News Portal

  • एसियन गेम्सका एक्ला नेपाली गोलकर्ता घले !

    हिमाली संचार संवाददाता
    ५७५ पटक

    काठमाडौं : २१ नोभेम्बर १९८२, नेपाली फुटबलका लागि ऐतिहासिक दिन हो । यही दिन नेपालले पहिलो पटक आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

    प्रतिस्पर्धी थियो, पुगनपुग ५ महिना अघिमात्रै स्पेनमा विश्वकप खेलेर फर्केको टीम कुवेत । नयाँ दिल्लीमा भएको एसियन गेमअन्तर्गत फुटबलमा ७० मिनेटसम्म गोलरहित बराबरी खेलेको नेपालविरुद्ध कुवेतले १० मिनेटमा ३-० गोल गर्‍यो तर, खेल यतिमै सकिएन ।

    खेल सकिन ५ मिनेट बाँकी छँदा नेपालका मिडफिल्डर यामबहादुर (वाईबी) घलेको खुट्टामा बल पर्‍यो । उनले कुवेतका तीन डिफेन्डरलाई छलाएर दाहिने खुट्टाले कडा प्रहार गर्दै बललाई जाली चुमाए । ‘त्यसपछि उनीहरूको गोलकिपर हक्का न बक्का भए, हामी खुशीले नाच्यौं’ अनुहार उज्यालो पार्दै घलेले साढे ३ दशक पुरानो घटना स्मरण गरे ।

    नेपाली फुटबल इतिहासको त्यो नै पहिलो हो। अन्तर्राष्ट्रिय गोल थियो । कुवेतसँग ३-१ गोलले पराजित भए पनि त्यहि गोलका कारण ८ नम्बरको जर्सी लगाउने घलेको वाहवाही शुरु भयो ।

    एसियन गेम खेल्न गएका सबै खेलाडी तथा पदाधिकारीबाट आफूलाई बधाई दिन हाँपझाँप गर्दै आएको उनले विर्सेका छैनन् ।

    राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिव स्व. शरदचन्द्र शाह, अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन अध्यक्ष कमल थापा लगाएतले उनलाई बधाई दिएका थिए ।

    ‘वास्तवमा त्यो गोलले मेरो परिचय नै बदल्यो,’ ललितपुरको नक्खुस्थित निवासमा घलेले भने, ‘त्यसपछि मलाई भिक्टोरिया क्रस (भीसी) विजेता गजे घलेको छोरोभन्दा पनि फुटबलर वाईबी घले भनेर चिन्न थाले ।’

    बर्मा र इराकसँग समान ३-० गोलअन्तरले पराजित भए पनि खेलाडीहरूलाई एन्फाले जनही रु. २५ हजार दिनुले पनि त्यो गोलको महत्व कति थियो भन्ने दर्शाउँछ ।

    १९८२ यता नेपालले पाँच पटक एसियन गेम खेलेको छ । यसबीचमा १५ खेल खेल्दा नेपालले ६५ गोल खाएको छ । जम्मा एक गोल गरेको छ, जुन गोल पहिलो म्याचमा घलेले गरेका थिए ।

    ‘त्यो कीर्तिमान तोडिनै पर्छ’

    १८ अगस्टदेखि २ सेप्टेम्बरसम्म इन्डोनिसियामा १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । एमूह ‘डी’ मा परेको नेपालका प्रतिद्वन्द्वी छन्, रुस विश्वकपमा नकआउट चरणसम्म पुगेको जापानसहित भियतनाम र पाकिस्तान । तीन बलिया प्रतिद्वन्द्वीसँग फिफा वरियतामा १६१ औं स्थानमा रहेको नेपालको प्रदर्शन कस्तो होला ?

    १९८२ देखि १९९० सम्म राष्ट्रिय टीमबाट खेलेका घले भने साढे तीन दशकदेखि आफ्नो नाममा रहेको कीर्तिमान भंग होस् भन्ने कामना गरिरहेका छन् । अघि उनी त पहिलो जित नै होस् भन्ने चाहन्छन् । ‘कम्तीमा मेरो कीर्तिमान तोडियो भने साह्रै खुशी हुनेछु,’ उनले भने ।

    ३ मिनेटसम्म कञ्चटमा पेस्तोल

    एसियाडमा कीर्तिमानी गोल गरेका घलेको जीवनको अवस्मरणीय क्षण भने २७ औं मर्डेका कप बन्यो । १९८३ मा कप्तान रुपक शर्माको नेतृत्वमा टीम नेपाल मलेशिया गएको थियो । त्यहाँ नेपालको भेट स्पेन विश्वकप खेलेर फर्केको अफि्रकी देश अल्जेरिया, आयोजक मलेशिया, अर्जेन्टिना, बंगलादेश र दक्षिण कोरियासँग भयो ।

    समूह ‘ए’ मा परेको नेपाल मलेशियासँग ७-०, अर्जेन्टिनासँग ३-०, दक्षिण कोरिया र बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

    १ वर्ष अघिको विश्वकपमा पश्चिम जर्मनी र चिलीलाई पराजित गरेर फर्केको अल्जेरियासँग नेपालको खेल अन्तिममा परेको थियो । युवा टोली उतारेको अर्जेन्टिना समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने निश्चित भइसकेको थियो । दोस्रो चरण पुग्नका लागि अल्जेरियाले नेपाललाई फराकिलो अन्तरले जित्नुपर्ने थियो ।

    खेल शुरु भएको एक घण्टा बितिसक्दा पनि नेपालको रक्षापंक्तिले अल्जेरियाका खेलाडीलाई गोल गर्ने अवसर दिएको थिएन । त्यसपछि उनीहरूले सानोसानो कुरामा निहुँ खोज्न थाले । ‘यसैबीच एकाएक उनीहरूले रुपकजीलाई हातपात गरे,’ उनी सम्झन्छन् ।

    घले आफ्ना कप्तानलाई बचाउन अघि सरे । तर, सुरक्षाकर्मीले आफ्नो कञ्चटमा पेस्तोल तेस्र्याएको घले बताउँछन् । उनी भन्छन्, ‘खै किन हो मेरो कञ्चटमा करिब ३ मिनेट पेस्तोल तेर्स्याए ।’ त्यो दिन थियो, २८ सेप्टेम्बर १९८३ । स्थानः जोहर बारु रंगशाला, मलेशिया ।

    झगडाको शुरुवात गरेर शर्मामाथि हातपात गरिरहेका अल्जेरियाली खेलाडीलाई भने सुरक्षाकर्मीले केही गरेनन् । ‘मलाई नै पेस्तोल किन तेर्स्याइयो अझै बुझ्न सकेको छैन,’ लामो श्वास तान्दै उनले ३५ वर्ष पुरानो घटना स्मरण गरे । त्यो खेलमा नेपाल अल्जेरियासँग २-० गोलले पराजित भयो ।

    बहादुरीपूर्वक दोस्रो विश्वयुद्ध लडेर भीसी जितेका गजे घलेका छोरा त्यो घटना सम्झिँदा अहिले पनि आङ सिरिङ हुने बताउँछन् ।

    बंगलादेशमा व्यावसायिक फुटबल

    नेपाली खेलाडी विदेशी क्लबमा अनुबन्ध हुँदा सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकाशित गर्छन् तर घलेको पुस्ताले भने १९८० को दशकमै बंगलादेश पुगेर व्यावसायिक फुटबल खेलेका थिए । कृष्ण थापा (हाल एन्फा उपाध्यक्ष) र आफू ढाकाको वान्डेरेरियर्स क्लबबाट खेलेको घले बताउँछन् । त्यति बेला गणेश थापा बंगलादेशकै अबहानी क्लबबाट खेल्थे ।

    घरेलु क्लबबाट उनले रानीपोखरी कर्नर टीम (आरसीटी), फ्रेन्डस् क्लब, नेपाल पुलिस क्लब र रोयल नेपाल एयरलाईन्स क्लब (आरएनएसी) बाट खेले तर क्लबबाट खेल्नु र राष्ट्रिय टीमबाट खेल्नुमा धेरै अन्तर भएको घलेको भनाइ छ । १९८४ मा दक्षिण एसियाली फुटबलमा नेपाललाई स्वर्ण पदक दिलाउँदा गोल गरेका घले राष्ट्रिय टीमबाट खेल्दा सेवा सुविधाको वास्ता गर्न नहुने बताउँछन् ।

    नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका घलेको दाहिने खुट्टा प्यारालाइसेस भएको १ दशक पुग्न लागिसकेको छ । सरकारले उपचार खर्च नदिए पनि कुनै गुनासो नरहेको बताउँदै ६० वर्षीय घलेले भने, ‘नेपाली फुटबलको स्वर्णकालका बेला राष्ट्रिय टीमको सदस्य हुन पाउनु नै आफैंमा गर्वको विषयमा हो ।’

    एसियाड र साग खेल्ने तयारीमा रहेका टीम नेपालका खेलाडीहरूलाई उनको सुझाव छ। ‘देशको लागि खेल्दछु भनेर मैदान उत्रनुस् अवश्य उपलब्धी हात लाग्ने छ ।अनलाइनखबर

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal