News Portal

  • कुवेतबाट आँखाको क्यान्सर पिडित अंकित राईलाइ ८१ हजार रुपैयाँ भन्दा धेरै सहयोग हस्तान्तरण

    हिमाली संचार संवाददाता
    ५५१ पटक

    कुवेत : खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल परिसरमा एनआरएन आइसिसी सदस्य अमित राई,गोरखापत्रका सहसम्पादक राजेश चाम्लिङ, लेखक तथा पत्रकार गणेश कुमार राई,समाजसेवि इन्द्र कुमार चाम्लिङ,अभियन्ता मातृका राई,जनालय अनलाईन न्युजका प्रबन्धक तथा सामाजिक अभियन्ता किशोर सुनुवार,पत्रकार राजकुमार खड्काको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

    अंकितको आँखामा समस्या देखिए पछि गाउँबाट उपचारको लागि काठमाण्डौको तिलगंगा आँखा अस्पतालमा लागेको र उक्त अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले क्यान्सर जस्तो गम्भीर रोगको उपचारको लागि लामो समयसम्म किमो दिनु पर्ने साथै यो उपचारको लागि ठुलो धनराशी लाग्ने भएकोले र घरको आर्थिक स्थिति अत्यन्तै कम्जोर रहेकोले गत जुलाई महिनामा अंकितको बुबाले उपचार खर्चको लागि फेसबुक संजाल र मिडिया मार्फत आर्थिक सहयोग जुटाइदिन अपिल गरेका थिए।

    त्यस लगतै अंकितको उपचारको लागि देश तथा विदेशबाट आर्थिक सहयोग गर्दै आएको र उक्त आर्थिक सहयोगबाट उठेको रकमले लगातार उपचार भैरहेको क्रममा कुवेतबाट पनि नैनकला राईको नेतृत्वमा र सहयोगी साथीहरु क्रमशः भगिरथ राई, हरि राई, बैजन्ति राई र माया साम्पाङ राईको सक्रियतामा कुवेतमा कर्मथलो बनाउदै आउनु भएका नेपाली तथा गैर नेपाली दिदीबहिनी तथा दाजुभाईहरुले गर्नु भएको आर्थिक सहयोग ८१ हजार २६ रुपैयाँ संकलन गर्न सफल दाताहरु :-

    १. जय आले मगर – ५ केडी
    २. सुरेश गुरुङ – ५ केडी
    ३. चन्द्र तामाङ – ५ केडी
    ४. शुकबहादुर गुरुङ – ५ केडी
    ६ . सरोज महतारा – २ केडी
    ७. इरेशा उपुला कुमारी – १ कडी
    ८ . देवराज भण्डारी – ०.५०० फिल्स
    ९. नैनकला राई – १० केडी
    १०. माया साम्पाङ – १० केडी
    ११. बैजन्ति राई मार्फत – २१ केडी
    १२ . युवक राई – ५ केडी
    १३ . हरि राई मार्फत – ५१ केडी
    १४ . भगिरथ राई मार्फत ८० केडी
    १५. मन्जित राई – ५ केडी
    १६. युवराज राई – ५ केडी
    १३. गोबिन्द बराल १ केडी
    १४. पुर्णिमा बुढा मगर १ केडी ५०० फिल्स जम्मा रकम २१३ केडी मात्र नेपाली रूपैया- ८१०२६ एकासी हजार छबिस रूपैया संकलित रकम हस्तान्तरण गरिएको जानकारी नैनकला राईले दिएका छिन् साथै यस अभियानमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नु हुने सम्पूर्णलाई राईले हार्दिक धन्यबाद व्यक्त गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    कतारका राजाको नेपाल भ्रमणमा सार्वजनिक बिदा

    काठमाडौं। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal