News Portal

  • नेविसंघमा उमेर हदबन्दी तोकिएसँगै अध्यक्षका दाबेदार आउट, नेतृत्वमा क-कसको दाबी ?

    ६३५ पटक

    काठमाडौं – नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो ।

    तर, यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवा इतरको रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत नेताले नोटअफ डिसेन्ट लेखेका छन् ।

    ११ औं महाधिवेशनबाट स्वीकृत विधानमा १२ औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख थियो । तर, महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा ३२ वर्षे उमेर हद हटाउन पार्टीलाई आग्रह गर्‍याे ।

    यसको पछाडि उनीहरुको तर्क थियो, नियमित अधिवेशन हुने भएपछि ३२ वर्षे लागू गरौं । अहिले पार्टीको संस्थापन समूहले आफ्नो स्वार्थअनुकुल उमेर हद ल्यायो ।

    तर, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता ३२ वर्ष उमेर हदको अडानमा रहे । रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरुले विधान सम्मेलनको माग गरे तर, ३२ वर्षे उमेर हद कायम राख्ने निर्णय कांग्रेसले नै गर्‍याे ।

    ११ औं महाधिवेशनबाट नै प्रवन्ध भइसकेको वैधानिक व्यवस्थालाई हटाउनु उपयुक्त नहुने नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए । महरले भने, ‘अन्तिम अथोरिटी पार्टीको केन्द्रीय समिति हो । त्योभन्दा माथि हाम्रो सुनुवाइ हुने ठाउँ छैन । नेविसंघको महाधिवेशन अब पार्टीले स्वीकृत गरेको विधानअनुसार हुन्छ ।’

    नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीन महिने म्याद मंसिर २ मा सकिँदैछ । त्यसैले दशैं–तिहारको बीचमा भएपनि महाधिवेशन गर्नुपर्ने दबाव छ ।

    तर, पौडेल र सिटौला समूहका नेताहरु भने यो अवधिमा महाधिवेशन नहुने दाबी गर्छन् । ‘विवाद नै नभएपनि हुम्ला, जुम्लाबाट दशैंतिहारको बीचमा कसरी प्रतिनिधि आउँछन् ?’ एक नेताले भने, ‘अहिले त पार्टीका वरिष्ठ नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । यस्तो अवस्थामा नैनसिंहले अधिवेशन गर्न सक्दैनन् ।’

    ‘३२ वर्ष उमेर हदको कुरा झिकेर अधिवेशन नगरेको अपजस छल्न मात्र खोजिएको हो,’ ति नेताले भने ।

    कुन्दन आउट ! जोशीलाई चिठ्ठा

    युवाबाट प्रौढ उमेरमा प्रवेश गर्दा पनि विद्यार्थी नेता हुनेहरु नेविसंघमा थुप्रै छन् । वर्तमान अध्यक्ष महर स्वयम् ४० कटिसकेका छन् । त्यसैले ३२ वर्षे उमेर हद नेविसंघको दीर्घकालीन हितका लागि उपयुक्त मात्र होइन, अनिवार्य भइसकेको देउवा, पौडेल, सिटौला सबै समूहका नेताहरु स्वीकार गर्दछन् ।

    त्यसो भए पौडेल र सिटौला समूहको गलफत्ति किन त ? नेविसंघंमा अहिले देखिएको ३२ वर्षे उमेर हदको समर्थन र विरोध आसन्न महाधिवेशनलाई हेरेर भएको छ ।

    नेविसंघको अध्यक्षका लागि थुप्रै नेता आकांक्षी छन् । प्रमुख दावेदारका रुपमा कुन्दनराज काफ्ले देखिएका छन् । हाल महामन्त्री रहेका उनी कृष्ण सिटौलासँग निकट हुन् र चुनाव भएको अवस्थामा उनकै पल्ला भारी हुने नेताहरु बताउँछन् ।

    तर, ३२ वर्षे उमेर हद लागू भएपछि कुन्दन नेविसंघको नेतृत्व दौडबाट बाहिरिएका छन् । नेताहरुका अनुसार ३२ वर्षे उमेर हदमा सिटौला समूहले चर्को विरोध गर्नुका मुख्य कारण यही हो ।

    रामचन्द्र पौडेल समूहको अवस्था पनि यो भन्दा फरक छैन । भावी अध्यक्षका रुपमा अघि सार्न खोजिएका नेताहरु ३२ वर्ष कटेका छन् । उसो त शेरबहादुर देउवा समूहका सरोज थापाहरुलाई पनि ३२ वर्षे उमेर हदले रोक्छ ।

    तर, यो पटक देउवा समूहले प्रेमराज जोशीलाई नेविसंघको अध्यक्ष बनाउन चाहेको छ । सहमहामन्त्री प्रकाशशरण महत निकट उनलाई ३२ वर्ष उमेर हदले छैक्दैन ।

    नेविसंघको पदाधिकारीमा ६ जनालाई उमेर हदले छुँदैन । उपाध्यक्षद्वय पवन यादव र सागर परियार, सहमहामन्त्रीत्रय प्रेमराज जोशी, प्रकाश घिमिरे र अम्बिका चलाउने तथा कोषाध्यक्ष शिव रिमाल मात्र ३२ वर्ष उमेर नपुगेका छन् ।

    पवन र चलाउने संस्थापन समूहकै हुन् । सागर परियार महामन्त्री शशांक कोइराला निकट मानिन्छन् । उनले आफूलाई रामचन्द्र पौडेलको पनि साथ रहेको दाबी गर्ने गरेका छन् । यसैगरी कोषाध्यक्ष शिव रिमाल नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णका विश्वास पात्र मानिन्छन् । कर्ण रामचन्द्र पौडेल प्यानलका हुन् ।

    जोशीलाई शेर्पाको चुनौती !

    नेविसंघमा ३२ वर्षे उमेर हद लागू भएपछि प्रेमराज जोशीलाई निकै सहज भएको मानिएको छ ।

    तर, रामचन्द्र पौडेल–कृष्ण सिटौला समूह मिल्यो भने उनीहरुले सोचे जस्तो सहज पनि हुने छैन । किनभने सिटौला समूहको बलमा नैनसिंह अध्यक्ष भएका थिए । यो पटक सिटौला समूह पौडेल समूहसँग मोर्चाबन्दी गर्ने रणनीतिमा छ ।

    सिटौैला समूहले यदि ३२ वर्षे लागू भइहाल्यो र अधिवेशन हुने भयो भने कसलाई अघि सार्ने भन्ने समेत तय गरेको छ । स्रोतका अनुसार हाल आदिवासी जनजाति विद्यार्थी संघको अध्यक्ष रहेका दुजाङ शेर्पालाई सिटौला समूहले अघि सार्ने तयारीमा छ । पौडेल समूहमा भने व्यक्ति टुंगिएको छैन ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal