नरेश बोहोरा
काठमाण्डोै। साङ्गितिक क्षेत्रका बलिया अनि तेजिला गायक सर्जक हुन् प्रेम सापकोटा सोनुका बजारमा थुप्रै गीतसङ्गितहरु भर्दै आइरहेका छन् । केहि समय अघि तिज गीत जाहाजै चडेर बोलको गीतको संगीत भरेका थिए। अहिले नयाँ गीत “बच्चाको साथी” सार्बजनिक गरेका छन् ।
गायिका सिता श्रेष्ठ र प्रेम सापकोटा सोनुको आवाज रहेको गीतलाइ प्रेम सापकोटाले नै शब्द संगीत गरेका छन् । गीत उत्कृष्ट बन्न सफल भएको छ। उस्तै मिठो शब्द अनि आवाज बनेर बजारमा आएको छ। दर्शक श्रोताले मनमुटुमा राखेर सुन्नुहुनेछ अनि मन पराउनुहुनेछ भन्ने आशा बोकेका छन् गायक प्रेम सापकोटाले।
गीतलाई स्मृति तिमिल्सिनाले म्युजिक भिडियो निर्देशन गरेकि छन् भने स्मृति तिमिल्सिना र युवा पुस्ताका चर्चित युवा मोडल जेम्स बिसिको अभिनय रहेको देख्न सकिन्छ । गीतको सम्पादन प्रकाश धमलाले गरेका हुन भने दुर्गा पौडेल, शुरेश श्रेष्ठ र संगम प्रकाश कडेलले छायाकन गरेका हुन् । सो म्युजिक भिडियोको दृश्य निर्माण भने गुरुआमा फिल्मस प्रा.लि.ले गरेको हो।
हेर्नुहोस उक्त गीतको भिडियो।