News Portal

  • मधुमेहका रोगीले खानुस् यस्ता खाने कुरा, शरीरलाई हुन्छ धेरै फाईदा !

    हिमालीसंचार संवाददाता
    ७७ पटक

    रगतमा चिनीको मात्रा बढी हुने भएकाले मधुमेहका रोगीले जे पायो त्यही खानेकुरा खान हुँदैन । यो मधुमेह एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निक्कै होस पुर्‍याएर खानुपर्छ । यस्ता रोगीले सीमित खानेकुराहरू नियमित र ठिक्क मात्रामा खान आवश्यक हुन्छ । यहाँ हामी तपाईँलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदैछौं जुन मधुमेह नियन्त्रणका लागि खान आवश्यक छ।

    १. स्याउ : भनिन्छ दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्छ विशेष गरी कार्डियोलोजिष्ट । सन २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्छ । कोलेस्ट्रोल एउटा यस्तो तत्त्व हो जसले मुटु रोगलाई मद्दत गर्छ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्त्व पनि पाइन्छ । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरूको स्वास्थ्यस्थित जाँच गर्दा हप्तामा ५ वा सो भन्दा बढी स्याउ खाने मानिसमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने जनाएको छ।

    २.कुरिलो: स्वादका दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजसो मानिसको मन पर्ने तरकारी हो । के तपाईँलाई थाहा छ कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० प्रतिशत क्यालोरी र करिब २ ग्राम फाइृबर पाइन्छ । यसमा बिशेषगरी ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाईने भएकालदे यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ । जस्तै मधुमेह, मुटुरोग र क्यान्सर । सन २०१२ मा ब्रिटिस जर्नल अफ न्यूट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने काम गर्छ ।

    ३. एभोक्याडो : नास्पातीजस्तो देखिने फल एभोक्याडो स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । मधुमेह र एभोक्याडोबीच निक्कै सकारात्मक सम्बन्ध रहेको छ । सन २०८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनले प्रकाशित गरेको रिपोर्ट अनुसार एभोक्यार्डो खाने महिलाहरूमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुन्छ ।

    ४. सिमी : सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । साथै,यो प्रोटिनको राम्रो स्रोत मानिन्छ । जसका कारण मधुमेहका रोगीले यसलाई आफ्नो खानामा सामेल गराउनु आवश्यक छ । सन २०१२ मा गरिएको उक्त अनुसन्धानका अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रामा सन्तुलित हुन्छ भने ब्लड प्रेसर पनि कम गर्छ ।

    ५.ब्रोकाउली : ब्रोकाउलीमा बेटा क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ । जसले मधुमेह रोगीलाई फाइदा पुर्‍याउँछ । यसमा भिटामिन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत हड्डी, छाला र आँखालाई फाइदा पुर्‍याउँछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लागि निक्कै लाभदायक मानिन्छ ।

    ६. गाजर : गाजरलाई भिटामिन ‘ए’को खानीका रूपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्त्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केही क्यान्सरबाट मुक्ति दिने अनुसन्धानबाट पुष्टि भैसकेको बताइन्छ ।

    ७.माछा : सन २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुई पटक माछा खान सुझाउको छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

    ८.लसुन : खानालाई मिठो बनाउन हामीले प्रयोग गर्ने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्तचाप र क्यान्सरको खतरालाई टाढा राख्छ ।

    ९. प्याज : प्याजमा एन्टिअक्सिडेटको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ । प्याजमा मधुमेहका रोगीलाई फाइदा पुर्‍याउने फाइबर, पोटासियम र फोलोराइटजस्ता तत्त्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ। सन २००२ मा अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोननोइड क्वेरसेटिनले दीर्घ रोग लाग्नबाट बचाउँछ ।

    प्रतिकृया दिनुहोस्

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको...

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal