News Portal

  • मकाउमा नेबि संघ गठन, अध्यक्षमा न्यौपाने चयन !

    हिमाली संचार संवाददाता
    ११३९ पटक

    कर्ण अधिकारी
    मकाउ : चीनको स्वशाशीत क्षेत्र मकाउका नेपाली काँग्रेसको भातृ संगठन नेपाली बिद्यार्थी संघ मकाउ गठन भएको छ। प्रवासमा रहेर पनि नेपाली काँग्रेस प्रतिको आस्थालाई सजीवता दिलाउनका लागि नेपाल बिद्यार्थी संघ केन्द्रिय कार्यालयबाट अध्यक्ष नैन सिंह महरले मिति २०७५।२।१० गतेको पत्रमा मकाउमा पढ्दै र ब्यबसाय गरी रहेका युवराज न्यौपानेलाई नेपाल बिद्यार्थी संघ मकाउको अध्यक्ष तोकी पत्रचार गरेको भए पनि कार्य ब्यस्तता र बिबिध कारणले केही महिना पश्चात युवराज न्यौपानेको अध्यक्षतामा मिति २०१८/१२/०७ तारीखका दिन १३ सदसीय कार्य समिति गठन गरीएको छ।

    अध्यक्षमा युवराज न्यौपाने, उपाध्यक्ष द्वय राम तामाङ र बिशाल के.सी, महामन्त्री ईश्वर भट्ट, सहमहामन्त्री रितेश रायमाझी, कोषाध्यक्ष संजय अधिकारी, सदस्यहरू जगदिश न्यौपाने, भिम तामाङ, रबिन्द्र गुरूङ, किरण प्याकुरेल, सुनिल कुमार पाण्डे, बिपेन खड्का र मिलन मल्ल रहेका छन्।

    उक्त गठन भएको कमिटीले नेपाली जनसम्पर्क समिति मकाउसंग समन्वय गरी अगाडी बढ्नु भन्ने पत्राचार भएको कारण अध्यक्ष न्यौपानेले आउँदा दिनहरूमा नेपाल बिद्यार्थी संघ मकाउले नेपाली जनसम्पर्क समिति मकाउ संग समन्वय गरी अगाडी बढ्ने कुरा ब्यक्त गर्नु भएको छ।

    न्यौपाने मकाउको आई एफ टी कलेजमा बिजनेश संबन्धि प्रिन्सिपल अफ बिजनेश म्यानेजमेन्ट पढ्दै हुनु हुन्छ। मकाउमा रहेका युनिभर्सिटीहरू नेपाली बिद्यार्थीहरूका अध्ययनका लागि राम्रो गन्तब्य समेत हुन सक्छ। बिशेषत होटल, पर्यटकीय अध्ययनका लागि राम्रो मानिएको मकाउमा भबिष्यमा नेपाली बिद्यार्थीहरूलाई समेत अध्ययन गर्ने बाटो तय गर्नका लागि अध्यक्ष न्यौपानेले पहल गरी रहेको कुरा ब्यक्त गर्नु भएको छ।

    यसरी प्रवासमा समेत नेपाली काँग्रेको भातृ संगठनहरू सक्रिय भई गठन हुनाले भबिष्यमा काँग्रेसलाई नै टेवा पुग्ने छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal