News Portal

  • केपिलासगढी गाउँपालिकाले ल्यायो १७ कोरोड ९५ लाख २ हजार ५ सय बजेट

    हिमालीसंचार संवाददाता
    ३१९ पटक

    बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका बाक्सिलाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल १७ करोड ९५ लाख २ हजार ५ सयको अनुमानीत बजेट ल्याएको छ।

    गाउँपालिका अध्यक्ष समीर राईको अध्यक्षतामा बसेको ११ औं गाउँसभाको पहिलो बैठकले उक्त बजेट सर्वसम्मत पारित गरेको गाउपालिकाको उपाध्यक्ष एवम् बजेट तथा कार्यक्रम तर्जुमा कार्य समितिको संयोजक गुरुराज राईले बजेट प्रस्तुत गरेका थिए। गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधयेक, विनियोजन विधयेक र आर्थिक बर्ष २०७९/०८० को वार्षिक बजेट शुक्रबार बसेको गाउँसभाको पहिलो बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो। 

    संघीय वित्तीय समानीकरण ८ करोड ७१ लाख, संघीय राजश्व बाँडफाँड ८ करोड २ लाख १४ हजार, प्रदेश वित्तीय समानीकरण ४५ लाख ६५ हजार, प्रदेश सवारी साधन कर बाँडफाँड ३६ लाख २३ हजार ५ सय र आन्तरिक आयतर्फ (अनुमानित) ५० लाख गरी कुल बजेट १७ करोड ९५ लाख २ हजार ५ सय बजेट विनियोजन गरेको छ। 

    विनियोजित बजेट मार्फत आर्थिक विकास ८५ लाख ८० हजार, सामाजिक विकास ४ करोड २३ लाख ८८ हजार ५ सय ५० रुपैया, पूर्वाधार विकास ४ करोड ७७ लाख २५ हजार, वन वातावरण तथा विपद व्यवस्थापन ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकास ७७ लाख ८९ हजार गरी कुल बजेट ११ करोड ६ लाख ३२ हजार ५ सय ५० रुपैया, प्रशासनिक खर्च ६ करोड ८८ लाख ६९ हजार ९ स ५० रुपैया गरेर कुल बजेट १७ करोड ९५ लाख २ सय ५ सय रुपैयाको बजेट सर्वसम्मत पारित गरेको पालिकाले जनाएको छ। 

    आर्थिक बर्ष ०७९/०८० को बार्षिक तथा नीति कार्यक्रमले समेटेको क्षेत्रको समुचित ढंगले सम्बोधन गरी केपिलासगढी गाउँपालिकाको दिगो विकास, समृद्धिका लागि क्षेत्रगत बजेट विनियोजित गरिएको छ। प्राप्त कुल बजेटको आधार तथा मामडण्ड बमोजिम वडा कार्यालयहरुबाट वडा स्तरीय योजना तथा कार्यक्रम छनौट गरी संचालन गर्न दिएको बजेट स्लिम अनुसार योजना तथा कार्यक्रमहरुलाई गाउँपालिकाको कार्यक्रमसंग जोडिएको र अन्यलाई यथावत राखेको छ। 

    क्षेत्रगत आधारमा आर्थिक बर्ष दिगो विकास र समृद्धिको केपिलासगढीको मुल आधार भएकाले आर्थिक क्षेत्रको विकासमा जोड दिएको छ। गाउँपालिकाले जनताको जीवन स्तर उकास्ने, उत्पादनलाई राष्ट्रको विकासमा जोड्ने नीतिगत पक्षलाई ध्यानमा राखेको छ। 

    कृषि तथा पशु विकास कार्यक्रमः कृयि तथा पशुपालक आत्मनिर्भर पालिका बनाउने अभियान अन्तरगत बास्तविक मेहनती, कृषक, कृषि, सहकारी, महिला समुह तथा अन्य समुहलाई मात्र सुविधा पाउने गरी कृषि रणनीति बनाउदै ५० लाख बजेट विनियोजन गरिएको छ। त्यस्तै, संधीय सरकारमार्फत सशर्त अनुदानको रुपमा ४३ लाख विनियोजन गरेको छ। 

    संस्कति तथा पर्यटन विकास कार्यक्रमः पर्यटन क्षेत्रको सम्भाव्यता पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उदेश्यले १५ लाख बजेट विनियोजन गरिएको छ। 

    पूर्वाधार विकासः पूर्वाधार विकासतर्फ ४ करोड ७६ लाख २५ हजार रुपैया विनियोजन गरिएको छ। 

    सडकः गाउँपालिका भित्र रहेका सडकहरुको स्तरोन्ति गरी यातायात सहज गर्न र बस्ति टोलबाट आवश्यक महसूस भएका क्षेत्रमा समेत प्राथामिकता दिएको छ। साविकको वडाहरुबाट आफ्नो कार्यालय जाने सडकको स्तरोन्ति गर्ने लक्ष रहेको छ। प्रत्येक वडा कार्यालयबाट गाउँपालिकाको केन्द्रसम्म आउने सडक सहज बनाईने छ। 

    वडा तथा विभिन्न बस्तिहरु जोड्ने सडक सुम्दे, चोखाने, पाथेका सडक, जाल्पा सुङदेल बाक्सिला सुम्दे भोजपुर जोड्ने सडक, बाक्सिला दिप्सुङ प्रदेश र संधमा सडक स्तोरोन्तिका लागि पक्की सडक पनाउने कार्यको लागि पहल गर्ने भएको छ। 

    पुलः रावा खोला दिप्सुङ जोड्ने पुल सम्बन्धित निकायसंग पहल गरिने छ। साथै आवश्यकता हेरी विभिन्न खोलाहरुमा पुलको निर्माणलाई प्राथामिकता दिइने छ। 

    भवनः प्रत्येक वडा कार्यालयको प्रशासनिक भवन एउटै बनाउने निर्माण गर्नको लागि यो बर्ष डिपिआर तयार गरी ५ बर्ष भित्रमा आवश्यकताको आधारमा निर्माण गरिने छ। प्रत्येक कार्यालय साथै सामुदायिक भवन क्रमिक रुपमा  निर्माण गर्दै लगिने छ। 

    विधुतः केपिलासगढी गाउँपालिका भित्र विधुतको पौच नपुगेका वडाका घर धुरीहरुमा केन्द्रिय विधुत विस्तार गरी विधुतिकरणलाई प्राथामिकता दिइने छ। स्थानीय लधु जलविधुत आयोजनाहरुलाई व्यबस्थित गर्दै केन्द्रिय विधुतलाई यो बर्ष गुरुयोजना तयार गरी चार बर्ष भित्रमा गाउँपालिका भित्रका सबै घर घरमा विधुत जडान गरी उज्यालो गाउँपालिका धोषणा गरिने छ। विधुतका सबै किसिमका काठेपोलहरु हटाई काठेपोल मुक्त पालिका बनाउने लक्ष रहेको छ। विधुत उत्पादनका लागि रावा खोला र तापखोलामा सम्भाव्यता अध्ययन गरिने छ। 

    सामाजिक विकासमा नेपालको संविधानले परिकल्पना गरे अनुसार गाउँपालिकाको सामाजिक क्षेत्रका विभिन्न आयमहरुलाई सवलीकरण गर्न प्राथामिकतामा राखेको छ। सामाजिक विकासको क्षेत्रतर्फ ४ करोड २४ लाख ८८ हजार  ५ सय ५० रुपैया बजेट विनियोजन गरिएको छ। 

    शिक्षा क्षेत्रः शिक्षामा विकास नभइ समाजको विकास सम्फव छैन। समाजको विकास नभइ राष्ट्रको विकास हुन्न। शिक्षाको गुणस्तर बृद्धिको लागि संधीय सरकारको नीति तथा कार्यक्रम अनुसार बाल विकास क्षेत्रका कर्मचारीहरुलाई मासिक पारिश्रमिक यथावत राखेको छ। 

    स्थानीय भाषा दुमी, कोयी र साम्पाङ पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणाधिन रहेको हुनाले निरन्तरता दिइने छ। पाठ्यक्रम निर्माण पश्चात शैक्षिक शत्रदेखि पठनपाठन सुरु गरिने छ। शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुलाई थप जिम्मेवार वनाउन आवश्यक मापडण्ड बनाई पालिकासंग दोहोरो कार्यसम्पादन गर्न सम्झौता गरिने छ। 

    गाउँपालिका भित्रका विधालयहरुमा निरन्तर अनुगमन व्यावस्था मिलाउने, शिक्षकहरुको क्षमता अभिबृद्धिको लागि तालिमको व्यावस्था गरिने भएको छ। गाउँपालिका भित्रका सामुदायिक विधालयहरुमा दिएको अनुदानमा राखिएको शिक्षकको निरन्तरता लागि ६१ लाख ६३ हजार ५० रुपैया बजेट विनियोजन गरिएको छ। 

    स्वास्थ्य क्षेत्रः स्वास्थ्य क्षेत्रको विकासका लागि विभित कार्यक्रम संचालन गरी बजेट व्यावस्था गरिएको छ। गाउँपालिका भित्र रहेका ७ वटा स्वास्थ्य संस्थाहरुको निशुल्क वितरण गरिने औषधि व्यबस्थापनका लागि १० लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाका जनशक्ति लोकसेवा आयोगबाट सिफारिस भई स्थायी कर्मचारी नआएसम्मका लागि करार सेवामा रहेका जनशक्ति यथावत राख्ने व्यवस्था गरिएको छ। गाउँपालिका भित्रका ७ वटै स्वास्थ्य संस्थामा रहेका स्वयम् सेविकाहरुलाई प्रोत्सहन स्वरुप मासिक १ हजार रुपैयाका दरले दिने छ। 

    खाने पानी सरसफाईः खानेपानी अभाव भएका बस्तिहरुमा खानेपानीको व्यवस्था गरिने छ। ५ बर्ष भित्र केपिलासगढी गाउँपालिकाको सबै घरधुरीमा धाराको व्यबस्था गरिने छ। जसको लागि यस आर्थिक बर्ष डिपिआरको व्यवस्था गरिने छ। 

    खेलकूदः राष्ट्रको सम्मान अभिबृद्धि गर्न खेलकूद पुर्वाधार विकास, खेलकूद प्रतियोगिता, आयोजना, खेलकूद प्रशिक्षण संचालन तथा प्रतिभावान खेलाडिलाई प्रोत्साहन गर्ने, बाक्सिला फुटबल क्लबद्वारा बार्षिक रुपमा गर्दै आएको बाक्सिला गोल्डकप जस्तो एतिहासिक प्रतियोगितालाई प्रोत्साहन गरिने छ। युवा तथा खेलकूद क्षेत्रमा गाउँपालिकाबाट २५ लाख ७० हजार बजेट विनियोजन गरिएको छ। 

    सामाजिक समावेशीकरणः महिला, दलित, जनजाति, बालबालिका, अपांग, जेष्ट नागरिक कार्यक्रमलाई निरन्तरता दिनका लागि २७ लाख ३५ हजार वजेट वियोजन गरिएको छ। 

    वन वातावरण तथा विपत व्यवस्थापन: वन वातावरण कार्यक्रमलाई जनताको जीवन स्तरसंग जोड्ने कार्यक्रम संचालन गर्ने व्यावस्था गरिएको छ। वन व्यावस्थापनलाई दिगो वनाई भूक्षय न्यूनिकरण गर्न, सम्भावित भूक्षय हुने स्थानहरुको पहिचान गरी बृक्ष रोपन गर्ने कार्यक्रम संचालन गर्न सामुदायिक उपभोक्ता र वन कार्यलयसंग समन्वय गरी बृक्षरोपन गरिने छ। आर्थिक वर्ष ०७९/०८० को लागि यस क्षेत्रमा ४१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। 

    सुशासन तथा संस्थागत क्षमता विकास: यस गाउँपालिकाको आम जनतालाई प्रदान गरिने छ। शिक्षक विधार्थीलाई सम्मान, पुरस्कार, विभिन्न कार्यक्रममा नागरिक वडापत्रमा पदपुर्ती ७७ लाख ८९ हजार वजेट विनियोजन गरिएको छ। 

    सुचना प्रविधि: सुचना तथा प्रविधिको विकाससंगै एउटा छाता मुनी विश्वका गतिविधि संचालन भइरहेको अबस्थामा दुर्गममा रहेका ग्रामिन वस्तिहरुमा अझै प्रविधिको पौच पुगेको छैन। त्यसलाई गाउँपालिकाको प्रत्येक वडा कार्यालयसंग अनलाइन जोड्ने व्याबस्था गरिने छ। 

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal