News Portal

  • केबलकारमा मुक्तिनाथसम्म सरर !

    ५०६ पटक

    काठमाडौँ – हिन्दू र बौद्ध धर्मावलम्बीहरूको एक महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन अबको ६ वर्षभित्र केबलकारमार्फत गएर गर्न पाइने छ । मुक्तिनाथदर्शन सेवा प्रालिले २०८१ भित्र सेवा दिने गरी निर्माण प्रक्रिया सुरु गरेको छ ।

    मुक्तिनाथ दर्शन सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ७५ किलोमिटर दूरीको केबलकार निर्माण गर्नको लागि प्रक्रिया सुरु गरिएको रातोपाटीलाई जानकारी दिए ।

    लगानी बोर्डको हालै सम्पन्न ३०औं बैठकले कम्पनीलाई विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेसँगै प्रक्रिया अघिबढेको उनको भनाइ छ ।

    ‘अहिले परियोजनासम्बन्धी इन्सेन्सन रिपोर्ट तयार हुने क्रममा रहेको छ’, उनले भने, ‘इन्सेन्सन रिपोर्ट तयार भएपछि एलाइमेन्ट फिक्स गर्ने काम हुन्छ । लाइडर सर्भेको काम सकिएपछि डीपीआर सर्भे हुन्छ ।’
    अबको तीन वर्षमा यी प्रक्रिया पूरा गरेर आगामी २०८१ भित्र सेवा दिने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

    कम्पनीका रोपवे इन्जिनियर गुणराज ढकालका अनुसार उक्त केबलकार निर्माण गर्न खण्ड खण्डमा विभाजन गरिएको छ । जसअनुसार कास्कीको वीरेठाँटीदेखि घोरेपानीसम्म पहिलो, घोरेपानीदेखि तातोपानीसम्म दोस्रो, तातोपानीदेखि लेतेसम्म तेस्रो, लेतेदेखि मार्फासम्म चौथो, मार्फादेखि जोमसोमसम्म पाँचौँ, जोमसोमदेखि कागबेनीसम्म छैटौँ र कागबेनीदेखि मुक्तिनाथसम्म सातौँ खण्ड हुनेछ ।

    लम्बाइको हिसाबले संसारकै लामो केबलकारका रूपमा रहेको यो परियोजनालाई कम्पनीले महत्वकाङ्क्षी परियोजनाका रूमालिएको छ ।  विश्वमा अफ्रिकी मुलुक ग्याबनको केबलकार २५० किलोमिटर र स्विडेनको ९६ किलोमिटर लामो केबलकार रहे पनि त्यो सामान ढुवानीको लागि मात्रै प्रयोग हुने गरेकोे छ ।

    मुक्तिनाथको दर्शन केवलकार परियोजना भने विशुद्ध पर्यटक ओसारपसारमा प्रयोग हुने छ ।

    कम्पनीका अनुसार स्रोत जुटाएर काम गर्दा निर्माण उति असहज नभए पनि मार्फा–कागबेनी खण्डमा भने तीव्र हावाचल्ने भएकाले केही कठीनाइ रहेको छ । करिब १५ किलोमिटरको यो खण्डमा दिउँसोको समयमा ५० किलोमिटर प्रतिघण्टाको बेगले हावाचल्ने हुँदा यात्रुको सुरक्षाका लागि उच्च प्रविधि अपनाइने छ ।

    ‘तीव्र गतिको हावाबहने मार्फा–कागबेनी खण्डमा हामीले गोन्डला (बाकस) को सट्टा रेलको जस्तो डिब्बा वा अरू उच्च प्रविधि अपनाउँछौं । यात्रा पूर्णतः सुरक्षित र भरपर्दो हुनेछ’, रोपवे इन्जिनियर ढकालले भने । अन्य स्थानमा भने गोण्डलाकै प्रयोग हुनेछ ।

    कठिन भौगोलिक बनावटका कारण मुक्तिनाथ पुग्नका लागि यातायातका साधनसमेत महँगो पर्ने गरेकोमा यो परियोजना बनेसँगै आर्थिक रूपमा पनि सस्तो पर्ने कम्पनीको विश्वास छ । केबरलकारले इन्धन बचत र पर्यावरणको संरक्षणमा समेत योगदानपुग्ने छ ।

    मुक्तिनाथको दर्शन केबलकार परियोजना सो क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण हुनुका साथै समग्र देशलाई नै चिनाउन पनि सहयोग पुग्ने छ ।

    प्रमुख कार्यकारी अधिकृत सापकोटाले केबलकार निर्माणका लागि करिब ३८ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको र त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय बैङ्कहरूसँग कुराकानी भइरहेको पनि जानकारी दिए ।

    आधा दर्जनका हाराहारीका विदेशी बैङ्क तथा कम्पनीले लगानीका लागि चासो देखाएको भन्दै आफूहरू यसबारे निर्णय लिने क्रममै रहेको कम्पनीले जनाएको छ । नेपाली बैङ्कहरूको महँगो कर्जा र पर्याप्त ऋण पनि नपाइने अवस्था रहेकाले विकल्प खोजेको प्रमुख कार्यकारी अधिकृत सापकोटाकोे भनाइ छ ।

    निर्माण सम्पन्न भएपछि एक दिशामा एक पटकमा १ हजार यात्रु बोक्ने क्षमता केबलकारले राख्ने बताइएको छ । कम्पनीका अनुसार ३ घण्टा १० मिनेटमा वीरेठाँटीबाट मुक्तिनाथ पुग्न सकिनेछ । रातोपाटी

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल कोयु राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयु राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal