News Portal

  • मैले गरेको काम पनि आफूले गरेको भन्ने, भ्रम फैलाउनु पनि हद हुन्छ नि : सभापति देउवा

    हिमाली संचार संवाददाता
    ४१३ पटक

    काठमाडौं : प्रतिपक्ष दल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भएका कामकाे जस वर्तमान सरकारले लिएको भन्दै आपत्ति जनाएका छन्।

    आजदेखि सुरू भएको हिउँदे अधिवेशन बैठकमा देउवाले आफ्नो पालामा सुरू भएको सामाजिक सुरक्षा कार्यक्रमको श्रेय वर्तमान सरकारले लिएकोमा आक्रोश व्यक्त गरेका हुन्।

    ‘मेराे नेतृत्वमा संसदबाट पारित सामाजिक सुरक्षालाई आफ्नै कार्यक्रम भनेर अहिलेको सरकारले पोस्टर टाँगेर भड्किलाे प्रचार गर्यो,’ देउवाले भने, ‘उनीहरू आफैंले गर्नु नि। मैले गरेकाे कामलाई किन आफ्नाे भन्नु? हद हुन्छ नि। मेराे कामलाई आफ्नो सरकारले निर्णय गर्यो भन्दै हिँड्न पाइन्छ?

    अमेरिकाले नेपालकाे पूर्वाधार विकासनिम्ति ५० अर्ब अनुदान दिने सम्झौता पनि आफ्नै पालामा भएको उनले दाबी गरे। वर्तमान सरकारले यो कार्यक्रमको पनि श्रेय लिएको भन्दै आपत्ति जनाए।

    ‘मेरा पालामा अर्थमन्त्री ज्ञानेन्द्र कार्की आफैं अमेरिका गएर सही छाप गरेका हुन् त्यसमा,’ उनले भने, ‘यो काम पनि अहिलेको सरकार आफैंले गरेको भन्छ। जनतामा भ्रम फैलाउने गर्न भएन नि।

    उनले प्रधानमन्त्रीले नै जनता ठगेको अभिव्यक्ति दिँदै भने, ‘याे देशमा अरूले त ठगे, ठगे। कम्तीमा प्रधानमन्त्रीले त यसो भन्न भएन नि। काम गर्नुस् न आफैं, अर्काका कामलाई किन आफ्नो भन्नु?’
    यसका साथै देउवाले देशमा हिंसा तथा बलात्कार बढ्दै गएकाले शान्ति-सुरक्षा खलबलिएको पनि बताए।

    ‘आज जताततै बलात्कार भइरहेकाे छ। निर्मलाका दोषीलाई कारबाहीकाे साटो सरकारले लुकाउन खोजेको छ,’ देउवाले भने, ‘हैन भने किन पक्राउ गर्न सक्दैन दोषी? विचरा निर्दोषहरूलाई टर्चर दिए। मानसिक स्थिति बिग्रियो। यसको जिम्मेवारी कसले लिन्छ?’

    उनले कसैलाई पनि कबुल गर भनेर फसाउन नपाइने भन्दै दोषी पक्रनुपर्ने बताए। संघीयता कार्यान्वयन सम्बन्धमा पनि सरकारले चासाे नदिएको आरोप उनले लगाए। भने, ‘संघीयता कानुन नै छैन। मधेसका मुद्दा स्वागत गर्ने कुनै ऐन छैन। नेपाल सबैकाे देश हाे भन्ने सन्देश नै छैन। उनीहरूकाे भावना कदर भएन। हामीले ल्याएकाे प्रस्ताव पनि खारेज भयाे। सरकारलाई मतलबै छैन।’

    उनले जनतालाई शान्ति सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता भएको बताए।

    एसिया-प्यासिफिक समिटमा सरकार सह-आयोजक हुनु लाजमर्दो भएको पनि उनले बताए। ‘विवादित संस्थाको कार्यक्रममा सरकार किन आयोजक/सहआयोजक बस्ने,’ उनले भने ,’यो देशमा कति धर्म छन्। कति संस्था छन्। धर्म निरपेक्ष भन्ने अनि संस्थाको कार्यक्रममा आयोजक हुने? यस्तो नि हुन्छ?

    देउवाले वर्तमान सरकारले कर्मचारीलाई पनि दुःख दिएको आरोप लगाए। कर्मचारी नै देश चलाउने मुख्य खम्बा भन्दै उनीहरूका माग सरकारले सुन्न पर्ने देउवाको भनाइ छ।

    ‘कर्मचारीलाई खाली दुःख दिएर हुन्छ, उनीहरूका माग सुन्न पर्दैन? यतिका वर्ष उनीहरूले काम गरे। उनीहरूको पनि चित्त बुझाउन पर्छ,’ देउवाले भने।

    डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न पनि उनले माग गरे। ‘सम्झौता गर्न कसैले जबर्जस्ती गरेको थिएन,’ उनले भने, ‘कार्यान्वयन नै नगर्ने भए सम्झौता किन गर्नु ? सेतोपाटि

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal