News Portal

  • असार १५: खेती-किसानीको खाजा, स्वादिलो अनि तागतिलो पनी…!

    हिमालीसंचार संवाददाता
    १६४ पटक

    किसानहरुले असार महिनालाई ‘मानो रोपेर, मुरी उब्जाउने’ विशेष महिना मान्दछन् । अहिले किसानहरु असारे बाली लगाउनमा व्यस्त छन् । असार १५ किसानहरुले पर्वकै रूपमा मनाउने प्रचलन रहेको छ ।

    रोपाइँको यो महिनामा खेतालाहरूलाई विशेष खाजा खान दिने प्रचलन रहेको छ । असारे खाजा र असारे भाकाको महत्व अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउदै आएको छ । यस दिन विशेष गरेर दही चिउरा खाने प्रचलन छ । साथै खेती-किसानीका बेला खाइने अन्य विभिन्न प्रकारका खाजा पनि सर्वप्रिय छन् ।

    दही-चिउरा:

    असार १५ का दिन विशेष गरी रोपारहरूलाई दिइने सबैभन्दा लोकप्रिय खाजा दही चिउरा हो । दहीले पाचन प्रणालीलाई राम्रो बनाउने र चिउराले ऊर्जा दिने भएकाले किसानहरुका लागि यो खाजा मुख्य प्राथमिकतामा पर्छ ।

    आज असार १५ मा धान रोपाइँमै किसानहरु व्यस्त हुने भएकाले खाजा बनाउन पनि किसानहरुसँग धेरै समय हुँदैन । दहीलाई अघिल्लो दिन घरमै जमाउन सकिने र चिउरा पनि सजिलै उपलब्ध हुने भएकाले यो सहज खाना हो । स्वास्थ्यको दृष्टिकोणले हेर्दा पनि यो खाजा एकदमै राम्रो हुन्छ ।

    चाम्रे र गुन्द्रुक साँधेको:

    खेती-किसानीका बेला प्राथमिकतामा पर्ने अर्को खाजा चाम्रे र गुन्द्रुक साँधेको पनि हो । विशेषगरी तराई क्षेत्रमा यो खाजा बढी लोकप्रिय छ । गाउँघरको लोकल चामलमा गाईभैंसीको शुद्ध घिउ राखेर त्यसमा मेथी, मरिच, बेसार र चिनी राखेर सानो आँचमा बिस्तारै पकाएको चाम्रे र त्यसको साथमा भटमास राखेर बनाएको गुन्द्रुकको अचार निकै मीठो र स्वास्थ्यकर हुन्छ ।

    लोकल चामलबाट बनेको चाम्रेमा राम्रो कार्बोहाइड्रेट हुने भएकाले यसले शरीरमा ऊर्जा दिन्छ भने साँधेको गुन्द्रुकले चाम्रेको स्वादलाई झन् बढाउँछ ।

    आलुको तरकारी र चिउरा:

    खेती-किसानीका बेला अर्को सर्वप्रिय खाजा आलुको विभिन्न परिकार र चिउरा पनि हो । आलुको अचार, आलुको तरकारी, आलुको झोल तरकारी, साँधेको आलु र चिउरा असारे खाजा हुन् । आलु र चिउरामा दुवै कार्बोहाइड्रेटको राम्रो स्रोत भएकाले यो खाजाले काम गर्न ऊर्जा दिन्छ । खेतमा काम गर्न धेरै ऊर्जा चाहिने भएकाले आलु र चिउरा एकदमै उपयोगी खाजा हुन सक्छ ।

    रोटी र गेडागुडीको तरकारी:

    घरमा बन्ने सुपाच्य र मीठो खाजा रोटी तरकारी पनि खेती-किसानीमा प्राथमिकतामा पर्ने खाजा हो । रोटी कार्बोहाइड्रेटको राम्रो स्रोत र गेडागुडी प्रोटिनको स्रोत भएको हुनाले यो खाजा स्वास्थ्यको दृष्टिकोण पनि उत्तिकै राम्रो छ । यो खाजाले पनि खेतालालाई काम गर्न राम्रो ऊर्जा दिन्छ । गाउँघरमा पीठो अलि सहज रूपमा उपलब्ध हुने भएकाले पनि यो खाजा प्राथमिकतामा परेको हुनसक्छ ।

    पोषणको हिसाबले पनि राम्रो:

    दही प्रोबायोटिक्स हो, जसले पाचन प्रक्रिया सुधार गर्न सहयोग गर्छ । दहीले शरीरलाई आवश्यक ब्याक्टेरिया उत्पादन गर्छ । रोपाइँ गर्दा हिलो र चिसो पानीको सम्पर्कमा आउनुपर्ने हुन्छ, जसले विभिन्न इन्फेक्सन हुने सम्भावना हुन्छ । यस्तोमा दही खाँदा यसमा पाइने प्रोबायोटिक्सले काम गर्छ र इन्फेक्सन हुनबाट बचाउँछ ।

    दहीसँग चिउरा खाने चलन छ । चिउरा कार्बोहाइड्रेट, आइरन र फाइबरको राम्रो स्रोत हो । काम गरेर थाकेको बेलामा चिउरा खाँदा यसले ऊर्जा दिन्छ । दही चिउरा सुपाच्य पनि भएकाले यो खाजा खेती-किसानीमा बढी प्राथमिकतामा पर्ने गरेको पोषणविद् प्रतिमा सेन केसी बताउँछिन् ।

    चाम्रे पकाउँदा विशेषगरी लोकल चामलको प्रयोग हुन्छ र यो कार्बोहाइड्रेटको राम्रो स्रोत हो । कार्बोहाइड्रेट ऊर्जामा छिटो परिणत हुने भएकाले यो खाजा खेतबारीमा काम गर्नेहरूका लागि उपयोगी मानिन्छ। 

    ‘गुन्द्रुक नेपालमा मात्र पाइने लोकल खाना हो । गुन्द्रुकमा फाइटोकेमिकल्सहरु पाइन्छ जसले एन्टिअक्सिडेन्टको रूपमा पनि काम गर्छ । यसमा प्रोबायोटिक्स र फाइबर पनि हुन्छ, जसले पाचन प्रणालीलाई राम्रो बनाउने काम गर्छ।, ‘त्यसैले गुन्द्रुकलाई पनि खाजाको रूपमा दिनु पोषणको हिसाबले पनि एकदमै राम्रो हुन्छ ।’

    खेती-किसानीमा प्राथमिकतामा पर्ने आलुमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट र कार्बोहाइड्रेट पाइन्छ । जसकारण आलु थोरै खायो भने पनि टन्न भएको महसुस हुन्छ । छिटो ऊर्जा पनि दिने भएकाले आलु पोषिलो खाजा हो। 

    रोटी र गेडागुडीको तरकारी पनि एकदमै स्वस्थ र सुपाच्य खाजामा पर्छ । चोकर भएको गहुँको पिठोबाट बनेको रोटीमा फाइबर, भिटामिन र कार्बोहाइड्रेट पाइन्छ । त्यससँग गेडागुडीको तरकारी अझ टुसा उमारिएको गेडागुडीको तरकारीबाट प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । साथै भिटामिन, मिनरल्स, आइरन, जिंक र फाइबर पनि पाइन्छ । त्यसैले गेडागुडीको तरकारी र रोटीलाई ‘पावर प्याक’ खाजा मानिन्छ। 

    प्रतिकृया दिनुहोस्

    युद्धग्रस्त रूसमा खोलियो श्रम स्वीकृति

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया)मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर...

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा...

    मोरङको रतुवामाई क्षेत्रमा काम एउटै तर, महिला र पुरुषमा ज्याला फरक

    चैत्र-१६, शुक्रबार/मोरङ – मोरङको रतुवामाई  नगरपालिका स्थित कादुपाडा  आसपासका कृषकहरू यतिखेर चैते धानबाली लगाउन व्यस्त...

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन...

    मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना

    चैत्र-१६, शुक्रबार/काठमाडौं – नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal