News Portal

  • प्रदेश राजधानी १२-१२ वर्षमा फेर्नुपर्ने सांसद शाक्यको प्रस्ताव !

    हिमाली संचार संवाददाता
    ४१८ पटक

    काठमाडौं – प्रदेश नम्बर ३ का सांसद डा. अजयक्रान्ति शाक्यले प्रदेश राजधानी १२-१२ वर्षमा फेर्नु पर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । प्रदेश नम्बर तीनको प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले तीन नम्बर प्रदेशको राजधानी कहाँ राख्दा उचित होला ? भन्ने अध्ययनसहितको प्रतिवेदन प्रदेशसभालाई बुझाएपछि यो विषयमा बहस सुरु गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

    अध्ययन समितिले भौगोलिक अवस्था, क्षेत्रफल, जिल्लागत दूरी, जनसंख्या, स्थानीय तहको संख्या, पूर्वाधारको अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्था, वातावरणीय अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन तयार पारेर प्रदेशसभालाई बुझाएको छ । अब त्यही प्रतिवेदनका आधारमा प्रदेश तीनको राजधानी कहाँ राख्ने भन्ने बारेमा आगामी बैठकमा छलफल हुने भएको छ ।

    ‘प्रदेश नम्बर तीनको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले तीन नम्बर प्रदेशको राजधानी कहाँ राख्दा उचित होला भनेर प्रदेशसभामा आफ्नो प्रतिवेदन पेस गरेको छ,’ शाक्यले भने, ‘हामी अब संभवतः आगामी बैठकमा प्रदेश राजधानीका विषयमा छलफल गर्छौं । छलफल त्यही प्रतिवेदनका आधारमा अघि बढाउँछौँ ।’

    समितिले मुख्य गरेर पाँच वटा जिल्लामा प्रदेश राजधानी राख्दा उचित हुने प्रतिवेदन बुझाएको जानकारी दिदैँ शाक्यले भने, ‘समितिले बुझाएको प्रतिवेदनलाई नै आधार मानेर छलफल अगाडि बढाउँदा तत्काललाई सबै भन्दा उपयुक्त होला भन्ने ठानेका छौँ,’ उनले थपे, ‘मेरो धारणा भन्ने हो भने अहिले अध्ययन समितिले पाँच ओटा जिल्लालाई सिफारिस गरेको छ । उदाहरणका लागि अध्ययन समितिले सबैभन्दा बढी पूर्वाधार भएका यी पाँच जिल्लामा पनि काभ्रे र चितवनलाई भनेको छ । यीमध्ये कुन जिल्लामा राजधानी बनाउन पूर्वाधार पुग्छ । हो त्यही जिल्लामा सबैभन्दा पहिला अर्थात तत्काललाई प्रदेश राजधानी तोकौँ ।’

    त्यसपछि बाँकी जिल्लालाई कम्तीमा १२-१२ वर्षमा पालैपालो राजधानी बनाउँदै जानुपर्ने उनको सुझाव छ । ‘हामीले १२ वर्षसम्म जुन जिल्लालाई राजधानी तोकेको हो त्यो जिल्ल्ााको पूर्वाधार पूर्णरुपमा विकास गरौँ । त्योसँगै अन्य जिल्लामा पनि विकास गर्दै जाऔँ । यो प्रदेश नम्बर तीनको मात्र होइन सात ओटै प्रदेशमा यही धारणा अनुरुप अघि बढ्न सकिन्छ,’ उनले भने, ‘यसरी हामीले १२-१२ वर्षमा राजधानी सार्ने र त्यहाँको पूर्वाधार विकास गर्दै अघि बढ्ने हो भने हामीले मुलुकको कुना-कुनासम्म विकास गर्न सक्छौँ । हामीले नेपालमा यसको सुरुआत गरेका छैनौँ ।’

    विदेशमा यसको प्रयोग भैसकेको उदाहरण पनि उनले प्रस्तुत गरे । ‘हामीले यसको उदाहरणको रुपमा पाकिस्तान, म्यान्मार, अष्टे्रलिया, ब्राजिल लगायत करीव ११ वटा देशले गरेको अभ्यासलाई नमुनाको रुपमा लिन सक्छौँ,’ उनले भने, ‘म त अझ प्रदेश मात्र होइन संघीय राजधानी पनि कम्तीमा २५-२५ वर्षमा सार्नुपर्छ भन्ने मान्यता राख्छु । हामीले यसरी संघीय राजधानी पनि सार्ने हो भने मुलुकको अन्य ठाउँको पनि विकासमा थप टेवा पुग्ने निश्चित छ । अहिले काठमाडौं उपत्यकाको जस्तो दुरावस्था हुँदैन । त्योसँगै संघीयता कार्यान्वयन पनि उचित ढंगले भएर समग्र नेपालको विकास हुने छ ।’

    समितिले भौगोलिक अवस्था, क्षेत्रफल, जिल्लागत दूरी, जनसंख्या, स्थानीय तहको संख्या, पूर्वाधारको अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्था, वातावरणीय अवस्था सबैको अध्ययन गरेर वर्णानुक्रम अनुसार काभ्रेपलाञ्चोक, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लामा प्रदेश राजधानी राख्दा उचित हुने सिफारिस गरेको छ ।

    एनले संघीयतालाई साच्चै नै उपलब्धिमुलक बनाउने हो भने वा संघीयतालाई कार्यान्वयन गरे अनुसार नै त्यसको भावना अनुरुप हामी अघि बढ्दै त्यो सपना साकार पार्ने हो भनेे मेचीदेखि महाकालीसम्मका हरेक जिल्लामा पूर्वाधारको विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने...

    लायन्स जगत गुरुङद्धारा श्री मावि धरानलाई पंखा सहयोग

    बैशाख-५, बुधबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरका पूर्वअध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगत...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal