News Portal

  • जोशीलाई रोक्ने नेकपाको तयारी, कांग्रेसको चेतावनीले बैठक सर्‍यो

    ४५८ पटक

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न सकेन ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेका थिए । त्यसको सुइँको पाएपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरुले बैठक बहिस्कारको चेतावनी दिए ।

    ‘पार्टीको धारणा बनेको छैन भनेर कांग्रेसका साथीहरु बैठक नै बस्न मान्नुभएन’ नेकपाका एक सांसदले अनलाइनखबरसँग भने, ‘हामीले निर्णय गर्ने तर, कांग्रेसले बहिस्कार गर्ने अवस्था नआओस् भनेर सहमतिमै बैठक सारिएको हो ।’

    सोमबार कुनै निर्णय नगर्ने सहमतिपछि कांग्रेस सांसदहरु बैठकमा आए तर बैठक पर्सि १६ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भयो ।

    जोशीलाई सिफारिस नगर्ने पक्षमा नेकपा

    सत्तारुढ नेकपा जोशीलाई प्रधानन्यायाधीश बनाउने नबनाउनेबारे लामो समय अनिर्णित रह्यो ।

    शीर्षनेताहरुबाट सिग्नल नआएको भन्दै सुनुवाईपछि पनि समितिको बैठक दुईपटक सारियो । आइतबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले जोशीको शैक्षिक प्रमाणपत्रमा प्रश्न उठ्नुका साथै फैसलाहरु पनि विवादित रहेको कारण देखाउँदै उनलाई प्रधानन्यायाधीश सिफारिस नगर्न निर्देशन दियो ।

    ‘यदि पर्याप्त कारण र आधार छ भने संसदीय सुनुवाई समितिले अस्वीकृत पनि गर्न सक्छ है भन्ने सन्देश दिन खोजिएको हो’ नेकपाका एक नेताले भने ।

    त्यसअघि नेकपाका नेताहरुले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।

    सुनुवाई समितिमा नेकपाका ९ सांसद छन् । सत्तारुढ संघीय समाजवादी फोरमका एक सदस्य छन्, उनले समर्थन गरेको अवस्थामा दुई तिहाई बहुमत पुग्छ ।

    दिनभरि दीपकराजको दौडधुप

    सर्वोच्चका वरिष्ठतम न्यायाधीश भएको र कामु प्रधानन्यायाधीश भइसकेका जोशी आफू सहजै सिफारिस हुनेमा ढुक्क देखिन्थे । उनी सुनुवाईमा पनि त्यही रुपमा प्रस्तुत भएका थिए ।

    तर, सुनुवाई भएको लामो समयसम्म निर्णय नभइरहेको अवस्थामा सत्तारुढ दलले नै अस्वीकारको निर्णय लिएको सुनेपछि कामु प्रधानन्यायाधीश जोशीको सक्रियता सोमबार दिनभरि बढ्यो ।

    उनले सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास पनि गरे । त्यसका लागि उनले सत्तारुढ दलकै नेताको साथ खोजेका थिए ।

    तर, सोमबार प्रधानमन्त्रीसँग भेट सम्भव भएन । कामु प्रधानन्यायाधीश जोशीनिकट स्रोतले ओलीसँग टेलिफोनमा सम्वाद भएको र भोलि विहान प्रधानमन्त्रीलाई भेट्ने तय भएको दाबी गरेको छ । प्रम सचिवालयले भने यसबारे अनविज्ञता प्रकट गरेको छ ।

    सुनुवाई समितिको सोमबारको बैठकअघि जोशीले शैक्षिक प्रमाणपत्र पनि सञ्चार माध्यमहरुलाई उपलब्ध गराएका छन् । प्रमाणपत्र विवादलाई देखाएर अस्वीकृत गर्न खोजेको भन्दै उनले प्रमाणपत्र नक्कली नभएको सन्देश दिन खोजेका थिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal