News Portal

  • ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा प्रस्तुत ‘जनताको जनवाद’ त्रुटीपूर्ण छ : नारायणकाजी श्रेष्ठ

    हिमाली संचार संवाददाता
    ३४२ पटक

    काठमाडौँ– नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ । बैठकमा बोल्दै प्रवक्ता नाराणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका केहि राम्रा पक्ष भएपनि धेरै त्रुटि भएको धारणा राखेका छन् ।

    नेता श्रेष्ठको भनाई उद्धृत गर्दै बैठकमा सहभागि एक नेताले भने ‘प्रतिकूलता र चुनौतिलाई मुख्य बनाएर केहि गर्न सकिएन भने जस्तो प्रतिवेदनमा आएको छ । त्यो त हामीलेनै निर्माण गरेको हो । सम्भावना र अवसर मुख्य हो । यसलेनै प्रतिकूलता पैदा गरेको हो । प्रतिकूलतालाई मुख्य बनाउन भएन । नेतृत्वले सम्भावना र अवसरलाई पक्रेर अगाडि बढ्नुपर्छ ।’

    बैठकमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टी एकीकरण पछि औपचारिक रुपमा बैठकमा बहसको सुरुवात भएको भन्दै नेतृत्वले यसलाई सकारात्मक रुपमा लिन सुझाव दिएका छन् ।  ‘जनवादी छलफललाई महत्व दिनुपर्छ । हामीले बेस्ट बेनिफिट दिने भनेका छाँै । त्यसकारणले पार्टीभित्र जनवाद पनि सर्वोत्तम दिनु पर्र्यो, प्रवक्ता श्रेष्ठले भने, ‘मदन भण्डारीले जनताको बहुदलीय जनवाद भन्दा हामीले २१ औं शताब्दीको जनवादको विकासको कुरा राख्दा पार्टी, राज्य र समाजमा जनवादको अभ्यासमा कमजोरी भयो भनेका छौँ । त्यसकारण हामीलेनै निकालेको निष्कर्षप्रति इमान्दार हुने हो भने जनवादलाई सुनिश्चित गर्नुपर्छ ।’

    अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘हामीले निम्न सैद्धान्तिक एवं नीतिगत विषयलाई पार्टी एकताको मुख्य आधार बनाएको छौं’ भन्दै तेस्रो बुँदामा ‘न्यूनतम कार्यक्रम जनताको जनवाद (यो समाजवाद उन्मुख छ)’ भनिएको छ । त्यस्तै ‘जनताको जनवाद’ लाई न्यूनतम कार्यक्रम र वैज्ञानिक समाजवादलाई अधिकतम कार्यक्रम भनिएको छ ।

    प्रवक्ता श्रेष्ठले पार्टीभित्र अन्तसंघर्ष आवश्य भएको भन्दै नेतृत्वले कालो मुख नर्गन सुझाव दिएका छन् । ‘अन्तरसंघर्ष नभए पार्टी गतिशील हुँदैन । एकातिरबाट यो सैद्धान्तिक निष्कर्षको रुपमा लिने अर्को तिर अन्तसंघर्ष, विचार छलफल भयो भनेर कालो मुख गर्न भएन । नेतृत्वले यसलाई सहजरुपमा लिँदै पार्टी निर्माणको अभिन्न अंगको रुपमा लिनुपर्छ ।’

    प्रवक्ता श्रेष्ठले आफ्ना विचार र छलफल गरेकै आधारमा नेतृत्वले गलत बुझ्न नहुने तर्क राखेका छन् । ‘बुर्जुवाहरुले छलफल गर्न दिन्छन् तर त्यसलाई आत्मसात गर्न दिँदैनन् । हामीले के गल्ती गर्न हुँदैन भने विचार राख्न दिएर परिमार्जन गर्न ध्यान नदिने गर्न भएन, प्रवक्ता श्रेष्ठले भने, ‘विचार व्यक्त गरे पनि भन्ने अनि त्यहिबाट को आफ्नो पक्ष को अर्को पक्ष भनेर छुट्याएर आफ्नो पक्ष नभएका मान्छेहरुलाई निषेध गर्न मिल्छ भनेजस्तो कुरा बुझ्न भएन ।’

    प्रवक्ता श्रेष्ठले प्रतिवेदनमा केही सकारात्मक पक्ष भएको भन्दै कमजोर पक्ष पनि भएको धारणा राखेका छन् ।  ‘प्रतिवेदनमा वैचारिक राजनीतिक कार्यक्रमनै त्रुटीपूर्ण छ । जनताको जनवादलाई न्युनतम कार्यक्रम भनेर ल्यायो । यो सामन्तवाद विरोधी पुँजीवाद जनवादी क्रान्तिको कालमा हामी सबैले भन्ने गरेको कार्यक्रम हो, प्रवक्ता श्रेष्ठले भने,‘ अहिलेको ऐतिहासिक चरणको कार्यक्रम जनताको जनवाद भएको र दोस्रो चरणको कार्यक्रम समाजवाद हो भनेर भनेका छौँ । अहिले त पुजीँवादी जनवादी क्रान्ति सम्पन्न भैसक्यो सामान्तवाद विरुद्ध । अनि जनताको जनवादलाई न्युनतम कार्यक्रम किन भन्ने ? अहिले हाम्रो आधारभूत कार्यक्रम समाजवाद हो ।’

    प्रवक्ता श्रेष्ठले राजनीतिक प्रतिवेदनले कमीकमजोरी स्वीकार र आत्मलोचना नगरेको बताएका छन् । बिहिबार बैठकमा प्रधानमन्त्रीका सल्लाहाकार समेत रहेका विष्णु रिमालको नामनै नलिई ‘आत्मआलोचना गर्नु आत्मनिन्दक गर्नु हो’ भन्ने अभिव्यक्ति गलत भएको धारणा राखे ।

    सांगठनिक एकीकरण मुख्य भएको भन्दै त्यसबारे प्रतिवेदन नबोलेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे । ‘यो प्रतिवेदनमा सांगठनिक कार्यक्रमको ठोस योजना छैन । शान्ति प्रक्रियाकाको बाँकी काम बारे प्रतिवेदनले चर्चानै गरेको छैन ।’

    प्रवक्ता श्रेष्ठले पार्टी विधानलाई सच्याएर, राजनीतिक प्रतिवेदन तत्काल प्रकाशित गर्न आग्रह गरेका छन् ।  ‘प्रतिवेदनलाई सच्चाउनुपर्छ । प्रदेश कमिटीको पूर्णताको अनुमोदन, जिल्ला कमिटीहरुको एकीकरणको पूर्णता, जनवर्गीय संगठनको एकीकरण र केन्द्रीय सदस्यहरुको कार्यविभाजन यहि बैठकले गर्नुपर्छ ।’

    पार्टीले सरकार चलाउनुपर्नेमा त्यसो नभएको भन्दै प्रवक्ता श्रेष्ठले सरकारलाई सफल बनाउन नयाँ कार्ययोजना ल्याउनुपर्ने धारणा राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal