News Portal

  • उपराष्ट्रपति कपको उपाधि एपिएफको पोल्टामा

    हिमाली संचार संवाददाता
    ४८८ पटक

    काठमाडौँ – उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेका छ ।

    सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा०को खेल मैदानमा आज भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

    जीतसँगै एपिएफले १२ अंक बटुल्यो । प्रतियोगितामा एपिएफ अपराजित टोली हो । एपिएफले यसअघि नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थियो ।

    एपिएफको जीतमा सावित्री भण्डारीले ह्याट्रिक पूरा गरिन् । उसका लागि खेलको ४१औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफसम्म १–० को अग्रता लिएको एपिएफले दोस्रो हाफमा दुई गोल थप्यो ।

    यता आर्मीकी पुनम जर्घा मगरले खेलको ४९औँ मिनेटमा एक गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन्, तर पनि त्यो लामो समयसम्म टिक्न सकेन ।

    एपिएफकी सावित्राले खेलको ५४औँ मिनेटमा अर्को गोल गर्दै एपिएफलाई पुनः २–१ को अग्रता दिलाइन् । त्यस्तै खेलको ८२औँ मिनेटमा फेरि सावित्राले एक गोल थप्दै ह्याट्रिकका साथै एपिएफलाई ३–१ को जीत दिलाइन् ।

    उपाधिसहित एपिएफले रु दुई लाख हात पा¥यो भने उपविजेतामा चित्त बुझाएको आर्मीले रु एक लाख पायो । त्यसैगरी तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले रु ५० हजार पायो ।

    यही साउन ७ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघको सहभागिता थियो । रासस

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal