News Portal

  • फोक्सिङटार पुल अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न भएको कम्पनीको दावी

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    खोटाङ – खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं. ९ लिच्कीराम्चे र उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं. ६ आपटारको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमा निर्माणाधिन पुलको काम करीव ९० प्रतिशत सम्पन्न भएको छ।

    दिक्तेल-गाईघाट सडक खण्ड अन्तर्गत फोक्सिङटार सडक विभागको रु. १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती–वाईपी जेभीले विस २०७३ चैत २२ गतेदेखि सुनकोशी नदिमा १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण गरिरहेको हो।

    जेभीले विस २०६९ चैत २३ गते सम्झौता गरेर विस २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो। तर, पटक पटक म्याद गुजार्दै काम गरेको निर्माण कम्पनीले १० वर्षपछि मात्रै पुलको काम अन्तिम चरणमा पु¥र्याएको छ।

    निर्माणाधिन पुलको आर्च र कोलमको काम सकिएको जेभीका ईन्जिनियर नरेश कुमार गुप्ताले दावी गरे। उक्त पुलको काम ९० प्रतिशत काम सकियो अब पुलको स्ल्याप ढलान मात्रै बाँकी छ। त्यो काम अब एक महिना दिनपछि गरिनेछ। स्काफ फोल्डिङ, फर्मा र डण्डी राख्ने कामलाई एक महिना दिन लाग्ने ईन्जिनिय गुप्ताले हिमालीसंचारडटकमसंग बताए। 

    जेभीका सञ्चालक रामकुमार थापाले असारको १६ गते पुलको आर्च स्ल्याप ढलान गर्ने बताएका थिए। साइडको वस्तुस्थिति नबुझि बोल्ने गरेका थापाले साउन १५ गतेदेखि गाडी गुडाउने आश्वसन समेत दिएका थिए । पुलको कामका बारेमा बुझ्न फोन गर्दा थापा फोन उठाउँदैनन्।

    निर्माण कम्पनीले पुल निर्माण नगर्दा वर्षेनी लाखौ खर्चेर निर्माणाधिन पुल नजिकै अस्थाई बेलिब्रिज मार्फत सवारी आवतजावत गरिदै आएको छ। सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते जडान गरिएको बेलिब्रिज गएको जेठ ८ गते खोलेको थियो। बेलिब्रिज निकालेसँगै दिक्तेलबाट उदयपुरको गाईघाट हुंदै तराईसम्मको सीधा यातायात बन्द हुन्छ। बेलिब्रिज निकालेपछि ५/६ महिना दिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ।

    नदीको अफ्ठ्यारो कामहरु सकेको अवस्था हेर्दा अब आउने हिउँदमा बेलिब्रिज राख्नु नपर्ने दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताए।

    प्रतिकृया दिनुहोस्

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal