News Portal

  • प्रो-लाइसेन्सप्राप्त प्रशिक्षक अल्मुताइरीसँग किन डराउँछ एन्फा ?

    चुनावी माहोलमा बलियो बनाउन अल्मुताइरी मुख्य हतियार

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    काठमाडौं – नेपाली फुटबल टोलीले पहिलोपटक प्रो-लाइसेन्सप्राप्त प्रशिक्षक हुन् अब्दुल्लाह अल्मुताइरी । कतार फुटबल एसोशिएसनले एक वर्षका लागि अल्मुताइरीलाई नेपालका प्रशिक्षकको रूपमा पठाएको हो ।​ अल्मुताइरीले कतार फुटबल एसोसिएसनबाट मासिक तलब दिइन्छ । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले यहाँ बस्न र खान सुविधाको मात्र व्यवस्था गरेको छ ।

    एक वर्षका लागि आएका अल्मुताइरीको नेपाल बसाइ तीन वर्ष हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पहलमा उनी नेपाल थप दुई वर्ष बस्ने भएका हुन् ।​ अल्मुताइरी नेपाल आएको धेरै समय भएको छैन । तर, विभिन्न कारणले उनको चर्चा भइरहेको छ । नेपालले विश्वकप छनोटअघि इराकविरुद्ध गरेको प्रदर्शनमा उनलाई राम्रो श्रेय गयो । त्यसपछि नेपाली टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउँदा पनि उनी नेपाली समर्थकको नजरमा परे ।

    त्यसपछि नेपाली टोलीको प्रदर्शन राम्रो भएको र युवा खेलाडीले मौका पाएकाले टिम राम्रो बनेको चर्चा चल्यो । खेलको नतिजा भने नेपाली टोलीको पहिलेको जस्तै थियो । यद्यपि, प्रदर्शनमा केही परिवर्तन आएको छ । उनी नेपाली टोलीका पहिलो प्रशिक्षक हुन्, जो समर्थकको नजिक छन् । उनले समर्थकसँग गर्ने कुराकानी, उनीहरुको फेसबुक पोस्टमा गर्ने कमेन्टले त्यो देखाउँछ । अल्मुताइरी समर्थकसँग भिडियो कल गर्न पनि भ्याउँछन् । उनले समर्थकको भावनालाई सम्झन्छन् अनि समर्थक उनको भावनाको कदर गर्छन् ।

    अल्मुताइरीसँग किन डराउँछ एन्फा ? कतार फुटबल एसोशिएसन नेपाली फुटबलका लागि मुख्य सहयोगी माध्यम बनेको छ । कतारले नेपाललाई प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक निःशुल्क पठाएको छ । कतार फुटबल एसोशिएसनले नै अल्मुताइरीलाई सेवा सुविधा दिन्छ । प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नेपालमा भित्र्याउँदा ८ देखि १२ हजार डलर मासिक एन्फाले खर्च गर्नु पर्छ ।

    त्यसको भार अहिले कतार फुटबलले ब्यहोरेको छ । यता कतारकै कतार एरवेजले ए डिभिजन लिगलाई बर्सेनि करोडौं रकम दिन्छ । कतार फुटबलले नै नेपाली खेलाडीलाई ठूलो उपचार गर्नु परेमा नेपालबाट बोलाएर निःशुल्क उपचार गराइदिने गरेको छ । त्यसैले अहिले कतार फुटबल एन्फाको शिरोपर छ । यदि एन्फाले अल्मुताइरीलाई राजीनामा दिन बाध्य बनाएमा कतार फुटबलले आफूलाई हेर्ने नजरिया बदलिन सक्छ भन्ने डर एन्फालाई छ । कतार फुटबलले दिने सुविधा बन्दमात्र गरेमा एन्फालाई आर्थिक भार पर्नेछ ।

    उसो त एन्फा अहिले नै आर्थिक भारमा छ । यसै बीचमा अल्मुताइरीलाई एन्फाले हल्का दबाव दिएको सुइँको मात्र पाएमा कतार फुटबलले अल्मुताइरीलाई फिर्ता बोलाउने छ । कतार एन्फासँगको सम्बन्ध पनि चिसिने छ ।

    चुनावी माहोलमा बलियो बनाउन अल्मुताइरी मुख्य हतियारः एन्फाको चुनाव आगामी असार ६ गतेबाट हुँदैछ । त्यसका लागि कर्माछिरिङ शेर्पा र पंकज नेम्बाङ प्रतिस्पर्धामा छन् । अध्यक्ष शेर्पाका लागि चुनावमा बलियो बन्न अल्मुताइरीको साथ आवश्यक छ ।​ अल्मुताइरीले बेला–बेला शेर्पालाई आफ्नो दाइ भन्दै मायाले सम्बोधन गर्छन् । त्यसैले अल्मुताइरीलाई झनै बलियो बनाएको छ । वरिष्ठ उपाध्यक्षसँग अल्मुताइरीको सम्बन्ध राम्रो छैन । चुनावका समयमा अल्मुताइरीले शेर्पालाई सहयोग गर्ने प्रस्ट छ ।

    त्यसैले शेर्पाले अल्मुताइरीलाई चुनावसम्म आफ्नो साथमा राख्न खोजेका छन् । उसो त एन्फा अध्यक्ष छान्नका लागि समर्थकहरुको भोट चाहिँदैन । तर, पनि अल्मुताइरीलाई साथमा लिँदा चुनावी माहोलमा सहयोग पुग्ने अध्यक्ष शेर्पाको बुझाइ छ ।

    खेलाडीले न्याय माग्दा पनि एन्फा मौनः एएफसी एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेका खेलाडीहरु क्याम्प छोडेर गए । मुख्य प्रशिक्षक अल्मुताइरीसँग खटपट हुँदा खेलाडीले रातारात मैदान छोडेर जानुपर्ने बाध्यता भयो । खेलाडीले मैदान छोडेर गएको विषयमा अल्मुताइरीले उनीहरुलाई माफी दिनु भन्दै पन्छिन खोजे । यता खेलाडीहरुले आफूहरु अन्यायमा परेको भन्दै छानबिन गर्न एन्फासमक्ष आग्रह गरे ।

    खेलाडीको आग्रह सुनेका एन्फा अध्यक्ष शेर्पाले चुनावसम्म प्रशिक्षक विवादको विषयमा आफूले केही गर्न नसक्ने बताए । खेलाडीहरु न्यायका लागि भन्दै एन्फा धाए । युवा तथा खेलकुद मन्त्री हुँदै राखेप सदस्य–सचिवसम्म पुगे । लगातारको दबावपछि एन्फाले २५ गतेका लागि बोर्ड बैठक बोलाएको छ ।

    उक्त बैठकमा खेलाडीहरुलाई न्याय दिने कुरा उठ्ला तर, प्रशिक्षक अल्मुताइरीलाई कारबाही गर्ने आँट भने एन्फाले नगर्ने जानकारहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal