News Portal

  • जनसम्पर्क समिति नर्वेद्वारा आयोजित तेस्रो जेएसएस कप भलिबल प्रतियोगिता सम्पन्न

    हिमाली संचार संवाददाता
    ५५३ पटक

    ओस्लो : नर्वेको ओस्लोमा नेपालीहरूको भलिबल प्रतियोगिता सम्पन्न भएको छ। गत २८ जुलाई (शनिवार) का दिन ओस्लोको अत्यन्त रमणीय स्थान सोन्स्भानमा आयोजना गरिएको जे.एस.एस.कप भलिबल प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिला तर्फ ३ टिमको सहभागिता रहेको थियो।

    नेपाली जनसम्पर्क समिति नर्वेले आयोजना गरेको उक्त प्रतियोगिता तेस्रो एक दिवशिय रनिङ कप टुर्नामेण्ट हो। खेलकुदको माध्यमद्वारा नर्वेका विभिन्न स्थानमा शिक्षा, रोजगारी एवं अन्य पेसा व्यवसाय गरी बसोबास गरिरहेका नेपालीहरूमाझ व्यक्तिगत तथा सामूहिक सद्‌भाव र भाइचाराको सम्बन्ध अझ बढी मजबुत बनाउँदै लैजाने प्रमुख उद्देश्यले यो रनिङ कप टुर्नामेन्ट आयोजना गरिएको हो।

    यस वर्षको जे.एस.एस.कप भलिबल टुर्नमेन्ट पुरुषतर्फ गत वर्षको उपबिजेता टिम नेपाली पोर्तुगिस सोसाइटी (नेपोस, रेड) टिम विजय भयो भने प्रोग्रेसिभ नेपाली फोरम उपबिजेता बन्न सफल भयो। यस वर्ष पुरुष तर्फ प्रथम हुने टिमलाई ४ हजार नर्वेजियन क्रोनर, जे. एस. एस रनिङ कप, मेडल र सर्टिफिकेट प्रदान गरिएको थियो भने उपबिजेता टिमलाई २५ सय नर्वेजियन क्रोनर, मेडल र सर्टिफिकेट प्रदान गरिएको थियो। त्यसै गरी महिला तर्फको खेल भने नेपाली जनसम्पर्क समिति नर्वे विजेता हुन सफल भयो भने सद्भाव समूह नर्वे उपबिजेता बन्न सफल रह्यो। महिला तर्फ विजेता हुने टिमलाई २ हजार नर्वेजियन क्रोनर, कप, मेडल र सर्टिफिकेट प्रदान गरियो भने उपबिजेता टिमलाई १२ सय क्रोनर, मेडल र सर्टिफिकेट प्रदान गरिएको थियो। तय सै गरी पुरुष तर्फको उत्कृष्ट खेलाडी नेपोस रेडका महेन्द्र खड्का बन्न सफल रहे भने महिला तर्फको उत्कृष्ट खेलाडी दिपायल विश्वकर्मा बन्न सफल रहिन।

    नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका सभापति बाल कृष्ण पाण्डे, जनजाति महासङ्घका निवर्तमान अध्यक्ष तथा पूर्व संसद् नगेन्द्र कुमाल, नेपाली जनसम्पर्क समन्यव समिति युरोपका महामन्त्री गंगाधर गौतम, गैर आवासीय नेपाली सङ्घ नर्वेका अध्यक्ष सन्जिब कुमार थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त भलिबल टुर्नामेण्टमा नर्वेमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथै नर्वेमा स्थाइ र अस्थाइ बसोबास गर्ने करिब ४ सय नेपालीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा नेपालबाट आफ्ना छोराछोरी भेटघाटका लागि पर्यटकीय भिसामा नर्वे घुम्न पाल्नुभएका आमाबुबाहरूलाई सम्मान स्वरूप संस्थाका तर्फबाट उप सभापति श्री केशव पुरीले दोसल्ला ओढाएर सम्मान प्रकट गरेका थिए।

    पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथिहरुले यसरी नेपाली जनसम्पर्क समिति नर्वेले आयोजना गरेको उक्त भलिबल प्रतियोगिताले विदेशी भूमिमा विभिन्न स्थानमा छरिएर बसेका नेपालीहरलाई एकताबद्द गराउन र भाइचारा बढाउन सहयोग पुर्‍याएको भन्दै कार्यक्रमको खुलेर प्रशंसा गरे। त्यसैगरी डेनमार्कबाट उक्त कार्यक्रमको अतिथ्यता ग्रहण गर्न आएका नेपाली जनसम्पर्क समिति डेनमार्कका सल्लाहकार प्रकाश ढकालले नर्वेको नेपाली समुदायमा आपसी सद्‌भाव र भाइचाराको सम्बन्ध वृद्धि गर्न जनसम्पर्क समिति नर्वेले आयोजना गरेको यस खेल प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

    नर्वेमा रहेका नेपाली जनसमुदायमा अत्यन्तै प्रचलित, नर्वेमा नेपालीहरूले गर्ने प्रमुख इभेन्टहरुमा अत्यन्तै लोकप्रिय जे एस एस कप भलिबल टुर्नामेन्टको संयोजकत्व मधुसुधन पौडेलले गरेका थिए । समितिका महामन्त्री कबिन्द्र ढकालले नेपाली जनसम्पर्क समिति नर्वेले आगामी वर्षहरूमा पनि विभिन्न कार्यक्रमहरू गर्दै नर्वेमा रहेका सबै नेपालीहरूको मन जित्दै जाने कुरा बताए। कार्यक्रममा समितिका सभापति जितेन्द्र विक्रम शाहीले सबै विजयी टिमहरूलाई बधाई तथा धन्यबाद दिदै कार्यक्रम समापन भएको घोषणा गरे। हिमालपोस्टको सहयोगमा

    प्रतिकृया दिनुहोस्

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal