News Portal

  • ललित बस्नेत नेविसंघ जाजरकोटमा नै किन ?

    हिमाली संचार संवाददाता
    ५६५ पटक

    आर.बि. शाही
    जाजरकोट : नेपाल विद्यार्थी संघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा भएको थियो।

    त्यही गर्विलो इतिहास बोकेको नेविसंघ जाजरकोटमा नयाँ नेतृत्व लिन दौडधुप सुरु भएको छ। आउने १२ औ महाधिवेशन अघि जिल्लाहरुको अधिवेशन धमाधम भईरहेको सन्दर्भमा जाजरकोटमा यही पुस १६ गते हुने अधिवेशनको युवा नेता प्रदिप पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    जिल्लामा सहमतिबाट नेविसंघको नेतृत्व चयन गर्ने अभ्यास पनि हुने छ। यदी सहमति नजुटेमा मतदानबाट भएपनि नेतृत्व चयन गरिने छ। नेतृत्वका लागि पाँच जना युवाहरुले दाबी पेश गरेका छन्। नेविसंघ जाजरकोट नेतृत्वका लागि ललित बस्नेत पनि एक प्रमुख दाबेदार हुन।

    को हुन ललित बस्नेत ?

    जाजरकोटको साविक झाप्रा गाबिस हाल छेडागाड नगरपालिका वडा नम्बर ११ मा जन्मिएका ललित बस्नेत नेविसंघ जाजरकोटको नेतृत्व गर्न सक्ने सक्षम युवा हुन। २७ वर्षीय युवा ललित सानैदेखी नेपाली काँग्रेसको वारेमा जान्न चाहने र चार तारे झण्डालाई अत्यन्तै प्रेम गर्थे।

    नेतृत्व क्षमतामा अब्बल, सबैसंग मिल्नसक्ने, बिभिन्न समस्याको समाधानमा कुशलतापूर्वक भुमिका निर्वाह गर्न सक्ने एवं नेपाल बिद्यार्थी संघको इतिहासदेखी वर्तमान अवस्थाका वारेमा प्रष्टसंग विचार व्यक्त गर्न सक्ने युवा हुन।

    नेविसंघ जाजरकोटमा ललित बस्नेत नै किन ?

    ललित बस्नेत यसअघि नेविसंघ जाजरकोटको क्षेत्रीय सचीव हुँदै हाल जिल्ला सहसचिव पदमा रहेका छन्। यसक्रममा उनको सक्रीयता र कामका कारण जिल्लामा मात्र नभएर केन्द्रसम्म राम्रो छाप छाड्न सफल भएका छन्।

    केन्द्रमा रहदा उनले जाजरकोटबाट आएका विद्यार्थीसंगको सम्बन्धलाई बढाउदै उनीहरुका समस्या समाधान गर्नेदेखी अन्य जाजरकोटीहरुका समस्यामा निरन्तर साथ दिइरहेका छन्।

    जाजरकोटवाट कोही बिरामी भएर काठमाडौं जाँदा उनले अस्पताल पुर्‍याउने, आर्थिक समस्या भएमा रकम जुटाउने काममा पनि सघाउदै आएका छन्। विशेष गरी समाजसेवी एवं काँग्रेसका लोकप्रिय नेता राजिवविक्रम शाहसंगको समन्वयमा उनले बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुँदै आएका छन्।

    ललित बस्नेतका घरपरिवार नेपाली कांग्रेस भएकै कारण सशस्त्र द्धन्दको समयमा तत्कालिन माओवादीबाट विभिन्न बाहानामा दुख भाग्नु पर्थ्यो।

    काँग्रेस भएकै कारण ललित स्कुल पढ्न जादा द्वन्दको समयमा तत्कालिन नेकपा माओवादीको अपहरणमा परेका थिए। त्यसक्रममा उनले थुप्रै दबाब र पिडा झेल्नु परेको थियो। तर पनि उनले हार खाएनन नेपाली काँग्रेसवाटै केही गरेर देखाउछ भनेरै आज जिल्लाको नेतृत्व हाक्न तयार छन्।

    यस विचमा देशमा व्याप्त हिंसा, हत्या, बलात्कार, कालोबजारी, महंगी लगायतका विकृती विरुद्ध नेविसंघले सडक संघर्ष गरेको छ। त्यसक्रममा ललित बस्नेत पनि हरेक आन्दोलनमा सरिक भईरहे।
    काठमाडौंमा न्यायको लागि गरेको संघर्षका क्रममा ललितले नेतृत्व गर्दै गर्दा प्रहरीले दमन समेत गर्‍यो।

    प्रहरीको मरनासन्न कुटाईपछी उनलाई अस्पताल समेत लगिएको थियो। तर पनि उनी थाकेनन हातमा पट्टी बाँधेर भएपनि न्यायको लडाई लडिरहे।

    जाजरकोटमा नेपाल बिद्यार्थीसंघको नेतृत्वका लागि प्रमुख दाबेदार मानिएका ललित जिल्लाका सबै विद्यार्थीसंग परिचित र नजिक छन्। उनले नेतृत्व गरेमा संगठनलाई थप मजबुत बनाउँदै सबै बिद्यार्थीका समस्या समाधानमा सक्ने खुबी राख्दछन्। त्यसैले अवको नेतृत्व आफुलाई दिन सबै विद्यार्थी माझ उनले अपिल गरेका छन्।

     

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal