्नुहोस।

    हामीसंग फेसबुकमा जोडिनुहोस।

    प्रतिकृया दिनुहोस्

    आज २०७५ साल फागुन ९ गते, सन् २०१९ फेब्रुवरी २१ तारिख बिहिवारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    कैलालीमा चोरेको बिजुलीमा प्रधानमन्त्रीको भाषण !

    कैलाली : देशैभरी विद्युत चोरीको समस्या बिकराल बन्दै गइरहेको छ । बिजुलीको तारमा हुक लगाएर...

    इन्डोनेसियन प्रशिक्षकले गरे फुटबलर रोहितको खोजी

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः...

    ठकुरी सहयोग संजाल जाजरकोटको अध्यक्षमा शाह

    जाजरकोट : ठकुरी सहयोग संजालको १९ सदस्यीय जाजरकोट जिल्ला कार्यसमिति गठन गरेको छ । मंगलबार...

    शान्ती श्री परियार र सञ्जय वर्देवाको स्वरमा “आउ है साझमा माछापुच्छ्रे रोधिघर”

    काठमाडौं : चर्चित गायिका शान्ती श्री परियार र सुमधुर स्वरका धनी गायक सञ्जय वर्देवाको सुमधुर...