News Portal

  • पूर्वसांसद मिठ्ठाराम शर्माले मृगौला प्रत्यारोपण गर्न नपाएपछि…

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका छन्। उनलाई मृगौला दिन तयार धेरै निस्किए। सबैभन्दा उत्कृष्ट र म्याचिङ मिल्नेको लिए। रोचक पक्ष यो छ कि उनले दुवैपटक महिलाकै मृगौला लिए।

    नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता झलनाथ खनालले पनि मृगौला प्रत्यारोपण गरे। उनले केही महिना अघि भारतबाट मृगौला प्रत्यारोपण गरे। खनाल अहिले सक्रिय जीवनमा फर्किइसकेका छन्।

    ओली र खनालका लागि मृगौला दिन धेरैजना तयार भए। तर, एकजना कम्युनिस्ट नेता भने मृगौला प्रत्यारोपण गर्न नपाएर कठिन मोडमा छन्। उनी हुन् मिठ्ठाराम शर्मा बजगाईं। जसले फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर प्राथमिकतामा राखेका छन्। उनी २०४८ सालमा एमालेका सांसद थिए। ललितपुर क्षेत्र नं १ बाट शर्मा निर्वाचित हुँदा चर्चामा आएका थिए। शर्माले पूर्वमन्त्री केशरबहादुर बिष्टलाई पराजित गरेका थिए।

    अहिले शर्मा नेपालमा मृगौला प्रत्यारोपण गर्न नपाएर कठिन मोडमा पुगेको नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिएका छन्। कानूनी जटिलताका कारण मीठ्ठारामले मृगौला फेर्न पाएका छैनन्। उनी विदेश गएर मृगौला फेर्नसक्ने आर्थिक अवस्थाका पनि छैनन्।

    शर्माले मृगौला प्रत्यारोपण गर्न चाहने कसैले पियर एक्सचेञ्ज गर्न चाहेमा एक समूहकालाई उनीसँग भएको स्वस्थ ए समूहको मृगौला दिई ओ समूहको मृगौला पाउने गरी पियर एक्सचेञ्ज गर्न भन्दै सूचना पनि सामाजिक सञ्जालमा लेखेका छन्। उनको ओ समूहको मृगौला हो। शर्माले सम्पर्कका लागि ९८४१४१३६७७ फोन नम्बर राखेका छन्।

    शर्मा २०४८ सालमा सांसद जितेपछि कुनैपनि पदमा जानबाट रोकिए। कुनैपनि निर्वाचनमा टिकट पाएनन्। उनको राजनीतिक जीवनमा अवरोध आयो। शर्मा राजनीतिमा निरन्तर लागे तर अवसरबाट वञ्चित भए।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशनमा गायक अनिल राई कुवेत आउँदै

    कुवेत सिटी। गायक तथा संगीतकार अनिल कोयी राईको साथमा खोटाङ-कुवेत सम्पर्क मञ्चको छैठौं अधिवेशन आगामी...

    नेपालले कतारका राजालाई दुई हात्ती उपहार दिने

    काठमाडौं। नेपाल सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा...

    आज बैशाख-११ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ११ गते मंगलबार इश्वी सन २०२४ अप्रिल २३...

    एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal