News Portal

  • नापी र मालपोत खाली भए पदपूर्ति : मन्त्री अर्याल

    ५८५ पटक

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा मालपोत र नापी खाली भए नयाँ पदपूर्ति गर्ने बताएकी छन् ।

    केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गरे नापी र मालपोत कार्यालय खाली हुने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा मन्त्री अर्यालले दुई महिनाभित्रै नयाँ पदपूर्ति गर्न सकिने बताएकी हुन् ।

    ‘संवैधानिक निकायले मालपोत र नापी कार्यालमा छानबिन गरेमा ती कार्यालय जनशक्ति (कर्मचारी) विहिन हुने अभिव्यक्ति आउनु संवदेनशील हो, यदि खाली भएमा दुई महिनाभित्र नयाँ भर्ना खोलेर दक्ष जनशक्ति ल्याउने सामर्थ्य मन्त्रालयसँग छ’ मंगलबार ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै उनले भनिन् ।

    मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिनदिनैजसो पक्राउ पर्दा आफ्नो शिर झुकेको मन्त्री अर्यालले बताइन् ।

    अहिले अरुले औंला ठ्ड्याउने अवस्थामा रहेको मालपोत र नापी कार्यालयहरु भोलिका दिनमा प्रशंसायोग्य कार्यालय बनाउने उनले बताइन् । कर्मचारीहरु कमाउनका लागि नभई सेवाका लागि यी कार्यालयमा आउने वातावरण सिर्जना गर्ने आफूले लक्ष्य राखेको मन्त्री अर्यालको भनाइ छ ।

    सरकारले मालपोत कार्यालयहरुमा प्रयोग हुँदै आएका लिखत तथा फारामहरुलाई सरलीकरण गरी मंगलबारदेखि सेवाग्राहीमैत्री फाराम लागू गरेको बताएको छ । विगतमा रहेका ‘नाङ्ले’ फारामलाई विस्थापन गरी सेवाग्राही आफैंले भर्न सक्ने गरी नयाँ फाराम लागू गरिएको हो ।

    ‘जनताको सम्पत्तिलाई अभिलेख गरी सुरक्षित बनाउने दायित्व भएका कार्यालयले सेवाग्राहीलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘मन्त्रालय अन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समय सापेक्ष अत्याधुनिक सेवा पारदर्शी रुपमा प्रवाह गरिनुपर्छ ।’

    मन्त्रालयले तयार गरी राजपत्रमा प्रकाशित गरेको सरलीकृत फाराम मंगलबार सेवाग्राहीलाई हस्तान्तरण गरी मंगलबार भर्न लगाइएको थियो । मंगलबारदेखि ललितपुर मालपोत कार्यालय टोकन प्रणालीमा समेत प्रवेश गरेको छ । देशभर रहेका १ सय ३१ वटा मालपोत र नापी कार्यालयहरुमा टोकन र बैकिङ प्रणली लागू गर्ने मन्त्री अर्यालले प्रतिवद्धता जनाइन् ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal